Friday, February 20

दुर्घटना

ट्र्याक्टर नहरमा खस्दा चालकको मृत्यु
दुर्घटना

ट्र्याक्टर नहरमा खस्दा चालकको मृत्यु

नेपाल अखबार, रौतहट ।  रौतहटको गुजरा नगरपालिकास्थित एउटा ट्र्याक्टर नाहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । गुजरा ४ गढिमाई मन्दिर छेउमा तीब्र गतिमा गइरहेको ना७ त ८७३८ नम्बरको ट्र्याक्टर नहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गुजरा १ मनहरवा गाउँका २७ बर्षिय संजय माझी रहेको घटनास्थल गएका प्रहरी चौकी हरिनगर पोखरभिण्डाका असई संजय सिंहले जानकारी दिएका छन् । बाटोबाट झन्डै १० फिट तल झर्दा चालक माझी ट्र्याक्टरले चेपिएका थिए । शनिवार बिहान ९ बजे ट्र्याक्टर नहरमा खसे लगत्तै प्रहरी र स्थानीयको सहयोगमा मृतक माझीको शव बाहिर निकालिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी हरिनगरले जनाएको छ ।...
ओखलढुंगामा एम्बुलेन्स दुर्घटना ,चालकको मृत्यु
दुर्घटना

ओखलढुंगामा एम्बुलेन्स दुर्घटना ,चालकको मृत्यु

नेपाल अखबार,ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जादै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टी गरेको छ । गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जनकारी दिए । वडा नम्बर आठ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाडौँ लैजान एम्बुलेन्स मगाएपछि चलक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए । दुर्घटनास्थल कात्तिके भिरमा घुम्ती रहेको र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स दुर्घटनामा परेको गाउँपालिकाले जनाएको छ । घटनास्थलमा अह...
पाल्पा पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो
दुर्घटना

पाल्पा पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो

नेपाल अखबार, बुटवल । तानसेन–गुल्मी सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । ४ वटा सवारी सधान पुरिने गरी भएको सो घटनामा मंगलबार थप एउटा शव फेल परेसँगै मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उद्धारको लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् । मृतक झापा शिवसतासी नगरपालिका वडा नम्बर ८ झिलेझिले बस्ने १८ वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ । सोमबार दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हनेहरुमा पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका वडा नंं २९ ...
तमोर नदीले बगाउँदा ३ जना बेपत्ता, खोजी कार्य जारी
दुर्घटना, प्रदेश १

तमोर नदीले बगाउँदा ३ जना बेपत्ता, खोजी कार्य जारी

नेपाल अखबार,ताप्लेजुङ  । ताप्लेजुङ र तेह्रथुम जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा तमोर नदीले बगाउँदा ३ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ताप्लेजुङका १ जना र तेह्रथुमका २ जना रहेको प्रदेश १ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार ताप्लेजुङका सोमबार दिउँसो ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ वर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्‍याई बेपत्ता बनाएको हो। बेपत्ता लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। यसैगरी सोमबार दिउँसो ३ बजे साथीहरुसँगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ वर्षीय सन्तोष तामाङ र १८ वर्षीय रञ्जीत शेर्पालाई पनि तमोर नदीले बगाउँदा बेपत्ता भएका छन्। पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएपछि उनीहरुसँगै गएका साथीहरुले खबर गरेपछि स्थानीयवासीहरु खोजी कार्यमा...
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
दुर्घटना

चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

नेपाल अखबार, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा गएराति १ बजेतिर कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल कल्भर्टबाट खसेको थियो । दुर्घटनामा गम्भिर घाइते भएको अन्दाजी ३२ वर्षीय पुरुषलाई तत्काल भरतपुर अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा सोमबार विहान २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन । शव भरतपुर अस्पतालमा राखिएको छ ।...
पहिरोमा पुरिएर घाइते भएका जीप चालकको मृत्यु
दुर्घटना

पहिरोमा पुरिएर घाइते भएका जीप चालकको मृत्यु

नेपाल अखबार,    गुल्मी। गुल्मीमा पहिरोले जिप पुर्दा घाइते भएका चालकको मृत्यु भएको छ। शनिबार पहिरोले ग १ ज ३९९७ नम्बरको जिप पुर्दा घाइते भएका गुल्मीकै धुर्कोट गाउँपालिका ३ का जीप चालक प्रदिप पुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते पुनको उपचारका क्रममा सन्धिखर्क अस्पताल अर्घाखाँचीमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए। दुर्घटनामा चार जना घाइते भएका थिए। पहिरोमा परेर शनिबार धुर्कोट गाउँपालिका ३ का तुलसीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो। घायते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।...
करेन्ट लागेर महिलाको मृत्यु
दुर्घटना

करेन्ट लागेर महिलाको मृत्यु

नेपाल अखबार, डोटी । डोटीको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेकाले बागको मृत्यु भएको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए । पानीट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । रासस...
पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध
दुर्घटना

पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध

नेपाल अखबार, लमजुङ । लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक पहिरोले अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका स्थित स्याँगे र मनाङस्थित नासों गाउँपालिकाको तालमा पर्ने सडक माथिबाट आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकखण्ड अन्तर्गत स्याँगे र तालमा गरी दुई स्थानमा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए । उनले सडक खुलाउन दुवै स्थानमा एक्साभेक्टर लैजाने तयारीमा रहेको बताए ।  बेँसीशहर चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । रासस...
पहिराले घरगोठ भत्काउँदा १५ लाख बराबरको क्षति
दुर्घटना, समाचार

पहिराले घरगोठ भत्काउँदा १५ लाख बराबरको क्षति

नेपाल अखबार,अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बिहान आएको पहिराले घरगोठ भत्काउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँंगै नरपानीको भुवनडाँडा निवासी थानबहादुर महत्राको घरगोठ पहिराले बगाउँदा  लैनो भैँसीसहित चौपाया, रु दुई लाख, आठ तोला सुन, लत्ताकपडा तथा खाद्यान्न सबै पहिरोले पुरिएको वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताए । पहिराका कारण त्यस स्थानका अन्य तीन घर पनि जोखिममा परेका छन् ।  यस्तै अविरल वर्षाका कारण गोरुसिंगे –सन्धिखर्कका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।  नरपानी तथा शीतगङ्गा नगरपालिकाको सीतापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।  पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको छ । रासस...
गोठ भत्किँदा एक महिलाको मृत्युु, तीनजना घाइते
दुर्घटना, समाज

गोठ भत्किँदा एक महिलाको मृत्युु, तीनजना घाइते

नेपाल अखबार,सर्लाही । सर्लाहीस्थित एउटा गोठ भत्किदा एकजनाको मृत्युु भएको छ भने तीनजना घाइते भएको छ । स्थानिय चन्द्रनगर गाउँपालिका स्थित गोठ भत्किदा मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने ६५ वर्षीया  देवकली देवी सिंह रहेको प्रहरीले जनाएको छ  । त्यसैगरी सोही वडा बस्ने ७० वर्षीय वृद्धा रामवरण साह,  वर्ष ५ की गुन्जना कुमारी कापड, वर्ष ३ की जानुका कुमारी कापड घाइते भएको जिल्ला प्रहरी  प्रवक्ता डिएसपी मदन कुवँरले जानकारी दिएका छन् । गोठमा रहेको एउटा भैँसीलाई पनि चोट पटक लागेको छ ।  घटनामा १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिहीवार साँझ चन्द्रनगर गाउपालिका वडा नं ७ का कैलास साहको बनाउदै गरेको गोठको छानामा खपडा छाउने क्रममा भत्किन गई उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दुुर्घटनामा गम्भीर घाइते भएकी  महिलाको उपचारको क्रममा बिहिवार राति श्रीराम हस्पिटल मलंगवामा मुत्यु भएको...