लम्पी स्किनबाट सुदूरपश्चिममा मात्रै २६ हजार पशुचौपाया मरे, ६ लाख संक्रमित
नेपालअखबार, । ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ पशुचौपाया मरेका छन्। प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ।
तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन्।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा ६३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ।
‘तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ डा. अवस्थीले भने, ‘यस वर्ष पहाडी जिल्लामा कडा खालको सङ्क्रमण देखियो।’
‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सब...










