Thursday, September 24

दुर्घटना

रौतहटमा गाडी दुर्घटनामा परी ८ जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

रौतहटमा गाडी दुर्घटनामा परी ८ जनाको मृत्यु

नेपालअखबार,रौतहट। रौतहटमा गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति १ बजेतिर चन्द्रपुर नगरपालिका-४स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले जानकारी दिए। दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी राजकुमार राईको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। अनुसन्धानको क्रममा बा १६ च ३१६२ नं.को गाडी अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको थियो। सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोल बस्ने ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय र्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी चमार, ६० वर्षीय रामकुमारी देवी महरा र ३० वर्षीय सकुन्तला देवि महराको मृत्यु भएको हो त्यस्तै ५० वर्षीय गाडी चालक श्रीकुमार यादवको पनि मृत्यु भएको ह...
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
दुर्घटना, समाचार

बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर शान्तिटोल गेट नजिकै बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र नुवाकोटकै तादी गाउँपालिका–१ का ५८ वर्षीया सुन्तरी ओझा छन् । उनीहरू शनिबार बिहान बसको ढोकाबाट खसेका थिए । ढोकाबाट खसेपछि गम्भीर घाइते भएका उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बसका सह–चालक पनि बसबाट खसेर घाइते भएका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चालक भने फरार छन् ।फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना
दुर्घटना, समाचार

वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना

नेपालअखबार,मकवानपुर । मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१  नम्बरको यात्रु बाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै पर्ने पूर्व पश्चिम सडक खण्डको रातोपाटे भन्ने स्थानमा दुर्घटना हुँदा  बसमा सवार रहेका १८  मध्ये चालक सहित १७ जना घाइते भएका हुन् । मकवानपुर प्रहरीका अनुसार बाराको पर्सैनि गाउँपालिका वडा नम्बर ३ का ९ वर्षकी  जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ ।घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।...
त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार
दुर्घटना, समाचार, समाज

त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार

नेपालअखबार,धादिङ। पृथ्वी राजमार्गअन्तर्गत् धादिङमा एउटा ट्रक त्रिशूली नदीमा खसेको छ। नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार रोराङ गाउँपालिका–१० खयरघारीमा बिहान ५:५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ। दुर्घटना स्थलबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। नवलपरासी पश्चिमका २७ वर्षीय ट्रक चालक आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो। ट्रक भने नदीमै रहेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले ट्रकमा रहेको सामान र ट्रक निकाल्ने प्रयास गरिरहेको प्रहरीले बताएको छ। ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको र उद्धार गरिएकाहरूको अवस्था सामान्य रहेको र उपचारका लागि चितवन पठाइएको प्रहरीले बताएको छ।...
दार्चुलामा जिप दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुल्यो
दुर्घटना, समाचार, समाज

दार्चुलामा जिप दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

नेपालअखबार,दार्चुला। दार्चुलामा जिप दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जानकारी दिए। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल छन्। त्यस्तै बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको मृत्यु भएको छ। चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउकोमा गम्भीर चोट छ।  ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएको डिएसपी द...
चीनमा भीडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

चीनमा भीडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् । यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय व्यक्तिले स्पोर्ट्स सेन्टरमा आफ्नो गाडी घुसाएका थिए । अधिकारीहरुले यसलाई गम्भीर हमला भनेका छन् । चिनियाँ सञ्चार माध्यमका अनुसार गाडी चलाउने व्यक्तिले भाग्ने कोसिस गरेका थिए, तर पक्राउ परेका छन् । उनले आफैंमाथि आक्रमण गरेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार आरोपित व्यक्ति सम्बन्ध विच्छेदपछि सम्पत्ति बाँडफाँटको विषयलाई लिएर असन्तुष्ट थिए । त्यसैले उनले यो घटना गराएको हुनसक्ने आशंका छ । तर उनी कोमामा रहेकाले पुलिसले सोधपुछ गर्न सकेको छैन ।...
बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु
दुर्घटना, समाचार

बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

नेपालअखबार,बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग२च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।...
कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु

नेपालअखबार, सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन्। जिपको नम्बर खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए। हामी जाँदैछौं। दुर्घटनाको सूचना आएको छ। अरू विवरण घटनास्थल पुगेपछि थाहा हुन्छ,' उनले भने। जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो।...
बसमा चढ्ने क्रममा लड्दा एक पुरूषको मृत्यु
दुर्घटना, समाचार, समाज

बसमा चढ्ने क्रममा लड्दा एक पुरूषको मृत्यु

नेपालअखबार, काठमाडौँ । पश्चिम नवलपरासीमा बस चढ्नेक्रममा खस्दा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो सवा २ बजे प्रतापपुर गाउँपालिका-९ खैरेनी स्थित त्रिबेणीदेखि बर्दघाट जादै गरेको लु १ ख ३६६३ नं. को बसमा यात्रु चढ्नेक्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए। सोही ठाउँमा बस्ने ३४ वर्षीय जगदीश थारु बसमा चढ्ने क्रममा लडेर घाइते भएका थिए। उनको उपचारका लागि स्थानीय मेडिकलमा सामान्य उपचार गराएर भैरहवा मेडिकल कलेज रूपन्देहीमा रिफर गरिएको थियो। उपचारकै क्रममा अपराह्न ४ बजे मृत्यु भएको डिएसपी बोहराले बताए। बस र बस चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। शव पोष्टमर्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा लगिएको छ।...
भारतमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
दुर्घटना, समाचार

भारतमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

नेपालअखबार,देहरादुन । भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ ।  प्रहरी अधिकारीका अनुसार  दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः ३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो । दुर्घटनामा  थप केही व्यक्ति घाइते भएका र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाइ उद्धार गरी देहरादून लगिएको छ । सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्बिरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ । उत्तरी राज्य उत्तराखण्डका एक वरिष्ठ अधिकारी दीपक रावतले भने, “अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका का...