Wednesday, September 30

दुर्घटना

सल्यान जीप दुर्घटना अपडेट : मृतक ८ जनाकै सनाखत
दुर्घटना, समाचार

सल्यान जीप दुर्घटना अपडेट : मृतक ८ जनाकै सनाखत

नेपालअखबार, दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन्ली । उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । मृत्यु हुने सबै एउटै गाउँका बासिन्दा हुन् । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट-३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका-६ जलबाँङका ३५ वर्षीय तिलक वली रहेका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । जीप १५० मिटर तल खसेको छ ...
दार्चुलामा जिप दुर्घटना: एकको मृत्यु, हामफालेर बचे ८ जना
दुर्घटना, समाचार

दार्चुलामा जिप दुर्घटना: एकको मृत्यु, हामफालेर बचे ८ जना

नेपालअखबार, दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो। मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो। तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा रहेका अरू ५ जना सामान्य घाइते छन्। जिपमा ९ जना थिए। ९ मध्ये ८ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन्। घाइतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। जिपका ९ मध्ये ८ जनाले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताए। जिपसँगै भिरमा खसेका धामीको भने मृत्यु भएको छ।...
मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु
दुर्घटना, समाचार

मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु

नेपालअखबार, मकवानपुर । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ ।  काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको मकवानपुरका एसपी वामदेव गौतमले  बताए । दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको एसपी गौतमले जानकारी दिए । उनले भने–‘उद्दार कार्य हुँदै छ, च्यापिएको अवस्थामा ६ जनाको शव निकालेका छौं ।’ मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।...
दिल्लीको सडक किनारामा सुतिरहेका मानिसमाथि चढ्यो ट्रक, चारको मृत्यु
दुर्घटना, विदेश, समाचार

दिल्लीको सडक किनारामा सुतिरहेका मानिसमाथि चढ्यो ट्रक, चारको मृत्यु

नेपालअखबार, एजेन्सि। एक अज्ञात तीब्र गतिको ट्रकले दिल्लीमा अबेर राती स्थानीय समयानुसार १ बजेर ५१ मिनेटमा डिभाइडरमा सुतिरहेका चारजनालाई किचेको छ ।यो दुर्घटनामा चारजनाको मृत्यु हुनुका साथै दुई अन्य गम्भीर रुपमा घाइते भएका छन् । ट्रकको ठक्करपछि दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य दुईको उपचारको क्रममा मृत्यु भएको हो ।तीब्र गतिको ट्रक दिल्लीको सीमापुरीको डिटिसी डिपोट रेड लाइटलाई पार गर्ने कोसिस गरिरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ ।  ...
स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। स्याङजाको हरिनास गाँउपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनँहुको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ बर्षीय जय प्रकास साह रहेका छन् । हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको ग ११ प १५११ नम्बरको मोटरसाइकल अनियन्त्रीत भय सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।...
बङ्गलादेश सडक दुर्घटना : नौ जनाको मृत्यु, त्रिसट्ठी घाइते
दुर्घटना, विदेश, समाचार

बङ्गलादेश सडक दुर्घटना : नौ जनाको मृत्यु, त्रिसट्ठी घाइते

नेपालअखबार, एजेन्सि। बङ्गलादेशको राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तरपश्चिममा अवस्थित रङपुर जिल्लामा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् । यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको हो । घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप्रमुख मोहम्मद रसेलले बताए । अन्य चार जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । दुर्घटनामा केही यात्री गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।  ...
जिपको ठक्करले बझाङमा पैदल यात्रीको मृत्यु
दुर्घटना, समाचार

जिपको ठक्करले बझाङमा पैदल यात्रीको मृत्यु

नेपालअखबार, बझाङ। बझाङमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए। ओखेडाको घटनास्थलमै मृत्यु भएको हो। बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। रासस...
बुटवलमा डरलाग्दो दुर्घटना, बाबु-छोराको मृत्यु
दुर्घटना, समाचार

बुटवलमा डरलाग्दो दुर्घटना, बाबु-छोराको मृत्यु

नेपालअखबार, बुटवल । बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान रहेका प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउंदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका दुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।दुर्घटनामा १५ वर्षका आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षका अमृ...
सल्यानमा अटो दुर्घटना हुँदा २ जना महिलाको मृत्यु
दुर्घटना, समाचार

सल्यानमा अटो दुर्घटना हुँदा २ जना महिलाको मृत्यु

नेपालअखबार,दाङ । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् । दुवै जनाको जिल्ला अस्पताल पुर्‍याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएको जिल्ला प्रहरी  प्रहरी निरीक्षक खनालले बताए । अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन । घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा१ह २२१९ नम्बर...
रोल्पामा जीप दुर्घटना हुँदा खोलामा बेपत्ता चालक अझै भेटिएनन्
दुर्घटना, समाचार

रोल्पामा जीप दुर्घटना हुँदा खोलामा बेपत्ता चालक अझै भेटिएनन्

नेपालअखबार, रोल्पा । रोल्पामा शुक्रबार राति जीप दुर्घटना हुँदा खोलामा खसेर बेपत्ता भएका चालक अझै फेला परेका छैनन् । रोल्पाको माडी गाउँपालिका–४ माडी खोलामा भएको जीप दुर्घटनामा चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादर लामा बेपत्ता भएका छन् । शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको गरेको बा ७ च ५००२ नम्बरको जिप सडकबाट अन्दाजी १ सय मिटर तल माडी खोलामा खसेर दुर्घटना भएको थियो । नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता चालकको खोजी गरेपनि आइतवार बिहानसम्म फेला पार्न सकेको छैन । नेपाली सेनाको बटुक दल गणको टोली शनिबार नै सदरमुकाम लिबाङ फर्किएको र प्रहरीले अहिले पनि खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घटनामा जीपका सहचालक बैतडीको पाटन नगरपालिका–४ का २२ वर्षका मनोज चन्द घाइते भएका थिए । हाल उनको ...