पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा
नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले रु १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् ।
सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गर्नुभएकामा ३० हजार किलोग्राम बिक्री गर्नुभएको छ । प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको हानि भएको किसान आचार्यले जानकारी दिनुुभयो । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उनीहरुलाई रु पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो ।
सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा...










