Saturday, August 22

अर्थ

वीरगन्जको सुख्खा बन्दरगाह भन्सारमा राजस्व संकलनमा कमी
अर्थ, प्रशासन, समाचार

वीरगन्जको सुख्खा बन्दरगाह भन्सारमा राजस्व संकलनमा कमी

नेपालअखबार,वीरगञ्ज। वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व संकलन गरेको छ। कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२.९४ प्रतिशत राजस्व संकलन गरेको हो। सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व संकलनमा कमी आएको जानकारी दिए। कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व संकलन पनि प्रभावित भएको छ। चालु आवको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व संकलन भएको कार्यालय जनाएको छ। यस्तै, मंसिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् रु तीन अर्ब २२ करोड ८४ लाख २९ हजार राजस्व संकलन भएको छ। कार्यालयले गत आवको पाँच महिनामा २१ अर्ब चार करोड १६ लाख ७३...
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक
अर्थ, कृषि, समाचार, समाज

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

नेपालअखबार,तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष रु तीन करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ । स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताए । लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री हुने उनले जनकारी दिए । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताए । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उनको भनाइ छ । उनले भने, “यहाँका कृषकले सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन् ।” सोही वडाका स्...
सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री
अर्थ, कृषि, समाचार

सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री

नेपालअखबार,रामेछाप । यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्। जिल्लाको मन्थली नगरपालिका-१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार ८०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए। आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको बताए । अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएको बताउँछन्। ‘विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला १०० रुपैयाँमा बिक्री हुने गरेको थियो। यो वर्ष भने प्रतिकेजी रु ७५/८० मै दिनुपर्ने बाध्यता छ।’ मन्थली नगरपालिका–१४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन्। यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन्...
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
अर्थ, समाचार

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

नेपालअखबार, पर्सा । मुलुकका अन्य भन्सारका तुलनामा पर्सास्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन् । वीरगञ्ज भन्सारले मात्र रु १२ अर्ब १२ करोड २१ लाख ३१ हजार बराबरका वस्तु निर्यात गरेको छ । वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ । सुक्खा बन्दरगाहबाट रु एक अर्ब ५१ करोड बराबरका सामान निर्यात भएका छन् । यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा रु १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार बराबरका वस्तु निर्यात गरेको जनाएको छ ।...
दूध बेचेर कुमार बस्नेतले यसरी कमाउँछन् वर्षको ३० लाख
अर्थ, कृषि, समाचार

दूध बेचेर कुमार बस्नेतले यसरी कमाउँछन् वर्षको ३० लाख

नेपालअखबार,बागलुङ । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैंसी पाल्न थलेको १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख आम्दानी गर्दै आएका हुन्। दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन्। विसं २०६९ मा तीन वटा भैंसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गरेका उनको पलार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैंसी र नौ वटा गाई छन्। छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किनुभएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गरेका थिए। व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनःविदेश जाने सोचमा जापान योजना बनाएका थिए। जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैंसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उनलाई कहिल्यै पछुताउनु परेको छैन। बस्नेतलाई उनकी श्रीमती अप्स...
सुनचाँदीको मूल्य घट्यो
अर्थ, समाचार

सुनचाँदीको मूल्य घट्यो

नेपालअखबार,काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको थियो ।...
चार महिनामा १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात
अर्थ, कृषि, समाचार, समाज

चार महिनामा १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात

नेपालअखबार,काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म (चार महिनाको अवधि) मा विभिन्न मुलुकबाट १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात भएको छ । चार महिनाको अवधिमा १४ करोड ३७ लाख ५० हजार रुपैयाँको १८५ ग्राम तौलका चल्ला  १ लाख ४७ हजार २३७ वटा चल्ला आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आयात भएको छ । अमेरिकाबाट पाँच करोड ६८ लाख १२ हजार रुपैयाँको  ५६ हजार ६०८ चल्ला आयात भएको उल्लेख छ । दोस्रोमा स्पेनबाट दुई करोड ८३ लाख ३७ हजार रुपैयाँको १५ हजार ६८० वटा, तेस्रोमा  एक करोड ९९ लाख ४९ हजार रुपैयाँको १४ हजार ७२८ वटा फ्रान्सबाट आयात भएको छ । यसैगरी भारतबाट एक करोड ९७ लाख ३० हजार रुपैयाँको ३६ हजार ३५८ वटा र मलेसियाबाट एक करोड ८९ लाख २२ हजार रुपैयाँको २३ हजार ८६३ वटा चल्ला आयात भएको छ ।...
गोलभेंडा बेचेर वार्षिक ३० लाख कमाउँछन् श्रीलंका टापुका चन्द्रवंशी परिवार
अर्थ, कृषि, समाचार

गोलभेंडा बेचेर वार्षिक ३० लाख कमाउँछन् श्रीलंका टापुका चन्द्रवंशी परिवार

नेपालअखबार,धरान। सुनसरीको बराहक्षेत्र नगरपालिका-९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक ३० लाख आम्दानी गर्दै आएका छन् । विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उनले गोलभेँडा खेतीलाई प्रमुख उत्पदानको स्रोत बनाएका हुन् । श्रीलङ्का टप्पुका किसानका बारीमा अहिले मकै, सागसब्जी, आलु, कोपी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन भइरहेका छन् । अर्जुनको व्यवसायमा उनका चार छोराले साथ दिइरहेका छन् । कृषि कर्मको आम्दानीबाट जीविकोपार्जन भइरहेको बताउँदै अर्जुनले गोलभेँडाबाट मात्रै सबै खर्च कटाएर रु २० लाख बचत हुने गरेको जानकारी दिए । अहिले करिब चार बिघा क्षेत्रफलमा गोलभेँडा खेती गरिरहेको अर्जुनका छोरा श्रीराम चन्द्रवंशीले बताए । गोलभेँडाबाट वार्षिक रु ३० लाख आम्दानी हुनेमा खेतीमा प्रयोग गर्ने मल, कर्मचारीलगायतको वार्षिक रु १० लाख जति खर्च हुने गरेको उनले बताए । श्रीरा...
चार महिनामा करिब दुई अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात
अर्थ, कृषि, समाचार

चार महिनामा करिब दुई अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात

नेपालअखबार,काठमाडौँ । चार महिनामा झन्डै दुई अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा एक अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको १२ लाख ६ हजार २५० किलो अलैँची निर्यात भएको भन्सार विभागले जनाएको हो । जसमध्ये सबैभन्दा ठुलो परिमाणमा भारतमा निर्यात भएको छ । भारतमा एक अर्ब ९० करोड दुई लाख ४१ हजार रुपैयाँको १२ लाख  पाँच हजार ९०० किलो अलैँची निर्यात भएको छ  । यसै गरी सात लाख २० हजार रुपैयाँको २४० किलो अलैँची फ्रान्समा र एक लाख ७३ हजार रुपैयाँको ११० किलो अलैँची अस्ट्रेलिया निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।...
उखुको समर्थन मूल्य निर्धारण
अर्थ, कृषि, समाचार

उखुको समर्थन मूल्य निर्धारण

नेपालअखबार,काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ पुर्‍याइएको हो । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल  ७० रुपैयाँ अनुदान दिएको थियो । यो रकमसमेत उद्योगीहरुमार्फत नै किसानलाई दिने गरिएको छ ।...