पेस्तोलसहित ३ युवा पक्राउ
नेपालअखबार,कपिलवस्तु । कपिलवस्तुमा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको कृष्णनगर नगरपालिका –५ डबराका २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर –८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेको जिल्लाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दीपक कँवरले बताए।
विजयनगर गाउँपालिका – ४ जगदिशपुरबाट आइतबार बिहान २ बजेतिर उनीहरु पक्राउ परेको कँवरले बताए।
उनीहरुले पेस्तोल देखाएर कृष्णनगर –८ बहादुरगन्जका स्थानीयलाई त्रास फैलाएको तथा डर धम्की दिएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो।
इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पत्थरदेहिया बाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कँवरले बताए।
उनीहरु सवार मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई सोमबार म्याद ...







