Thursday, July 9

अर्थ

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्यो : संयुक्त राष्ट्रसङ्घ
अर्थ, समाचार

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्यो : संयुक्त राष्ट्रसङ्घ

नेपालअखबार, काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढेको जनाएको छ । तर उक्त सुधार सीमित, कमजोर र असमान रहेको भन्दै संस्थाले सावधानी अपनाउन आग्रह गरेको छ। संयुक्त राष्ट्र सङ्घको व्यापार तथा विकास निकाय (यूएनसीट्याड)ले सार्वजनिक गरेको ‘विश्व लगानी प्रतिवेदन–२०२६’ अनुसार सन् २०२५ मा विश्वव्यापी एफडीआइ छ प्रतिशतले बढेर एक दशमलव छ ट्रिलियन अमेरिकी डलर पुगेको छ। प्रतिवेदनअनुसार गत वर्षको कुल एफडीआइमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा २० वटा देशमा मात्र केन्द्रित भएको थियो। लगानी वृद्धि मुख्यतः सीमित क्षेत्र र केही ठूला परियोजनामा केन्द्रित रहँदा अधिकांश क्षेत्रमा नयाँ लगानी परियोजनाको विस्तार सुस्त रहेको उल्लेख गरिएको छ। यूएनसीट्याडले बढ्दो भू–राजनीतिक तनाव, व्यापार नीतिमा अनिश्चितता, पुँजीको उच्च लागत र तीव्र प्राविधि...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी
अर्थ, समाचार, समाज

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी

नेपालअखबार, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ । ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ’, काठमाडौँ उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएका सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता मनोज ठाकुरले भने, ‘पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अहिले कुनै समस्या छैन ।’ उपत्यकासहित प्रमुख सहरका पम्पमा एक्कासि उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो । काठमाडौँ उपत्यकाका पम्पहरुले आज निगमको थानकोटस्थित डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिए । उपत्यकामा क...
२५ करोडसम्म पुँजी भएका उद्योगको सबै काम वीरगञ्जबाटै हुने
अर्थ, समाचार

२५ करोडसम्म पुँजी भएका उद्योगको सबै काम वीरगञ्जबाटै हुने

नेपालअखबार, काठमाडौं । २५ करोडसम्म स्थिर पुँजी भएका उद्योगका सञ्चालकहरूले अब काठमाडौं धाउनु नपर्ने भएको छ। नविकरण, लगत कट्टा, ठाउँसारी, पुँजी वृद्धि लगायत कामका लागि उद्योग विभाग त्रिपुरेश्वर जानु नपर्ने भएको हो। त्यसका लागि उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले मधेस प्रदेशमा सञ्चालित १८८ वटा उद्योगको फाइल उद्योग विभाग वीरगञ्जलाई हस्तान्तरण गरेका छन्। मधेस प्रदेशमा सञ्चालित १८८ उद्योगका कागजातहरू उद्योग विभागको वीरगञ्जलाई हस्तान्तरण गरेसँगै सेवा प्रदान गर्ने बाटो खुलेको निमित्त महानिर्देशक रिमा साहले बताइन्। उद्योग विभाग त्रिपुरेश्वरले उद्योग विभाग वीरगञ्जलाई कागजात हस्तान्तरणका लागि मन्त्रालयमा पठाएको थियो। अबदेखि २५ करोडसम्म स्थिर पुँजी भएका उद्योगले उद्योग विभाग वीरगञ्जबाटै सेवा लिन सक्ने निमित्त निर्देशक रिमाको भनाइ छ। उद्योग नविकरण, उद्योगको नाम वा ठाउँ सारी ...
सुनको भाउ घट्यो
अर्थ, समाचार

सुनको भाउ घट्यो

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चमर सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अमेरिकाले दियो अनुमति
अर्थ, राजनीति, विश्व, समाचार

इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अमेरिकाले दियो अनुमति

नेपालअखबार,काठमाडौं । अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अस्थायी रूपमा छुट दिएको छ। इरानमाथि लामो समयदेखि लगाएको प्रतिबन्ध अस्थायी रूपमा स्थगित गरी अमेरिकाले अन्तर्राष्ट्रिय बजारमा इरानी तेल बेच्न बाटो खोलिदिएको हो। छुटसँगै इरानले कम्तिमा दुई महिनासम्म डलरमा तेल बेच्न सक्नेछ। उसले अमेरिकी कम्पनी कम्पनीसहित अन्तरर्राष्ट्रिय बजारमा खुला रूपमा तेल बेच्न सक्नेछ। अमेरिका र इरान युद्धबीच अमेरिकाले हर्मुज जलमार्ग वरपर नौसेना तैनाथ गरी इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो। अमेरिकाले नाकाबन्दी लगाउँदा तेल बेच्न नपाएर इरानका कच्चा तेल भण्डारगृह भरिएका थिए। युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षरपछि ६० दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो। त्यो अबधिभित्र अन्तिम सम्झौता गर्न स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच वार्ता भइरहेको छ। युद्धविराम अवधिभर इरा...
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
अर्थ, समाचार

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै

नेपालअखबार,काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ को सूचीमा कायमै राखेको छ । विश्वव्यापी रूपमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै एफएटीएफले नेपाललाई सोही सूचीमा निरन्तरता दिएको हो । फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि शुक्रबार जारी गरिएको प्रतिवेदनअनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ को सूचीमै कायम रहेको जनाइको छ । एफएटीएफले नेपालले आफ्नो प्रणालीमा केही सुधार गरेको भन्दै प्रशंसा गरेको छ । तर, रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न बाँकी रहेको स्पष्ट पारेको छ। विशेषगरी हुण्डी कारोबार नियन्त्रण, उच्च जोखिममा रहेका सहकारी संस्थाहरू र क्यासिनोहरूको कडा सुपरि...
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
अर्थ, राजनीति, समाचार

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड

नेपालअखबार, काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाको अनुमानित बजेट पेस गरेको छ । बिहीबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभामा पेस गरेकी हुन् । महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न रु २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपैया अन्य वाह्य व्ययभार हुनेगरी उक्त बजेट ल्याइएको जानकारी गराइन्   । चालू आर्थिक वर्ष २०८२/८३ का लागि महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो । आगामी वर्षको बजेट सार्वजनिक गर्दै डंगोलले  भनिन् ‘आगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ ।’ कार्यबाहक मेयर डंगोलले ...
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
अर्थ, समाचार, समाज

पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

नेपालअखबार,काठमाडौँ । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सीधा उडान सेवा सुरु गर्ने भएको छ। आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए। ‘फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ,’ उनले भने, ‘आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरू हुन्छ।’ फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनरा...
विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा लिन सकिने
अर्थ, प्रशासन, समाचार

विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा लिन सकिने

नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट पाइने कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ संशोधन गर्दै ५ लाखको सीमालाई १० लाख पुर्‍याएको हो । केन्द्रीय बैंकले लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गर्ने कर्जा सहजीकरण गर्ने व्यवस्था थप गरेको छ । यो व्यवस्थाले साना तथा मझौला व्यवसायीले विद्युतीय माध्यबाट नै १० लाखसम्मको कर्जा लिन सक्ने भएका छन् । त्यसका लागि बैंक, भुक्तानी सेवा प्रदायक र मर्चेन्टको मुख्य भूमिका रहने व्यवस्था मार्गदर्शनमा गरिएको छ । केन्द्रीय बैंकले विद्युतीय कर्जा प्रदान गर्ने सिलसिलामा ग्राहकको विद्युतीय माध्यमबाट गरिएको कारोबारको विवरण, भुक्तानीसम्बन्धी विवरण लगायत व्यवसायसम्बन्धी अन्य विवरणबाट कर्जा विश्लेषण गर्ने कार्यका लागि प्रविधि सेवा प्रद...
सुन र चाँदीको मूल्य सामान्य घट्यो
अर्थ, समाचार

सुन र चाँदीको मूल्य सामान्य घट्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दररेट अनुसार आज सुन र चाँदीको भाउ अघिल्लो दिनको तुलनामा घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले कमी आएको छ। यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ६६ हजार ७२० रुपैयाँ तोकिएको छ। यसैगरी चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ३७० रुपैयाँ रहेको थियो । जसको तुलनामा आज प्रतितोला ८५ रुपैयाँले मूल्य घटेको हो। १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ५३१ रुपैयाँ कायम भएको मह...