Saturday, November 15

दुर्घटना

पृथ्वी राजमार्गमा बस र विङ्गनर ठोक्किँदा १६ घाइते
दुर्घटना, समाचार

पृथ्वी राजमार्गमा बस र विङ्गनर ठोक्किँदा १६ घाइते

नेपालअखबार, चितवन। पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र विङ्गनर (माइक्रो) गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् । काठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको विङ्गनर गाडी इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएको हो । दुबै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विङ्गनरका चालक घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए ।  घटना आज साँझ ५ः२० वजे भएको हो ।...
कालिकोट हाईस दुर्घटना अपडेट : एकको मृत्यु, नौ जना घाइते
दुर्घटना, समाचार

कालिकोट हाईस दुर्घटना अपडेट : एकको मृत्यु, नौ जना घाइते

नेपालअखबार, सुर्खेत। बिहीबार दिउँसो कालिकोटको सिम्ले खोलका भएको हाईस दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खाडाचक्र नगरपालिका–८ सिम्ले खोला दिउँसो ३ः४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाईसमा झण्डै २० जनाजति सवार रहेको  जानकारी दिए । उनका अनुसार मृत्युमा हाईसका सहचालक भनिएपनि पुष्टि भने हुन सकिएको छैन । गाडी मान्मा– नाग्मतर्फ जाँदै थियो । मृतक र घाइतेहरुको नाम पुष्टि नभएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट रिफर गरिएको उनले बताए  ।...
सडक दुर्घटनामा एकको मृत्यु
दुर्घटना, समाचार

सडक दुर्घटनामा एकको मृत्यु

नेपालअखबार, महाेत्तरी । सडक दुर्घटनामा परी महोत्तरीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको गौशाला नगरपालिका–२ निगौल सडकखण्डमा आज पेट्रोलपम्प नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा जिल्लाकै औरही नगरपालिका–२ का २४ वर्षीय विवेक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । सो दुर्घटनामा प्रदेश नम्बर २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २५ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर २–०२–००१ प ८६७९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतक र घाइते दुवै एउटै मोटरसाइकलमा सवार हुन् । दुर्घटनामा घाइते कृष्ण यादवलाई गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि थप ...
ग्रिसमा बारीमा खस्यो कार्गो जहाज, पाइलटसहित ८ जनाको मृत्यु
दुर्घटना, विश्व, समाचार

ग्रिसमा बारीमा खस्यो कार्गो जहाज, पाइलटसहित ८ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार सर्वियाबाट जोर्डन गइरहेको उक्त एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा परेको हो। मकैबारीमा खस्नुभन्दा अघि जहाजमा आगोको मुस्लो देखिएको थियो। जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलट आपतकालीन अवतरणका लागि खबर गरेका थिए तर केहीबेर जहाजको सम्पर्क टुट्यो। हतियारसहित अति संवेदनशील सामान बोकेको जहाजमा केहीबेरपछि बिस्फोट भएको थियो। जहाजले उक्त सामान बंगलादेश ल्याउन लागेको अलजजिराले जनाएको छ।...
गोर्खामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
दुर्घटना, समाचार

गोर्खामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

नेपालअखबार, गाेर्खा। गोर्खाको गोर्खा नगरपालिका–५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।  गोर्खा नगरपालिका–५ पश्लाङका अन्दाजी २७ बर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार गोर्खा–७ सतिपिपलका २९ बर्षीय सुरज गुरुङ र सोही स्थानका १३ बर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था भने मध्यम रहेको छ । तीन जना सवार बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिएको थियो ।...
चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु
दुर्घटना, समाचार

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु

नेपालअखबार, चितवन । भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् । घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते
दुर्घटना, समाचार

धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते

नेपालअखबार, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।...
दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
दुर्घटना, समाचार

दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नेपालअखबार, दाङ। दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्। गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए। उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ। दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन्। घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। भण्डारीको हात र खुट्टामा चोट लागेको छ। चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए।...
आफ्नै स्कुल बसले किच्दा विद्यार्थीको मृत्यु
दुर्घटना, समाचार

आफ्नै स्कुल बसले किच्दा विद्यार्थीको मृत्यु

नेपालअखबार, मोरङ। मोरङको रङ्गेलीमा मंगलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा रङ्गेली–७ का महादेव मण्डलका  ४ वर्षीय  छोरा  रिपिक  मण्डल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी रंगेली–६ चोप्राहाका  नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । सोनामको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । रङ्गेली–७ स्थित माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले  दिउँसो करिब साढे ३ बजेतिर सोही विद्यालयमा अध्ययनरत बालबालिकालाई किचेको थियो । स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित  भएर किच्दा विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले स्कुलविरुद्ध नार...
तनहुँमा भएको दुर्घटनामा २ जनाको मृत्यु
दुर्घटना, समाचार

तनहुँमा भएको दुर्घटनामा २ जनाको मृत्यु

नेपालअखबार, तनहुँ । पृथ्वी राजमार्ग अन्तगत तनहुँको देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडाका जयराम मोक्तान र भिमफेदीका दिपेश गोले रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवाराज खड्काले जानकारी दिए । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको बलेरोले ठक्कर दिँदा दुर्घटना भएको हो ।...