Wednesday, October 29

दुर्घटना

तनहुँमा जीप दुर्घटनामा एकको मृत्यु
दुर्घटना, समाचार

तनहुँमा जीप दुर्घटनामा एकको मृत्यु

नेपाल अखबार, तनहुँ। तनहुँमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका–५ चापाघाटबाट खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नं को जीप ऋषिङ गाउँपालिका–१ देउलीखोलामा कच्ची सडकबाट करीब ७० फिट तल खोलामा खस्दा जीपमा सवार व्यास नगरपालिका–५ का ५५ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए । उनको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् । जीप चालक म्याग्दे गाउँपालिका–७ निवासी होमबहादुर श्रेष्ठ गम्भीर घाइते छन् । जीपले च्यापिएका उनलाई केही बेर अगाडी मात्रै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये मधुसुदन श्रेष्ठ र सन्तकुमार श्रेष्ठलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्यको दमौलीकै अस्पतालमा उपचार भइरहेको छ । ...
बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो
दुर्घटना, समाचार

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो

नेपाल अखबार, चितवन । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् । घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ । दुर्घटनास्थलमा अस्थायी प्रहरी पोष्ट फिस्लि...
स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु
दुर्घटना, समाचार

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु

नेपाल अखबार,स्याङ्जा । स्याङ्जाको वालिङ  नगरपालिका स्थित माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ३५ वर्षीय  भानुभक्त गैह्रे र २२ वर्षीय  श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जनाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उद्धार गरेर वालिङ अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको हो । मृतक चापाकोट–९ का स्थानीयय हुन् । काठमाडौंमा बिरामी छाडेर फर्केको चापाकोट अस्पतालको एम्बुलेन्स बिहान करिब सवा ४ बजेतिर वालिङ नगरपालिका–५ माझकोटका दुर्घटना भएको थियो । एम्बुलेन्स सडकबाट करिब ३ सय मिटर तल खोँचमा खसेको छ । दुर्घटनामा परेर ३१ वर्षीया गर्भवती पवित्रा गैह्रे र चालक २५ वर्षीय सुरेन्द्र भण्डारी घाईते भएका छन् ।...
स्याङजामा सवारी दुर्घटना
दुर्घटना, समाचार

स्याङजामा सवारी दुर्घटना

नेपाल अखबार, स्याङजा । स्याङजा वालिङ नगरपालिका-८ स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट करादी तर्फ आउँदै गरेको ग १ ज ६८५४ नं.को जिप र विपरित दिशाबाट जाँदै गरेको ग १५ प ६३७४ नं.को मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालक  घाईते भएकाे प्रहरीले जान्कारी दिए  । वालिङ नगरपालिका-१४ बस्ने वर्ष ४३को हेमलाल डुम्रे घाईते भई उपचारको लागि गह्रौ प्राथामिक स्वास्थ्य केन्द्र वालिङ लगेकोमा थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरको  बताए ।   उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए  ।...
पोखरामा भएको दुर्घटनामा दुई प्रहरीको मृत्यु
दुर्घटना, समाचार

पोखरामा भएको दुर्घटनामा दुई प्रहरीको मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरामा गएरातिको सडक दुर्घटनामा परी दुई प्रहरीले ज्यान गुमाएका छन् ।गएराति १ः०५ बजेको समयमा पोखरा महानगरपालिका–५ मालेपाटन विश्वास पेट्रोलपम्प अगाडी सडक खण्डमा बाग्लुङ बस पार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नं.को मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नं.को बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई प्रहरीको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रहरी मोटरसाईकल चालक पाल्पा रिप्दिकोट गाउँपालिका– घर भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत २१ वर्षीय प्रहरी जवान चन्द्र बहादुर बगाले र मोटरसाईकल पछाडी बसेका बर्दिया मैनापुर–२ घर भई हाल वडा प्रहरी कार्यालय बैदाममा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार डम्बर बहादुर थारू रहेका छन् । गम्भिर घाइते भएका दुबै जनालाई गण्डकी मेडिकल कलेजमा बगालेको रातिनै मृत्...
पोखरामा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते
दुर्घटना, प्रदेश ४, समाचार

पोखरामा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

नेपाल अखबार, पाेखरा। पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर...
पाल्पामा जिप दुर्घटनाः तीन महिनाको बच्चासहित दुईको मृत्यु, ६ घाइते
दुर्घटना, समाचार

पाल्पामा जिप दुर्घटनाः तीन महिनाको बच्चासहित दुईको मृत्यु, ६ घाइते

नेपाल अखबार,पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा मंगलबार राती जिप दुर्घटना हुँदा तीन महिनाको बच्चासहित २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप  गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र सोही गाउँपालिका ४ मित्याल काफलका ३ महिने बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, मित्यालकी २५ वर्षीया सिर्जना गाहा र मित्याल काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको पाल्पाको प्रभासमा उपचार भईरहेको छ । जिप बाटो भास्सिएर सडकबाट करिब ७ सय मिटर तल खसेको थियो ।दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएर थप ...
रुपन्देहीमा कार दुर्घटनामा तीन जनाकाे मृत्यु
दुर्घटना, समाचार

रुपन्देहीमा कार दुर्घटनामा तीन जनाकाे मृत्यु

नेपाल अखबार, बुटवल । गएराति रुपन्देहीका भएको कार दुर्घटनामा मृत्यु हुने सवैको सनाखन भएको छ । रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीवाट भैरहवातर्फ आउदै गरेको लु.२ च.६७५६ नं.को कार अनियन्त्रत दुर्घटनमा हुदाँ  तीन जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाका अनुसार  मृत्यु हुनेमा  रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं.४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका वार्ड नं.३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी  र नवलपरासी रामग्राम नगरपालिका वार्ड नं.१ २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुर  रहेका छन् ।...
पोखरामा लोडरको ठक्करबाट १ को मृत्यु
दुर्घटना

पोखरामा लोडरको ठक्करबाट १ को मृत्यु

नेपाल अखबार, पोखरा । पोखरामा लोडरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । बुधबार मध्यान्ह करिब ११:४५ बजे पोखरा-२९ सैनिक घाटमा ग १ क ३८९४ नम्बरको लोडरको बकेटले लागेर गोरखाका ३५ वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको हो । हाल पोखरा-२७ अर्घौचोक बस्दै आएका गुरुङ लोडरको ठक्करबाट घाइते भएकोमा उपचारका लागि चरक अस्पताल ल्याई पुर्याउँदा डाक्टरले मृत घोषित गरेका थिए । मृतक गुरुङले चलाएको ट्याक्टर घाटबाट बालुवा निकाल्ने क्रममा पानीमा फसेको थियो । सोही ट्याक्टर निकाल्न ल्याइएको लोडरको बकेटले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर, लोडर र लोडर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको पनि उल्लेख गरेको छ ।...
कास्कीमा जीप दुर्घटना हुँदा एकको मृत्यु
दुर्घटना, समाचार

कास्कीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

नेपाल अखबार, पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकामा आज दिउँसो भएको जीप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । पोखरा बाग्लुङ राजमार्गको नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग२च २८१७ नंको बोलेरो जीप दिउँसो १ः३० बजेको समयमा वडा नं १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३ सय  मिटर तल खसेको बताइन्छ । घटनास्थलबाट शवपरीक्षणका लागि पोखरा ल्याउने तयारी भइरहेको प्रनाउ हमालले जानकारी दिए । रासस...