धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थाले
धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्यांकनकर्ताहरू चिन्तित भएका छन्।
नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्यांकन र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनको विषयलाई लिएर बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ।
एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतोले बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए।
कोभिड अगाडि र पछाडिको मूल्यांकनमा दुई तिहाइ नपुगे मूल्यांकनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ।
'यसले गर्दा मूल्यांकनकर्ताहरूमा निराशा छ। यही अवस्था रहे मूल्यांकन गर्ने/नगर्ने भन्ने विषय अन्योल हुन्छ,' उनले भने।
हाल देशका हरेक ठाउँमा धितोको मूल्यांकन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्यांकनकर्ताहरूलाई काल...









