Friday, July 24

दुर्घटना

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
दुर्घटना, समाचार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

नेपालअखबार, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते भएका छन् । लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र ट्याक्टरमा सवार २२ वर्षीय ललितकुमार मगर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिए  । खस्त घाइते दुवैलाई वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको विकले बताए । राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको...
लाकुरीभञ्ज्याङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
दुर्घटना, समाचार

लाकुरीभञ्ज्याङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

नेपालअखबार, काठमाडाैं । ललितपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ नारायण डाँडामा सोमबार राति टिपर दुर्घटनामा परेको हो। नारायणडाँडा उकालोमा बा ४ ख ७३३६ नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट टिपर चालकको मृत्यु भएको हो। मृतक काभ्रे मण्डनदेउपुर घर भएका ३३ वर्षीय कपिल तामाङ छन्। प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।...
महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

नेपालअखबार, जलेश्वर । महोत्तरीको गौशालामा मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका-४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ।...
स्कुटरसहित भिरबाट खसेर शिक्षिकाको मृत्यु
दुर्घटना, समाचार

स्कुटरसहित भिरबाट खसेर शिक्षिकाको मृत्यु

नेपालअखबार, नुवाकाेट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ। तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेको बा ९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भई भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो। घटनास्थलभन्दा ५०० मि तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ। उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रूपमा कार्यरत थिइन्। रासस...
ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
दुर्घटना, समाचार

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

नेपालअखबार, अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।...

पाेखरामा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
दुर्घटना, समाचार

पाेखरामा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । दुर्र्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।...

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
दुर्घटना

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

नेपाल अखबार, पाेखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । गएराती १:३० बजे पोखरा महानगरपालिका ६ बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा स्याङजा बिरुवा गाउँपालिका ८ घर भई पोखरा १५ नयाँगाउ बस्ने २८ वर्षीय दिलिप गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले २ :३५ मा मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार हल्लनचोकबाट जिरो तर्फ जाँदै गरेको ग १६ प ५०६ नं. को मोटरसाइकल अनियन्त्रीत भई डिभाइडरमा ठक्कर खाँदा दुर्घटना भएको हो ।...
मापदण्डविपरीत निर्माण भएको सडकमा पटक–पटक दुर्घटना
दुर्घटना, समाचार, हाइलाइट-समाचार

मापदण्डविपरीत निर्माण भएको सडकमा पटक–पटक दुर्घटना

नेपाल अखबार, जाजरकोट। मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ । जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा व्यवसायीले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए । “अघिल्लो वर्ष मात्र खनिएको सो सडकमा जिप चल्नै नसक्ने भएपछि गाउँपालिकाले समेत केही रकम विनियोजन गरी सडकलाई केही सजिलो बनाएको थियो”, गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले भने, “पटक–पटक सडकको गुणस्तरको कुरा हामीलगायत यहाँका सर्वसाधारणले गर्दागर्दै दुई पटक दुर्घटना भयो ? जनप्रतिनिधिभन्दा ठेकेदार बलिए भएको यो देश छ । सडक बनाउँदा हामीसँग कुनै समन्वय गरिएन ।” भर्खरै मात्र जुनिचाँदे गाउँपालिकाको केही भागमा सडक सञ्जाल...