Thursday, September 24

दुर्घटना

दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सभामुखका पिएसओको मृत्यु
दुर्घटना, समाचार

दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सभामुखका पिएसओको मृत्यु

नेपालअखबार,धनगढी ।  धनगढीमा एक जना सईको दुर्घटनामा परेर मृत्यु भएको छ। बझाङको मस्टा गाउँपालिका वडा नम्बर ७ का प्रहरी सई ३४ वर्षीय योगेन्द्रबहादुर बोहराको सोमबार बिहान सवा ११ बजेतिर भएको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो। स्कुटर बिजुलीको पोलमा ठक्कर खाँदा उनी घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले सई बोहोराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए। बोहरा सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पिएसओ) रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए सई बोहरा सवार सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटरमा अत्तरियावाट धनगढीतर्फ जाँदै गरेका थिए। स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाएको थियो।...
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते
दुर्घटना, समाचार, समाज

कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते

नेपालअखबार, सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका यहाँका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताए । सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ । त...
मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९ चौपाया मरे
दुर्घटना, समाचार

मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९ चौपाया मरे

नेपालअखबार,काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटार नजिकै एक मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९  चौपाया मरेका छन् । उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । १४३ वटा खसी बोका लोड गरेर बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक रोडको साइडमा अनियन्त्रित भई पल्टिएको हो । उक्त मिनी ट्रक बर्दिया राजापुर नगरपालिका ३ बस्ने वर्ष २५ का बुद्धिराम थारुको रहेको प्रहरीको भनाइ छ । चालक पनि उनी आफै रहेका थिए ।...
झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना
दुर्घटना, समाचार

झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना

नेपालअखबार,काठमाडौँ । झापाबाट काठमाडौँतर्फ आइहेको निजी गाडी दुर्घटना भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो । मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए ।...
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु
दुर्घटना, समाचार

तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु

नेपालअखबार,तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार साँझ ६ः४० बजेतिर पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ आउने क्रममा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा दुर्घटनाग्रस्त भएको थियो । त्यसक्रममा चालक भारतको बिहारको मिर्जापुरका ३५ वर्षीय श्रीकान्त कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा साढे ८ बजे चिकित्सकहरुले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी अशोक थापाले बताए । उनका अनुसार, शवलाई सोही अस्पतालको शव गृहमा राखिएको छ । बुलेटमा चालक मात्र थिए । घटनाबारे भारतीय राजदूतावासमार्फत आफन्तलाई खबर गरिसकिइएको प्रहरीले जनाएको छ । आफन्त आएपछि मात्र उनको पोस्टमार्टम हुने प्रहरीको भनाइ छ । त्यसक्रममा चालक भारतको बिहारको मिर्जापुरका ३५ व...
सडकमा अकस्मात् बनेको खाल्डोमा ट्रकसहित खसे चालक
दुर्घटना, विश्व, समाचार

सडकमा अकस्मात् बनेको खाल्डोमा ट्रकसहित खसे चालक

नेपालअखबार,जापान। जापानमा दुई दिनअघि सडकमा अकस्मात् बनेको खाल्डोमा एउटा ट्रकसहित चालक खसेका थिए। टोकियो नजिकै सडकमा बनेको एउटा ठूलो र गहिरो खाडलमा फसेका ७४ वर्षीय ट्रक चालकलाई उद्धारकर्मीहरू बचाउन प्रयास गरिरहेका छन्। लगभग दस मिटर चौडाइ र गहिराइ भएको यो खाडलमा मंगलबार बिहान एउटा ट्रक खसेको थियो। सडकमा गाडी रोकिरहेका बेला मुनिको जमिन अकस्मात् भासिएर ठूलो खाडल बनेको थियो। गाडी त्यसैमा खसेको न्यूयोर्क टाइम्सले जनाएको छ। यो खाडल बनेपछि त्यसको २०० मिटर वरपर बस्ने बासिन्दाहरूलाई बस्ती खाली गर्न भनिएको छ। सडकको वरिपरिका बस्तीहरूमा खाडल पनि पर्न सक्छन् भनेर त्यहाँका स्थानीय बासिन्दाहरू पनि चिन्तित बनेका छन्। दुई दिनदेखि प्रयास जारी राखे पनि ती ट्रक चालकलाई अझै उद्धार गरेर बाहिर ल्याउन सकिएको छैन खाडलमा पानी चुहिरहेको र नजिकै भूमिगत ग्यास पाइपहरूको रहेकाले उद्धारकर्मीहरू थप चिन्तित बनेक...
गुल्मीमा टिपर दुर्घटनामा हुँदा  एक जनाको मृत्यु
दुर्घटना, समाचार

गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु

नेपालअखबार ,बुटवल ।  गुल्मीको सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । रिडीबाट पूर्तिघाट तर्फ जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिका – २ को पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटना हुँदा टिपर चालक पाल्पाको रैनादेवि छहरा गाउँपालिका – १  निवासी २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परि सल्यानको वनगाउँ–७ बस्ने २३ वर्षका मोहन जैसी  घाइते भएका छन् ।...
भारतमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

भारतमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो । मुख्यमन्त्री देवेन्द्र फडणविसले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छज् । उनका अनुसार मृतकमा नौसेनाका तीन जवान पनि छन् । उद्धारकर्ताले १०१ जनालाई बचाएका छन् । मृतकका परिवारलाई राज्य सरकारले ५/५लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । इण्डियन नेवीका अनुसार उसको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुंगामा ठोक्किएको थियो । एक महिना भित्र इण्डियन नेवीको डुंगा दुर्घटना भएको यो द‍ोस्रोपटक हो । अघिल्लो पटकको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।...
ट्रकले ठक्कर दिएको कारमा भेटियो १३० किलो गाँजा
दुर्घटना, समाचार

ट्रकले ठक्कर दिएको कारमा भेटियो १३० किलो गाँजा

नेपालअखबार,सिरहा। पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले १३० किलो गाँजा फेला पारेको छ। सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो। प्रहरीले खोजतलासका  कारमा गाँजा फेला पारेको हो। कारका चालक फरार छन् भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ।...
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
दुर्घटना, समाचार

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

नेपालअखबार,सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको छ । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।...