पाल्पा पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो
नेपाल अखबार, बुटवल । तानसेन–गुल्मी सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
४ वटा सवारी सधान पुरिने गरी भएको सो घटनामा मंगलबार थप एउटा शव फेल परेसँगै मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उद्धारको लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् । मृतक झापा शिवसतासी नगरपालिका वडा नम्बर ८ झिलेझिले बस्ने १८ वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।
सोमबार दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हनेहरुमा पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका वडा नंं २९ ...
