Sunday, May 10

अर्थ

सुनको भाउ घट्यो
अर्थ, समाचार

सुनको भाउ घट्यो

नेपालअखबार,काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार (नेपाली समय ११ बजे) प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भएको छ । चाँदीको भाउ भने बढेको छ । प्रतितोला ४५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन २९२० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९६५ रुपैयाँ पुगेको छ ।...
मुस्ताङ नाकाबाट एकै महिनामा साढे ५ अर्बको ब्यापार
अर्थ, समाचार

मुस्ताङ नाकाबाट एकै महिनामा साढे ५ अर्बको ब्यापार

नेपालअखबार,मुस्ताङ।  चीनसँग स्थलमार्गबाट आयात निर्यात गर्ने मुख्य दुई नाका अवरूद्ध भएपछि सञ्चालनमा ल्याइएको मुस्ताङ नाकाबाट एक महिनामा करिब साढे ५ अर्ब रूपैयाँको आयात निर्यात भएको छ। भन्सार विभागका अनुसार भदौ अन्तिमबाट सञ्चालमा आएको यो नाकाबाट असोज मसान्तसम्मको अवधिमा ५ अर्ब २७ करोड ९० लाख रूपैयाँ बराबरको वस्तु आयात भएको छ। ९१ लाख रूपैयाँ बराबरको बस्तु निर्यात भएको छ। चालु आर्थिक वर्षमा तातोपानी र रसुवा नाकाबाट एक रूपैयाँको पनि निर्यात नभएकोमा स्थलमार्गबाट चीन सामान पठाउने नाका मुस्ताङ मात्रै देखिएको छ। गत असारको बाढीको कारण रसुवा नाका र साउन दोस्रो सातादेखि तातोपानी नाका अवरूद्ध भएपछि केही समय स्थलमार्गबाट उत्तरी छिमेकी चीनसँगको ब्यापार नै रोकियो। तर, यी दुबै नाका सञ्चालनमा आउन नसकेपछि एक महिनाअघि मुस्ताङ नाकाबाट आयात–निर्यात सुरू गरिएको थियो। भदौ ३० गते मुस्ताङ नाकाबाट चीनसँग...
सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री
अर्थ, समाचार

सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री

नेपालअखबार,तनहुँ । तनहुँका सामुदायिक वन समूहले आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । सामुदायिक वनले सो अवधिमा ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर बिक्री गर्न सफल भएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिक्री भएका वन पैदावरमध्ये ४० हजार तीन सय ३१ दशमलब ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलब ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलब ८६ अन्य वन पैदावर छन् । त्यस्तै सोही अवधिमा ५० दशमलब १५ चट्टा दाउरा पनि बिक्री भएको छ । वन पैदावर बिक्रीमार्फत् रु एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व सङ्कलन भएको छ । निजी आवादीतर्फ पनि ५१ हजार चार सय ५४ दशमलब ७५ क्युफिट वन पैदावर बिक्री भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार निजी आवादीतर्फ ४३ हजार तीन सय २४ ...
हायात व्यवस्थापनले भन्यो– जेनजी आन्दोलनपछि बन्द भएको होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ
अर्थ, समाचार

हायात व्यवस्थापनले भन्यो– जेनजी आन्दोलनपछि बन्द भएको होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ

काठमाडौँ । पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ)ले जेनजी आन्दोलनका क्रममा होटलमा ठुलो क्षति भएको उल्लेख गर्दै पुनः निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ । आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिनुभएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनः निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ सङ्कल्पसहित सञ्चालन हुने  विज्ञप्तिमा उल्लेख गरेको हो । “आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्...
हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना
अर्थ, समाचार

हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

नेपालअखबार,काठमाडौँ । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो । सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने छ । आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ । आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्ने छ । विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुस...
तिहार बिदामा पनि बैङ्किङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
अर्थ, प्रशासन, समाचार

तिहार बिदामा पनि बैङ्किङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटिकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँच पासका लागि बैङ्किङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैङ्किङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।...
सुन एकैदिन तोलामा ७ हजार १ सय बढ्यो
अर्थ, समाचार

सुन एकैदिन तोलामा ७ हजार १ सय बढ्यो

नेपालअखबार,काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो । विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँ बढेको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ। त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार...
गत वर्षको तुलनामा विद्युतीय सामग्रीको व्यापार घट्यो
अर्थ, समाचार, समाज

गत वर्षको तुलनामा विद्युतीय सामग्रीको व्यापार घट्यो

नेपालअखबार,चितवन । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री)को व्यापार आधा घटेको बताउछन्। पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उनको बुझाइ छ । लामिछाने भन्छन्, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ घर बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरूबाट काम चलाउन थालेका छन् ।” पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू कम भएको उनको भनाइ छ । विद्युत् व्यावसायिक सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले हाल आउनुपर्ने पर्याप्त सामान बजारमा आउन नसक...
सुनको भाउ साढे २ लाख नाघ्यो
अर्थ, समाचार

सुनको भाउ साढे २ लाख नाघ्यो

नेपालअखबार,काठमाडौं । सुनको भाउले साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढिरहेपछि नेपाली बजारमा प्रभाव देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार २ सय अमेरिकी डलर नाघेको छ । एक औंस बराबर २.४३ ग्राम हुन्छ । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।...
गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति
अर्थ, राजनीति, विश्व, समाचार

गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति

नेपालअखबार, काठमाडौं । इजरायल–हमास युद्धका कारण प्रभावित गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको अनुमान गरिएको छ । त्यसको पुनर्निर्माणमा २० अर्ब डलर आवश्यक पर्ने अनुमान समेत गरिएको छ । संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र विश्व बैंकले संयुक्त रूपमा गरेको मूल्यांकनबाट सो अनुमान गरिएको हो । संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (युएनडीपी) का प्यालेस्टाइन विशेष प्रतिनिधि याको सिलियर्सले मंगलबार पत्रकारहरुसँग भने, ‘गाजाको करिब ८४ प्रतिशत क्षेत्र क्षतिग्रस्त भएको छ र गाजा शहरजस्ता ठाउँमा ९२ प्रतिशतसम्म क्षति देखिन्छ । पुनर्निर्माणको विशाल अभियानका लागि आगामी तीन वर्षमा २० अर्ब डलर आवश्यक पर्नेछ ।’ उनका अनुसार, गाजाको पुनर्निर्माणका लागि अरब मुलुकहरूसँगै युरोपेली देश र अमेरिकाबाट पनि सम्भावित आर्थिक सहयोगका संकेत प्राप्त भएका छन् । २१ लाख मानिसहरूलाई मानवीय सहायता युएनडीपील...