दूध बेचेर कुमार बस्नेतले यसरी कमाउँछन् वर्षको ३० लाख
नेपालअखबार,बागलुङ । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैंसी पाल्न थलेको १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख आम्दानी गर्दै आएका हुन्।
दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन्। विसं २०६९ मा तीन वटा भैंसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गरेका उनको पलार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैंसी र नौ वटा गाई छन्।
छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किनुभएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गरेका थिए। व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनःविदेश जाने सोचमा जापान योजना बनाएका थिए।
जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैंसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उनलाई कहिल्यै पछुताउनु परेको छैन। बस्नेतलाई उनकी श्रीमती अप्स...









