Friday, October 16

दुर्घटना

पाेखरामा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
दुर्घटना, समाचार

पाेखरामा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । दुर्र्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।...
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
दुर्घटना

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

नेपाल अखबार, पाेखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । गएराती १:३० बजे पोखरा महानगरपालिका ६ बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा स्याङजा बिरुवा गाउँपालिका ८ घर भई पोखरा १५ नयाँगाउ बस्ने २८ वर्षीय दिलिप गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले २ :३५ मा मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार हल्लनचोकबाट जिरो तर्फ जाँदै गरेको ग १६ प ५०६ नं. को मोटरसाइकल अनियन्त्रीत भई डिभाइडरमा ठक्कर खाँदा दुर्घटना भएको हो ।...
मापदण्डविपरीत निर्माण भएको सडकमा पटक–पटक दुर्घटना
दुर्घटना, समाचार, हाइलाइट-समाचार

मापदण्डविपरीत निर्माण भएको सडकमा पटक–पटक दुर्घटना

नेपाल अखबार, जाजरकोट। मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ । जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा व्यवसायीले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए । “अघिल्लो वर्ष मात्र खनिएको सो सडकमा जिप चल्नै नसक्ने भएपछि गाउँपालिकाले समेत केही रकम विनियोजन गरी सडकलाई केही सजिलो बनाएको थियो”, गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले भने, “पटक–पटक सडकको गुणस्तरको कुरा हामीलगायत यहाँका सर्वसाधारणले गर्दागर्दै दुई पटक दुर्घटना भयो ? जनप्रतिनिधिभन्दा ठेकेदार बलिए भएको यो देश छ । सडक बनाउँदा हामीसँग कुनै समन्वय गरिएन ।” भर्खरै मात्र जुनिचाँदे गाउँपालिकाको केही भागमा सडक सञ्जाल...
जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु
दुर्घटना, समाचार

जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु

नेपाल अखबार, जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । गाउँपालिकाका सूचना अधिकारी जयराम घर्तीका अनुसार जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा २ जना बेपत्ता छन् । बेपत्ताको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थलमा घाइतेको उद्दार र बेपत्ताहरुको खोजी कार्य भइरहेको छ । गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीसहित सवार भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा परेको हो ।...
म्याग्दीमा ट्याक्टर दुर्घटना, १ को मृत्यु, १ घाइते
दुर्घटना, समाचार

म्याग्दीमा ट्याक्टर दुर्घटना, १ को मृत्यु, १ घाइते

नेपाल अखबार, एजेन्सि। म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ को खरी भीरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । निर्माणधीन भगवती आधारभूत विद्यालयको निर्माण सामाग्री लिएर दरवाङबाट बीमतर्फ जाँदै गरेको घ १ च ५२६ नम्बरको ट्याक्टर आइतबार राति ११ बजे दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी रघुगंगा गाउँपालिका-३ का २३ वर्षीय सहचालक आशिष खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते खत्रीलाई उपचारको लागि बेनी अस्पताल ल्याउने क्रममा बाटैमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्वत जिल्ला जलजला गाउँपालिका-२ का ३० वर्षीय चालक प्रवीण परियार गम्भीर घाइते भएका छन् । परियारलाई थप उपचारको लागि पोखरा ल्याइएको छ । ट्याक्टर सडकबाट करिब ५०० सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।...
भीमफेदीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
दुर्घटना, समाचार

भीमफेदीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

नेपाल अखबार, हेटाैंडा । मकवानपुरको भीमफेदीमा आइतबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका-६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेकाे प्रहरीले जनाएको छ ।...
कास्कीमा स्कुटर दुर्घटना, १ को मृत्यु
दुर्घटना, समाचार

कास्कीमा स्कुटर दुर्घटना, १ को मृत्यु

नेपाल अखबार,पाेखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलमा ग १०प २१२२ नं.को स्कुटर शनिबार बिहान ४.३० बजे दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कास्की जिल्लाबाट पर्वत जिल्लातर्फ जादै गरेको उक्त स्कुटर कास्की र पर्वत जिल्ला जोड्ने पुलको बारमा ठोक्किँदा र्दुघटना भएको हो । दुर्घटनामा परी स्कुटरको पछाडी सवार स्याङ्जा जिल्ला आधिखोला गाउँपालिका– ६ निवासी २६ वर्षीय पुस्कर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते बस्नेतको पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ६.३० मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते स्कुटर चालक स्याङ्जा आधिखोला गाउँपालिका–६ निवासी २५ वर्षीय सन्तोष न्यौपानेको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले ...
त्रिशुलीमा ट्रक खस्यो
दुर्घटना, समाचार

त्रिशुलीमा ट्रक खस्यो

नेपाल अखबार, चितवान। त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग डुबेको अवस्थामा छ । दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । रासस...
दुर्घटनामा एकको मृत्यु
दुर्घटना

दुर्घटनामा एकको मृत्यु

नेपाल अखबार, खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाकटर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु हो । दिक्तेल बजारबाट घरायसी सामान लिएर हिँडेको ट्रयाकटरको ट्रली पल्टिएर दुर्घटना हुँदा ट्रलीमा चडेका तीनमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । छ जनामध्ये अगाडिको इन्जिनमा रहेका अन्य दुई जनालाई भने चोटपटकसमेत नलागेको प्रहरी निरीक्षक साहले बताएका छन् । दुर्घटनामा गम्भीर घाइते ...
पहिरोले बस भिरबाट खस्यो
दुर्घटना, समाचार

पहिरोले बस भिरबाट खस्यो

नेपाल अखबार,  नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो । बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । पहिरोेका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए । यसैबी...