४ वर्षीय बालिकालाई ७८ वर्षीय बरालले गरे यौन दुर्व्यवहार,बराल पक्राउ
पोखरा वडा नं ५ का ७८ वर्षीय एकनारायण बराललाई ४ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ ।
गत चैत्र १९ गते बरालले बालिकालाई एक्लै भएको अवस्थामा यौन दुव्यर्बहार गरेका भन्दै पीडित बालिकाका आफन्तले भदौं २२ गते मंगलबार जिल्ला प्रहरी कार्यलय कास्कीमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले आरोपितलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको जानकारी दिए ।
चैत १९ गते बालिकाका आमासँग साग लिन गएकी बालिका घर फर्किएपछि छिमेकीले गरेको कर्तुतका बारेमा सुनाइन् । छोरीको कुरा सुने छागाँबाट खसे झै भएकी आमाले इज्जतको डरमा घटना बाहिर ल्याउन चाहिनन् । बालिकालाई आमालाई नभन्न समेत आरोपितले भनेका थिए तर परिवारका सदस्य र आफन्तबीच गाइगुइँ हल्ला चल्यो । पीडित परिवारले आरोपितका परिवारलाई घटना बारे जानकारी गराएका थिए ।
घटना भएको समयमा बालिकाको योनीमा कोतारेको दाग...
