Saturday, August 1

अर्थ

आज सुनको मूल्य बढ्यो,
अर्थ, समाचार

आज सुनको मूल्य बढ्यो,

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिन मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो । जसआधारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको हो । यसैगरी बुधबार चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो ।...
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
अर्थ, कृषि, समाचार, समाज

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो । कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने उक्त दिवसमा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिए । कफी उत्पादक संस्था तथा किसान उद्यमी, जिल्ला कफी सहकारी सङ्घ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७९–८० को तथ्याङ्कानुसार रु १३ करोड चार लाखबराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ...
कोदोखेतीले धानेको खोरियागाउँ
अर्थ, कृषि, समाचार, समाज

कोदोखेतीले धानेको खोरियागाउँ

नेपालअखबार ,सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् । मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा एक पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् । चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ । “बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ । अन्य बालीका लागि सिँचाइको सुविधा छैन । पिउने पानी त नभएर छ महिना समस्या हुन्छ”, स्थानीय हर्कबहादुर परियारले भने, “जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ ।” यतिबेला कोदो पाकेको छ । किसान बाली...
पोखरामा मुस्ताङ स्याउको माग धान्न धौधौ
अर्थ, कृषि, समाचार, समाज

पोखरामा मुस्ताङ स्याउको माग धान्न धौधौ

नेपालअखबार ,पोखरा। मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपत हुने गरेको छ । पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रुपमा स्याउ बिक्रीसमेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गरिरहेका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पाले बताए । पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । ‘उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन’, शेर्पाले भने, ‘यहाँ उत्पादन भएको स्याउ थोक मूल्यमा ठेकेदारले नै खरिद गरेर लैजाने गरेका छन् ।’ विगतमा परम्परागतरुपमा स्याउखेती गरिँदै आएकामा पछिल्लो समय नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमका कारण उत्पादन बढेको ...
पूर्वी नाकाबाट निर्यात भयो पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड
अर्थ, समाचार, समाज

पूर्वी नाकाबाट निर्यात भयो पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड

नेपालअखबार,झापा ।  नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्‍याएको छ। पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ। २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताए। गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ। नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाई बोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरू स्थापना भएका छन्। पछिल्लो २७ महिनामा काँकडभिट्टा नाकाबाट ७३ करोड ६४ लाख ३१ हजा...
मंगलबार सुनको भाउ प्रतितोला २४०० रुपैयाँ घट्यो
अर्थ, समाचार

मंगलबार सुनको भाउ प्रतितोला २४०० रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला २४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६५ हजार रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँमा झरेको छ ।...
सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो
अर्थ, समाचार

सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो

नेपालअखबार, काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।...
एक दम्पती : गुगलविरुद्ध १५ वर्ष मुद्दा लडेर ४ खर्ब जरिवाना तिराए
अर्थ, विश्व, समाचार

एक दम्पती : गुगलविरुद्ध १५ वर्ष मुद्दा लडेर ४ खर्ब जरिवाना तिराए

नेपालअखबार,काठमाडाैँ ।‘गुगलले हामीलाई इन्टरनेटबाट गायब नै बनाइदिएको थियो’, यो भनाइ हो शिवौन राफ र उनका पति एडम राफको । यो दम्पतीले सन् २००६ मा राम्रो पारिश्रमिक भएको जागिर छाडेर मूल्य तुलना गर्ने वेबसाइट फाउन्डेमको सुरुआत गरेका थिए । तर, फाउन्डेममा सर्च इन्जिनको एउटा अटोमेटिक स्पम फिल्टर्सका कारण गुगलले सर्च जरिवाना लगायो, जसको असर फाउन्डेमको व्यवसायमा पर्‍यो । वास्तवमा उक्त जरिवानाका कारण इन्टरनेटमा मूल्य तुलना अर्थात् प्राइस कम्पेरिजन तथा कम्पेरिजन शपिङ जस्ता सर्च रिजल्टहरुको सूचीमा फाउन्डेम निकै पछाडि परेको थियो । उसैपनि स्टार्टअप सुरु गर्ने संस्थापकहरुका लागि स्टार्टअपको सुरुआतको पहिलो दिन रोमान्चकता तथा आशंकाहरुले भरिएको हुन्छ । तर, शिवौन र एडमका लागि यो त्यसभन्दा पनि निकै खराब थियो । उनीहरुले यति खरा होला भन्ने अनुमान नै गरेका थिएनन् । वास्तवमा फाउन्डेममाथि गुगल सर्...
जनकपुरधाममा छठ मनाउन भित्र्याइयो पाँच करोडको केरा
अर्थ, समाचार, समाज

जनकपुरधाममा छठ मनाउन भित्र्याइयो पाँच करोडको केरा

नेपालअखबार, जनकपुर। छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ। जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिंगै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए। उनले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब रु पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए। जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पू...
सुन्तला खेती छाडेर मौरीपालनमा लागे, कमाउँछन् वर्षको ३५ लाख
अर्थ, कृषि, समाचार, समाज

सुन्तला खेती छाडेर मौरीपालनमा लागे, कमाउँछन् वर्षको ३५ लाख

नेपालअखबार, पर्वत। कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिना अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाखभन्दा बढी आम्दानी गर्छन्। उनी सुन्तलाखेती छाडेर मौरीपालनमा लगेका हुन्। घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि समस्यामा परेका थिए। सुन्तलामा भविष्य नदेखेपछि उनी मौरीपालनतर्फ आकर्षित भएका हुन्। सुरुमा उनले घरको आँगनमा केही मौरी पाल्न थालेका हुन्। माहुरीको घार र महको माग बढ्न थालेपछि आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेको तिमिल्सिनाले बताए। पहाडी भेगमा अनुकूल हुने ‘एपि सेरेना’ जातको मौरी पालेको भन्दै उनले यो व्यावसायबाट वार्षिक ३५ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए। तिमिल्सिनाले भने, ‘यहाँ उत्पादन गरे...