Saturday, June 13

अर्थ

सुनको मूल्य तोलामा १ लाख २३ हजार रुपैयाँ पुग्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा १ लाख २३ हजार रुपैयाँ पुग्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम हुँदै मूल्यमा हालसम्मकै उच्च रेकर्ड बनेको हो । यसअघि गत पुस १२ गते सुनको मूल्य प्रतितोला १ लाख २२ हजार पुगेको थियो । यसयता केही घट्दो क्रममा रहेको सुनको मूल्य आइतबारदेखि पुनः उकालो लाग्न पुगेको हो । आइतबार एकै दिन प्रतितोला २ हजार रुपैयाँले बढ्दै छापावाला सुनको मूल्य १ लाख २१ हजार रुपैयाँ पुगेको थियो । दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर भएकामा तेस्रो दिन थप २ हजार रुपैयाँले बढ्दै १ लाख २३ हजार रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैबिच चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पु...
फलामको कच्चापदार्थ आयातमा लाग्ने करसम्बन्धी विवाद फेरि ब्युँझियो
अर्थ, समाचार

फलामको कच्चापदार्थ आयातमा लाग्ने करसम्बन्धी विवाद फेरि ब्युँझियो

नेपालअखबार, काठमाडौँ । फलाम र स्टिल उत्पादक उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ ‘बिलेट’ र ‘स्पञ्ज आइरन’को करसम्बन्धी विवाद फेरि ब्युँझिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस विषयमा सोधखोज थालेसँगै यो विषय फेरी चर्चामा आएको हो । आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०७८ मार्फत सरकारले स्पञ्ज र बिलेटको राजस्व दर हेरफेर गरेको थियो । प्रतिस्थापन विधेयकमार्फत ल्याइएका करसम्बन्धी केही व्यवस्थाहरू विवादमा परेपछि संसदीय समितिमा उजुरीसमेत परेको थियो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले प्रतिस्थापन विधेयकको उक्त व्यवस्था कार्यान्वयन नगर्न सरकारलाई निर्देश दिएको थियो तर उक्त निर्देशन कार्यान्वयन नभएको भन्दै समितिको आजको बैठकले सरकारसँग जवाफ माग गरेको छ । “समितिको मिति २०७९ असार ६ गतेको निर्णय के कति कारणले कार्यान्वयन नभएको सम्बन्...
६ महिनामा विद्युत् प्राधिकरणले कमायो १५ अर्ब ३६ करोड नाफा
अर्थ, समाचार

६ महिनामा विद्युत् प्राधिकरणले कमायो १५ अर्ब ३६ करोड नाफा

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा कर कटौतीअघिको हो । प्राधिकरणको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो भने गत आर्थिक वर्ष भरिको खुद नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । प्राधिकरणले सार्वजनिक गरेको चालु आवको ६ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको छ । सो आम्दानीबाट विद्युत् खरिद, प्रशासनिक लगायत खर्च ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । प्राधिकरणका का...
‘ग्लोबल फन्ड’बाट सेभ दी चिल्ड्रेन बाहिरियो
अर्थ, समाचार, स्वास्थ्य

‘ग्लोबल फन्ड’बाट सेभ दी चिल्ड्रेन बाहिरियो

नेपालअखबार, काठमाडाैं। ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ दी चिल्ड्रेनलाई नबनाउने निर्णय भएको छ। सोमबार स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयमा बसेको सिसिएम (कन्ट्री कोअर्डिनेटिङ मेकानिज्म) को एक सय ३०औं बैठकले ग्लोबल फन्डको सहयोगमा सञ्चालन हुने एचआईभी र क्षयरोगका कार्यक्रमका लागि नेपाल सरकार र गैरसरकारी क्षेत्रबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) लाई प्राप्तिकर्ता (प्रिन्सिपल रेसिपिएन्ट) छान्ने निर्णय गरेको हो। एचआईभी, क्षयरोग र मलेरिया कार्यक्रम सञ्चालन गर्न सिसीएमा मार्फत ग्लोबल फन्डले यसअघि नै नेपाल सकार स्वास्थ्य मन्त्रालयलाई प्रमुख प्राप्तकर्ता बनाउनु निर्णय भइसकेको थियो भने गैरसरकारीतर्फ निर्णय हुन बाँकी थियो। सिसीएमका १७ सदस्यमध्ये ११ जनाले एचआईभी र क्षयरोग कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थातर्फ युएनडीपीलाई प...
रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने अर्थमन्त्रीको घोषणा
अर्थ, कृषि, समाचार

रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने अर्थमन्त्रीको घोषणा

नेपालअखबार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) मा मुलुकमै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मल उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया थालनी गर्ने बताएका हुन् ।उनले रासायनिक मलको दिगो आपूर्तिको व्यवस्था मिलाउने घोषणा गरेका छन् । प्राकृतिक र प्राङ्‍गारिक खेतीलाई प्रोत्साहन गर्ने अर्थमन्त्री महतले घोषणा गरेका हुन् ।...
केन्द्रीय बैंकले जनाएकाे छ सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब बढी नगद मौज्दात
अर्थ, समाचार

केन्द्रीय बैंकले जनाएकाे छ सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब बढी नगद मौज्दात

नेपालअखबार, काठमाडौँ । केन्द्रीय बैंकले सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब बढी नगद मौज्दात रहेको जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल १ खर्ब ११ अर्ब ३० करोड रुपैयाँ नगद रहेको बैंकले जनाएको हो । तथापि, यो नगद मौज्दात केन्द्रीय बैंक (संघीय सरकार), प्रदेश सरकार र स्थानीय तहको समेत हो । २०८० असार ३१ सम्ममा यस्तो नगद मौज्दात जम्मा ६० अर्ब रुपैयाँ मात्र रहेको थियो । समीक्षा अवधि (७ महिनामा) नगद मौज्दात ५१ अर्ब ३० करोड रुपैयाँले बढेको छ । तर, समीक्षा अवधिमा सरकारको सरप्लस मौज्दात भने घटेर १० अर्ब रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्ममा २५ अर्ब रुपैयाँ बराबर रहेको सरकारी सरप्लस माघ मसान्तसम्मा १५ अर्ब रुपैयाँले घटेको केन्द्रीय बैंकले जनाएको छ ।...
कोदोबाट बिस्कुट उत्पादन
अर्थ, समाचार, समाज

कोदोबाट बिस्कुट उत्पादन

नेपालअखबार, बागलुङ। पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका छन्। गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन्। विस २०७७ मा सो उद्योग स्थापना भएको थियो। लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए।कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना रहेको छ। ‘जागीरको मानसिकता थिएन, पाँच वर्ष काठमाडौँमा रेष्टुराँ व्यवसाय गरे, पढाइमा स्नातक सके पनि जागीर खाइन, कोरोनाकालमा गाउँ फर्केपछि रेष्टुराँ बन्द भयो...
डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो
अर्थ, समाचार

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । निगमका अनुसार बढेको मूल्य शुक्रबार विहान १ बजेदेखि नै लागू हुने छ ।...
घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो
अर्थ, समाचार

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो

नेपालअखबार, काठमाडौँ ।  चालुु आर्थिक वर्षको सात महिनामा (पुस–माघ) घरजग्गाको  कारोबारबाट  झन्डै  चार  अर्ब  रुपैयाँ  राजस्व सङ्कलन भएको छ । भूमि  व्यवस्थापन  तथा  अभिलेख  विभागका  अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार  भएको  छ  ।  गत  पुस  महिनामा  घरजग्गा  कारोबारबाट  तीन  अर्ब  २०  करोड  ५२  लाख  १२  हजार ५३० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो । पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गाको कारोबार वृद्धि भएको छ । विभागका अनुसार माघ महिनामा कुल ४९ हजार २९० वटा घरजग्गा लिखित पास भएका छन् । गोरखापत्रमा खबर छ ।...
१ अर्बका दुग्ध पदार्थ गोदाममै थन्किएपछि मिल्क उद्योग बन्द
अर्थ, कृषि, समाचार, समाज

१ अर्बका दुग्ध पदार्थ गोदाममै थन्किएपछि मिल्क उद्योग बन्द

नेपालअखबार, चितवन । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो । यही माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर २२ गतेदेखि उद्योग बन्द गरिएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए । ‘सहकारी र दुग्ध उद्योगले प्रशोधनका लागि ल्याएका दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ’, उनले भने । उनका अनुसार सहकारी र दुग्ध उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र कोल्डस्टोर भरिएका हुन् । प्रबन्धक पराजुलीका अनुसार पाउण्डर दूधले गोदाम, चिनी भण्डारण गर्ने, कपडा फेर्ने ठाउँ, क्यान्टिन सबै भरिएको छ । बी...