Wednesday, July 29

अपराध

हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ
अपराध, प्रशासन, समाचार

हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ

नेपालअखबार, मकवानपुर । मकवानपुरको हेटौँडाबाट पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । हेटौँडाबाट सेमिअटोमेटिक पेस्तोल, २० थान गोली सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार हेटौँडा–१० बाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर– ९ बस्ने ३३ वर्षको निश्चल पौडेल, सोही स्थानका ३५ वर्षका गणेश घले र ३० वर्षको प्रितम क्षेत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूको साथबाट सेमिअटोमेटिक पेस्तोल, २० राउन्ड गोली, हतियार सफा गर्ने रड, लागु औषध खैरो हेरोइन २ ग्राम ४०० मिलिग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु २ थान, ५ थान मोबाइल, ५० हजार नगद र ना २५ प ३३०५ नम्बरको सिबी युनिकर्न र ना ६३ प ९६७८ नम्बरको आरआर ३१० सिसीको मोटरसाइकल बरामद गरेको छ ।...
पाेखरामा ठगी सम्बन्धी मुद्दामा वडा सदस्य सहित ४ जना पक्राउ
अपराध, समाचार

पाेखरामा ठगी सम्बन्धी मुद्दामा वडा सदस्य सहित ४ जना पक्राउ

नेपालअखबार, पाेखरा। पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ठगीको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वडा नं. ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै  प्रतिव्यक्ति रु.१३,५००।– रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरी परेको थियो । त्यसैका आधारमा  उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिएका छन् । वडा सदस्य पहारीसहित पक्राउ पर्नेमा वडा नम्बर ६ लेकसाईड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् । उनीहरु विरुद्ध विभिन्न १५ जना व्यक्तिले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक...
झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा
अपराध, प्रशासन, समाचार

झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा

नेपालअखबार, काठमाडौं । न्यूरोडमा झण्डै ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको छ । जिल्ला अदालत, काठमाडौंले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार अनुसन्धानका लागि ७ दिनलाई हिरासतमा राख्न अनुमति दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । ‘सुन चाहिँ राजश्व अनुसन्धान विभागलाई थप अनुसन्धानका लागि पठाएका छौं’, उनले भने, ‘उनीबाट ४९ लाख ५० हजार अवैध रुपैयाँ पनि बरामद भएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार म्याद थप गरेका हौं ।’ प्रहरीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्य...
चार महिनामा रसुवागढी नाकाबाट ८ जना पक्राउ
अपराध, समाचार

चार महिनामा रसुवागढी नाकाबाट ८ जना पक्राउ

नेपालअखबार,रसुवागढी । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले  नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी  कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए। चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा  प्रहरीले बरामद गरेको उनले बताए। रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन्। प्रहरीले गत वर्ष पनि रु एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो। यस्तै जिल्ल...
वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो
अपराध, पत्रपत्रिका, समाचार, समाज

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

नेपालअखबार, धनकुटा। धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो । राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । ‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चावी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्ष गुरागाईले भने, ‘राती धुवा आएको थाहा पाएर निस्किन खोज्दा बाहिरबाट चावी लगाइदिएको थाहा भयो, छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाउँन लाएर बाहिर भागेर ज्यान जोगाइयो ।’ नेपाली कांग्रेसको तर्फबाट गुरागाई वडाध्यक्षमा निर्वाचित भएका हुन् । घरमा गुरागाईका श्रीमान–श्रीमती सुतेका थिए । उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो । तल्लो तलामा रहेको भान्छा कोठाको ...
पाेखरामा कौडा खेलिरहेकको अवस्थामा १४ जना पक्राउ
अपराध, समाचार

पाेखरामा कौडा खेलिरहेकको अवस्थामा १४ जना पक्राउ

नेपालअखबार, पाेखरा । पाेखरामा कौडा खेलिरहेकको अवस्थामा १४ जना पक्राउ परेकाे छन् । पोखरा-२१ निर्मलपोखरी मैदानमा रहेको राम के.सी. र सन्तोष गुरुङले संचालन गर्दै आईरहेको ईलाईट रिसोर्टमा कौडा खेलाईरहेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीकाे टोलीले जुवा खेलि रहेकाे अवस्थामा  १४ जना मानिसहरु सहित नगद रु ५ लाख ५ हजार ६५ रुपैया र १६ थान कौडा सहित   पक्राउ गरेकाे जानकारी दिएकाे छ । कास्की प्रहरीले पक्राउ पर्नेहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरेकाे बताएकाे छ  । पक्राउ पर्नेहरूमा १.जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ । २. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरी बस्ने वर्ष ४६ को राम के.सी. । ३. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ३६ को संजिब अधिकारी । ४. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्न...
अन्डरवेयरभित्र लुकाएर ल्याइएको लागुऔषधसहित काठमाडौँमा दुईजना पक्राउ
अपराध, समाचार

अन्डरवेयरभित्र लुकाएर ल्याइएको लागुऔषधसहित काठमाडौँमा दुईजना पक्राउ

नेपालअखबार, काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरिएको हो । भद्रपुरबाट काठमाडौँ आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी इलामको माई नगरपालिका–३ चियाकमानबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम तीन सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुदिपकुमार दनुवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले उनलाई उक्त...
बुवाको हत्या गर्ने छोरा पक्राउ
अपराध, समाचार, समाज

बुवाको हत्या गर्ने छोरा पक्राउ

नेपालअखबार, सुरुङ्गा । झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए  । उनका अनुसार छोराले आज बिहान ६ः३० बजे दाउले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको थियो । आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ । कमल–४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उनले बताए । रासस...
सुन पसलको ताला काट्दै गर्दा एक बालक पक्राउ
अपराध, समाचार

सुन पसलको ताला काट्दै गर्दा एक बालक पक्राउ

नेपालअखबार, पाेखरा। पोखरामा शनिबार राति एक सुन पसलको ताला काट्दाकाट्दै बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन् । राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका थिए । उनलाई सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । ती बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।...
पाेखरामा लागू औषध सहित १ जना पक्राउ
अपराध, समाचार

पाेखरामा लागू औषध सहित १ जना पक्राउ

नेपालअखबार, पाेखरा । पाेखरामा लागू औषध सहित १ जना पक्राउ गरेकाे छ । आज  २२:३० बजेको समयमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस चोक स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा विशाल थारू पक्राउ परेका छन् । पोखरा तर्फ आउँदै गरेको हाईसमा सवार जिल्ला पर्सा ठोरी गा.पा. वडा नं. ३ बस्ने वर्ष २० को विशालदिसवा थारूको साथबाट १७७ पिस नाईट्रोभ्याट लागू औषध बरामद भएको हुँदा  पक्राउ गरी लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी जिल्ला प्रहरी कास्कीले जानकारी दिएकाे छ।...