Saturday, July 25

दुर्घटना

बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते
दुर्घटना, समाचार

बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

नेपालअखबार, वीरगञ्ज । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन थापा मगरको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडातर्फ जाँदै गरेको बा.प्र ०३–०४ प ८९७८ नम्बरको मोटरसाइकल सोही दिशाबाट गइरहेको ना ५ ख ५८०५ नम्बरको बससँग ठोक्किएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी होमालाई उपचारका लागि सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ...
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बसमा आगजनी
दुर्घटना, समाचार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बसमा आगजनी

नेपालअखबार, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बुधबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंबाट सिराहाका लागि छुटेको बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको यात्रुबाहक बसले गल्छी गाँउपालिका वडा नं. ७ स्थित खेस्टेखोला पुलनजिकै विपरीत दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक थाँक्रे गाउँपालिका वडा नं. ११ का २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का ३४ वर्षीय रमेश लामा घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बसमा आगजनीसमेत गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको ...
पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा २३  जना घाइते
दुर्घटना, समाचार

पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा २३ जना घाइते

नेपालअखबार, नवलपरासी। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए । घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना  सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए। उनकाअनुसार घाइते सुर्खेत वीरेन्द्रनगर–१२ का  प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका–९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १...
बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
दुर्घटना, समाचार

बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

नेपालअखबार, धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले भने, ‘चार जनाको शव निकालेका छौँ । घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन । डीएसपी भण्डारीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।...
नवौं राष्ट्रिय : प्याराग्लाइडिङ दुर्घटनाहुँदाआर्मीका खेलाडीनिशिमको निधन
दुर्घटना, समाचार

नवौं राष्ट्रिय : प्याराग्लाइडिङ दुर्घटनाहुँदाआर्मीका खेलाडीनिशिमको निधन

नेपाल अखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटनाहुँदा खेलाडीनिशिमथापाको निधनभएको छ । आइतबार विहानउडानको केही समय पछि नै उनीदुर्घटनामा परेकाहुन् । पोखरामाजारी नवौं राष्ट्रिय खेलकुदप्रतियोगितामानेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिमपोखरा सराङकोटबाटउडान भरेकाथिए । प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रिको खेल जारी रहेको थियो । “उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’भयो,” एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिनभवनमा खस्न पुगे । जहाँउनको निधनभयो ।” लामो समय देखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागिनिशिमपोखरा १० मा बस्छन् । उनको घर भने गोरखापालुङटार हो ।उनीप्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्थाएफएआईकाकम्पिटिशनवरियताप्राप्त खेलाडी समेत हुन् । अहिले उनको शवपोखरा ८ सृजनाचोक स्थित मेट्रो अस्पतालमा रहेको छ । उनको निधन सं...
झापामा भ्यानको ठक्करबाट एक युवकको मृत्यु
दुर्घटना, समाचार

झापामा भ्यानको ठक्करबाट एक युवकको मृत्यु

नेपालअखबार, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा, शिवसताक्षी नगरपालिका–९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते राईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा संलग्न भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जनाएको छ ।...
सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
दुर्घटना, समाचार

सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालअखबार, दाङ । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो । दुर्घटनमा परी मृत्यु हुनेमा  कुमाख गाउँपालिका-७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए । दुवैजनाको घटनास्थलमा मृत्यु भएको हो । जीप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। गत बुधवारमात्रै सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । बाँकेको कोहोलपुरबाट सल्यानका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका– ३ मुलपानीमा दुर्घटना परेको थियो । दुर्घटनमा ८ जनाको घटना...
पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते
दुर्घटना, समाचार

पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते

नेपालअखबार,  पाल्पा। असोज १३ पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी  ४ जना घाइते भएका छन् । बुटवलबाट यात्रु लिएर पाल्पाको  जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निर्माणाधीन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले  जनाएको छ । पाल्पामा डिएसपी वीरेन्द्र थापाले  दुर्घटनामा स्थानीय  हिरा पुन, कृष्ण बहादुर राई, दीपक पुन, छविलाल रास्कोटी घाइते भएको बताए । जिपमा १० जना यात्रु रहेको थिए । घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि ल्याएको छ ।   जिप के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ  ।...
सल्यान जीप दुर्घटना अपडेट : मृतक ८ जनाकै सनाखत
दुर्घटना, समाचार

सल्यान जीप दुर्घटना अपडेट : मृतक ८ जनाकै सनाखत

नेपालअखबार, दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन्ली । उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । मृत्यु हुने सबै एउटै गाउँका बासिन्दा हुन् । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट-३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका-६ जलबाँङका ३५ वर्षीय तिलक वली रहेका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । जीप १५० मिटर तल खसेको छ ...
दार्चुलामा जिप दुर्घटना: एकको मृत्यु, हामफालेर बचे ८ जना
दुर्घटना, समाचार

दार्चुलामा जिप दुर्घटना: एकको मृत्यु, हामफालेर बचे ८ जना

नेपालअखबार, दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो। मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो। तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा रहेका अरू ५ जना सामान्य घाइते छन्। जिपमा ९ जना थिए। ९ मध्ये ८ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन्। घाइतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। जिपका ९ मध्ये ८ जनाले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताए। जिपसँगै भिरमा खसेका धामीको भने मृत्यु भएको छ।...