Friday, July 31

अर्थ

सुन १ लाख ९० हजार नाघ्यो
अर्थ, समाचार

सुन १ लाख ९० हजार नाघ्यो

नेपालअखबार,काठमाडौं । सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । सोही प्रभाव नेपाली बजारमा परिरहेको छ ।...
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
अर्थ, प्रशासन, समाचार

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

नेपालअखबार,काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । यसैबिच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।...
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य ३ रुपैयाँले घट्यो
अर्थ, समाचार

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य ३ रुपैयाँले घट्यो

नेपालअखबार,काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाइएको हो । योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टीतेलको १४५ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५७ रुपैयाँ ५० पैसा र मट्टीतेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।...
छोरीको विवाह आइसक्यो, आफैले राखेको पैसा पनि दिँदैन सहकारीले!
अर्थ, समाचार, समाज

छोरीको विवाह आइसक्यो, आफैले राखेको पैसा पनि दिँदैन सहकारीले!

नेपालअखबार,लुम्बिनी (मर्चवार)। यही  वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन्  ५५ वर्षीय मादिका लोनिया। तर उनको अनुहारमा खुसी छैन। श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा संकलन गरेको छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा छिन्। सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ। कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको नियमित औषधि छाडिएको छ, त कसैको आपत्कालीन खर्च अन्योलमा परेको छ। सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहानको पनि यस्तै पीडा छ। छोरीको विवाह यही वैशाखमै जुरेको छ । तर सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा उनी पनि असहाय बनेकी छन्। ‘आवश्यकताका लागि बचत गरेका थियौँ, तर आफ्नै पैसा निकाल्न सकिएको छैन,’ उनले भनिन्। सोही वडामा नन्दलाल चौहानका पिता बुद्...
ट्रम्पले हटाए मोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक वस्तुको शुल्क
अर्थ, राजनीति, विश्व, समाचार

ट्रम्पले हटाए मोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक वस्तुको शुल्क

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्ट फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरुमा शुल्क हटाएका छन् । अमेरिका आयात हुने वस्तुहरुमा शताब्दीकै सबैभन्दा बढी शुल्क लगाउने निर्णय गरेको केही दिनमै ट्रम्पको यो घोषणा सार्वजनिक भएको हो । अमेरिकाको कस्टम एण्ड बोर्डर पेट्रोल (सीबीपी)ले सूचना जारी गरी शुल्क छुट चीनबाट अमेरिका आयात हुने स्माटफोन र तिनका पार्टपूर्जासहितका इलेक्ट्रोनिक सामानमा समेत हुने जनाएको छ । यसअघि ट्रम्पले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए । साथै यसबाट व्यापार युद्ध हुने आशंका पनि गरिएको थियो । तर ट्रम्पको पछिल्लो निर्णयसँगै सूचनामा सेमीकण्डक्टर, सोलार ब्याट्री, टिभी डिस्प्ले, फ्ल्यास ड्राइभ (पेन ड्राइभ), मेमोरी कार्ड लगायतमा शुल्क छुट दिइएको बीबीसीले जनाएको छ । यस्ता अधिकांश इलेक्ट्रोनिक उपकरणहरु चीनमा बन्न...
अझै बढ्यो सुनको भाउ
अर्थ, समाचार

अझै बढ्यो सुनको भाउ

नेपालअखबार,काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ फेरि उकालो लागेको छ । आज आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो । आइतबार सुन तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आइतबार चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
अर्थ, कृषि, समाचार, समाज

किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण

नेपालअखबार,तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो । साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर वितरण गरे । किसानको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मिनी टेलर सहयोग गरिएको नगरप्रमुख पण्डितले बताए । अनुदान तथा सहुलियतमुखी कार्यक्रमले किसानलाई प्रोत्साहन मिल्ने र स्थानीय कृषि उत्पादनमा वृद्धि भई कृषि विकासमा टेवा पुग्ने विश्वास गरिएको पण्डितको भनाइ छ । यस्तै कृषि ज्ञान केन्द्र तनहुँले अनुदानमा किसानलाई कृषि सामग्री वितरण गरेको छ । केन्द्रले चालु आर्थिक वर्षको कार्यक्रमअनुसार भानु नगरपालिका–५ बारीफाँटस्थित समता कृषि सहकारी...
आज हालसम्मकै उच्च सुनको मूल्य
अर्थ, समाचार

आज हालसम्मकै उच्च सुनको मूल्य

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत चैत २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ८१ हजार एक सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला आठ सय रूपैयाँ बढी हो। यस्तै बुधबार भने प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँमा सुनको कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार भने सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेको हो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बु...
आज सुनको मूल्य घट्यो
अर्थ, समाचार

आज सुनको मूल्य घट्यो

नेपालअखबार, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।
नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो
अर्थ, समाचार

नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

नेपालअखबार,बाँके । विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेको छैन । नेपालगञ्जस्थित नेपाल आयाल निगम लिमिटेड इन्धन डिपोको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको बिक्रीदर बढेको हो । यहाँस्थित इन्धन डिपोका प्रमुख मनोहर डिसीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा पेट्रोल १०, डिजेल पाँच, मट्टितेल चार र एलपी ग्यास छ प्रतिशतले बिक्रीदर वृद्धि भएको जानकारी दिए । उनका अनुसार चालु आवको फागुन मसान्तसम्म डिपोबाट पेट्रोल १९ हजार ७४२ केएल, डिजेल ५० हजार ७९८ केएल, मट्टितेल ३३२ केएल र एलपी ग्यास ३१ हजार ९६२ केएल बिक्री भएको छ । गत आवको सोही अवधिसम्ममा पेट्रोल १७ हजार ९२७ केएल, डिजेल ४८ हजार ३९० केएल, मट्टितेल ३२० केएल र एलपी ग्यास ३० हजार २९३ केएल बिक्री भएको थियो । यस डिपोमा पेट्रोल ९७० केएल, डिजेल दुई हज...