Saturday, August 1

अर्थ

युट्युबबाट सिकेर च्याउ खेतीमा लागेका वडाध्यक्ष
अर्थ, कृषि, समाचार, समाज

युट्युबबाट सिकेर च्याउ खेतीमा लागेका वडाध्यक्ष

नेपालअखबार, नवलपरासी । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्  नवलपुरको स्थानीय तहका जनप्रतिनिधिले। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गरेका छन्। समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उहाँले भने युट्युबमा राखिएका कृषिसम्बन्धी भिडियोबाटै सिकेर च्याउखेती सुरु गरेका हुन्। 'मैले च्याउखेतीका बारेमा कुनै औपचारिक तालिम लिएको छैन,' उनले भने, 'युट्युबमा आउने भिडियो हेरेर च्याउखेतीका बारेमा धेरै कुरा बुझेपछि अहिले व्यावसायिक रूपमा आफैँले खेती गरेको छु, च्याउ उत्पादन निकै राम्रो भइरहेको छ।' वडाध्यक्ष महतोले युट्युबमा राखिएको भिडियोबाट प्रेरित भएर एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी आफ्न...
विदेशीसँग पैसा असुल्न बाह्य राजस्व विभाग बनाउँदै ट्रम्प
अर्थ, विदेश, समाचार

विदेशीसँग पैसा असुल्न बाह्य राजस्व विभाग बनाउँदै ट्रम्प

नेपालअखबार,वासिङटन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण अघि पनि ट्रम्प निकै सक्रिय देखिएका छन् । मेक्सिको र क्यानडा जस्ता देशहरूमाथि उनले उच्च भन्सार महसुल लगाउने कुरा गरेका छन् । अतिरिक्त महसुल वृद्धिको कुरामा उनी धेरै गम्भीर देखिएका छन् । सीएनएनमा छापिएको खबरका अनुसार, ट्रम्पले जनवरी २० मा बाह्य राजस्व सेवा नाम गरेको नयाँ सरकारी विभाग सुरु गर्दैछन् । यो विभागको काम विदेशबाट हुने आम्दानी र शुल्कको समयमै असुली हुनेछ । यस विभागले भन्सार, महसुल र विदेशी स्रोतबाट हुने अन्य आम्दानी असुल गर्नेछ । व्यापार असन्तुलन, बसाइँसराइ र लागूऔषध तस्करी जस्ता समस्याहरू समाधान गर्न क्यानडा, मेक्सिको र चीन जस्ता देशहरूमाथि दबाब दिन यो विभाग गठन गरिएको ठानिएको छ । यसबाहेक पनि ट्रम्पले चीनलगायत अन्य धेरै देशका उत्पादनहरूमा पनि कर बढाउने योजना पनि बनाएका छन...
२० औँ लेखनाथ महोत्सव सम्पन्न, ९ करोड ५० लाख भन्दा बढीको कारोबार
अर्थ, समाचार, समाज

२० औँ लेखनाथ महोत्सव सम्पन्न, ९ करोड ५० लाख भन्दा बढीको कारोबार

नेपालअखबार,लेखनाथ ।‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार समापन भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सव अत्यन्त भव्यताका साथ सफल भएकोमा आमदर्शक र आयोजकलाई धन्यवाद् दिदै महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त दुइ ठाउँ मध्ये एक स्थानमा व्यवस्थित गरिने छ आचर्यको भनाइ रहेको छ । वहाँले यस क्षेत्रमा २१ ओटा विभिन्न परियोजना जस्तै वेगनास तालको वाटर स्पोर्ट, पोखराको प्रवेशद्धारमा रहेको हेलमेटडाडाँ लगायतका विभिन्न परियोजना सफल पार्न निजी क्षेत्रलाई लगानी गर्न सक्रिय सहभागिताका लागि आह्वन गर्दैे पोखरा आफैँमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य ...
युरोप पुग्नथाल्यो कर्णालीको अदुवा र बेसार
अर्थ, कृषि, समाचार, समाज

युरोप पुग्नथाल्यो कर्णालीको अदुवा र बेसार

नेपालअखबार,सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले ग्रामिण भेगबाट अदुवा खरिद गरेर विदेश निर्यात गर्न थालेको हो  । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ  । पहिले कर्णालीका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो । कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताईन् । उनले भनिन्, ‘बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउने तर्फ चाहीँ लाग्नुपर्छ ।’ उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकट...
बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर निर्माण हुँदै
अर्थ, समाचार

बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर निर्माण हुँदै

नेपालअखबार,बागलुङ । दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ। बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो। घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युत्गृह निर्माण गरिने भएको छ। विसं २०७९ देखि सुरु भएको हाइड्रोपावरको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको ह्वाइट गोल्ड इनर्जीका अध्यक्ष हेमबहादुर खत्रीले जानकारी दिए। अहिले ताराखोला गाउँपालिका–१ गाईघाट क्षेत्रमा विद्युत्गृह निर्माण सुरु भएको छ। इनर्जीको ६० र फरेन इन्भेष्टमेन्टको ४० प्रतिशत लगानीमा हाइड्रोपावर निर्माण थालिएको अध्यक्ष खत्री बताउँछन्। हाइड्रोपावर निर्माण सम्पन्न भएपछि केन्द्रीय प्रसारण लाइनको हरिचौर सबस्टेशनमा जोड्ने योजना रहेको उनले बताए। आगामी दुई वर्षमा योजना सम्पन्न गर्ने क...
आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
अर्थ, समाचार, समाज

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

नेपालअखबार,पर्वत । चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडीएसडी’ उद्योग सञ्चालन गरिएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको  कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर यहाँ प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ । चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो । यहाँ उत्...
अमेरिका र बेलायतद्वारा रुसी तेल कम्पनीमाथि कडा प्रतिबन्ध
अर्थ, विश्व, समाचार

अमेरिका र बेलायतद्वारा रुसी तेल कम्पनीमाथि कडा प्रतिबन्ध

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकाको बाइडेन प्रशासनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू रुसको ऊर्जा राजस्वलाई नोक्सान पुर्‍याउन लगाइएको हो, जसले युक्रेनमा यसको युद्धलाई सहयोग गरिरहेको छ। यसमार्फत व्यापारी र अधिकारीदेखि बीमा कम्पनी र सयौँ तेल ट्याङ्करसम्मका दुई सयभन्दा बढी संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ । युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकासँगै बेलायतले ऊर्जा कम्पनी गाजप्रोम नेफ्ट र सर्गुटनेफ्तेगजमाथि पहिलो पटक प्रत्यक्ष प्रतिबन्ध लगाइएको हो । बेलायतका विदेश सचिव डेभिड लेमीले भने, ‘रुसी तेल कम्पनीहरूसँग लड्दा रुसको युद्धको कोष खाली हुनेछ र पुटिनबाट खोसिएको हरेक रुबल (रुसी मुद्रा) ले युक्रेनका जनताको जीवन बचाउन मद्दत गर्नेछ।’ अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार घोषणा गरेका केही प्रतिबन्धलाई कानुन बनाइने बताइएको छ। यदि आगामी ट्रम्प प्रशास...
विपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने, कम्तिमा दुई वर्ष लाग्ने
अर्थ, समाचार

विपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने, कम्तिमा दुई वर्ष लाग्ने

नेपालअखबार,काभ्रेपलाञ्चोक। गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो। उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो। कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ। 'अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने...
घट्यो सुनको मूल्य तोलामा १५०० रुपैयाँ
अर्थ, समाचार

घट्यो सुनको मूल्य तोलामा १५०० रुपैयाँ

नेपालअखबार,काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।...
लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार
अर्थ, समाचार, समाज

लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

नेपालअखबार,लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुती दिएका थिए भने हाँस्यव्यङ्ग्य तर्फ पवन खतिवडा ‘म्याकुरी’को प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । यस्तै बेलुकापख लाईभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुतीले स्टेज तताएको थियो । शुक्रब...