Tuesday, September 22

दुर्घटना

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते
दुर्घटना, समाचार

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

नेपालअखबार, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे तिर गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडक खण्डमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा खसेको हो । दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेल, गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय छोरा प्रतिक कुशवाहा र ८ वर्षीय छोरा प्रज्वल कुशवाहा, १३ वर्षीया छोरी प्रिति कुशवाहा घाइते भएका छन् । यस्तै, गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय छोरा उमर शेख, गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टो...
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
दुर्घटना, समाचार

बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु

नेपालअखबार, रौतहट । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भित्री सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु भएको छ। आज बिहान करिब ८ः२५ बजे भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित मन्सुरका १५ वर्षीय छोरा सोयब मन्सुर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते सोयबलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा बिहान करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही स्थानका साबिर हुसेन अन्सारीका १५ वर्षीय छोरा साहिद अन्सारी सामान्य घाइते भएका छन्। उनको हातमा चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि अस्थायी प्रहरी पोस्ट गंग...
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनापछि उद्धार टोलीले कठिन परिस्थितिमा उद्धार तथा शव निकाल्ने कार्य जारी राखेको अधिकारीहरूले बताएका छन् । काजामार्का क्षेत्रअन्तर्गत राजधानी लिमाबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सान जुआन नगरपालिकाका संस्थागत सञ्चार प्रमुख रिकार्डो चिलोनका अनुसार दुर्घटनामा चालक र एक बालकसहित १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । दुर्घटनापछि प्रहरी, अग्निनियन्त्रक र उद्धारकर्मीहरू तत्काल घटनास्थलमा पुगेका थिए । दुर्घटनामा परेको भ्यानमा सान जुआन जिल्लाबाट सियुडाड डे डिओसतर्फ गइरहेका १९ जना यात्रु सवार थिए । अग्निशमन विभागका अधिकारी एडसन रोमनले दुर्घटनास्थलमा उद्धार कार्य अत्य...
कंलकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

कंलकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बिहान काठमाडौं महानगरपालिका- १४ कंलकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि बस्ने कैलाली धनगढी नगरपालिका घर भई नैकाप बस्ने २७ वर्षीया मुस्कान भट्ट घाइते भएकी छन्। उनको अवस्था सामान्य छ।...
बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते
दुर्घटना, समाचार, समाज

बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते

नेपालअखबार,काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आइतबार बिहान बस दुर्घटना भएको छ । पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । ब्रेक फेल भएर बस दुर्घटना भएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले रातोपाटीलाई बताए । उनका अनुसार महेन्द्रनगरबाट मार्तडी जाँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइतेहरू मध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार हुँदै छ । अन्य दुई जना प्राथमिक उपचारपछि घर फर्केका छन् ।...
उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
दुर्घटना, समाचार

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

नेपालअखबार, उदयपुर । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा.२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ।...
क्यालिफोर्नियामा अमेरिकी वायु सेनाको विमान दुर्घटना, ८ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

क्यालिफोर्नियामा अमेरिकी वायु सेनाको विमान दुर्घटना, ८ जनाको मृत्यु

नेपालअखबार,  काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको हो । ‘रूटिन टेस्ट मिशन’ रहेको बेला विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । वायु सेनाका कर्णेल जेम्स हेजले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी आठ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यसअघि एयर बेसले दुर्घटनामा परेको कोही पनि बच्ने सम्भावना नरहेको सुरुवाती संकेत मिलेको जनाएको थियो ।कर्णेल हेजले मृतकका परिवारलाई सूचना दिइएको र २४ घण्टा पछि मृतकको पहिचान सार्वजनिक गरिने बताएका छन् ।...
काभ्रे बस दुर्घटना- ४ जना मृतकको सनाखत
दुर्घटना, समाचार, समाज

काभ्रे बस दुर्घटना- ४ जना मृतकको सनाखत

नेपालअखबार, काठमाडौं । काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएको ४ जनाको परिचय खुलेको छ। शुक्रबार बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो। ती मध्येमा ४ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए। उनका अनुसार रोशी गाउँपालिका-७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशीकै वडा-६ को ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, ८ नम्बर वडाको ६० वर्षीया प्यारीमाया तामाङ र दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन्। बमबहादुर नेपाली सेनाको अमल्दार रहेको अनुसन्धानमा खुलेको डिएसपी विष्टले जानकारी दिए। 'बाँकीको सोधपुछ कार्य भइरहेको छ,' उनले भने। घाइते भएको १६ जनाको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।...
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
दुर्घटना, समाचार

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

नेपालअखबार, इनरुवा (सुनसरी) । सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा गरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए । दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका-८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस...
ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते
दुर्घटना, समाचार, समाज

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

नेपालअखबार, गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराती दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा आज बिहान मृत्यु भएको हो ।दुर्घटनामा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ जौबारीका २६ वर्षीय राजन परियार गम्भीर घाइते हुनुभएको छ । निजको सोही अस्पतालमा उपचार जारी छ ।...