Wednesday, September 30

दुर्घटना

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु
दुर्घटना, विश्व, समाचार

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

नेपालअखबार, काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।...
विमान दुर्घटनामा परी पत्रकार पौडेलको निधन
दुर्घटना, समाचार, समाज

विमान दुर्घटनामा परी पत्रकार पौडेलको निधन

नेपालअखबार, पाेखरा । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न काठमाडौं पुगेका थिए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण समय नमिलेपछि १/२ दिनमा फेरि काठमाडौं फर्किने गरी पौडेल यती एयरलायन्सको जहाजमा पोखरा फर्किएका थिए । जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पौडेलको पनि शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्...
यतिको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार
दुर्घटना, समाचार

यतिको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार

नेपालअखबार, पाेखरा । यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए । १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो।  एएनसी एटीआर ७२ जहाजमा क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनापछि जहाजमा आगलागी भएको छ । अहिले घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् ।...
भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु
दुर्घटना, समाचार

भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । दुर्घटना कैलाली टीकापुर नगरपालिका-१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् । दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो । बस दुर्घटनाको कारण खुलेको छैन । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरुले लेखेका छन्...
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
दुर्घटना, समाचार

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

नेपालअखबार, बुटवल । पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिला हुन् । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटना भएको थियो । ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको ल...
सर्लाहीमा सवारी दुर्घटनामा सब-इन्जिनियरसहित २ जनाको मृत्यु
दुर्घटना, समाचार

सर्लाहीमा सवारी दुर्घटनामा सब-इन्जिनियरसहित २ जनाको मृत्यु

नेपालअखबार, जनकपुर। सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका ८ जगतपुरमा गाडीको ठक्करबाट साइकल यात्री वडा नं. २ बस्ने चन्देश्वर चौधरीको मृत्यु भएको छ । नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च २३९६ नम्बरको गाडीले साकइकल यात्री चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई मलंगवा प्रादेशिक उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए । उनका अनुसार शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस्तै शुक्रबार राति सवा १० बजे सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पूर्व-पश्चिम...
मकवानपुरमा सवारी दुर्घटना हुँदा युवकको मृत्यु
दुर्घटना, समाचार

मकवानपुरमा सवारी दुर्घटना हुँदा युवकको मृत्यु

नेपालअखबार, हेटौंडा। मकवानपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाईकललाई धरानचतरा सडकखण्ड अन्तर्गतको बकैया–५ तीनतलेमा ठक्कर दिंदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक हेटौंडा-१८ फुर्केचौरका ३० वर्षीय विक्रम भम्जनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सबार ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार २०-२५ वर्षका नाम नखुलेका पुरुष गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ट्रक चालक निजगढ–९ का सुर्य बहादुर घिमिरे पनि घाइते रहेको र सबै घाईतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको उनले बताए ।...
चीनमा २०० गाडी आपसमा ठोक्किए, एक जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

चीनमा २०० गाडी आपसमा ठोक्किए, एक जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुपि्रएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ । एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको प्रतिक्रिया दिएका छन् । दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो । कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ । चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनास्थलबाट गाडीहरु पन्छाएर यातायात सन्चालन गर्न उद्धारकर्ताहरु सक्रिय भएको समाचारमा उल्लेख छ ।...
रामेछापमा जिप दुर्घटना, ३ जनाको हेलिकप्टरमार्फत उद्दार
दुर्घटना, समाचार

रामेछापमा जिप दुर्घटना, ३ जनाको हेलिकप्टरमार्फत उद्दार

नेपालअखबार, रामेछाप। रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँबाट भुजीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । बा.११ च ७५९२ नम्बरको बोलेरो जिप एकराते पहरा स्थित फास्तुमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उद्धार गरेर हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजुप्रसाद ढकालले बताए । ४ जना घाइतेलाई बोलेरो गाडीमा राखेर काठमाडौं ल्याइँदैछ । अरू घाइतेको जिल्ला सदरमुकाम मन्थलीमा उपचार हुँदैछ । बोलेरो जिप सडकबाट ५० मिटर तल खसेको छ ।...
कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु
दुर्घटना, समाचार

कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

नेपालअखबार, धनगढी । कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलातर्फ गइरहेको ना ६ ख ६५२१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा साइकल चढेर क्याम्पस गइरहेका वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । वैद्य महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । यसैबीच घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।...