Thursday, August 27

अर्थ

नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड आन्तरिक ऋण उठाउँदै सरकार, १० प्रतिशत ब्याज पाइने
अर्थ, प्रशासन, समाचार

नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड आन्तरिक ऋण उठाउँदै सरकार, १० प्रतिशत ब्याज पाइने

नेपालअखबार, काठमाडौं । नेपाल सरकारले नागरिक बचतपत्र मार्फत सार्वजनिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ५ वर्ष अवधिको नागरिक बचतपत्र मार्फत सार्वजनिक ऋण परिचालन गर्नको लागि सुचना प्रकाशित गरेको छ । बचतपत्र २४ वैशाखदेखि २४ जेठसम्मा आवेदन दिन सकिने र निष्कासन ३० जेठ २०८० मा हुनेछ । बचपत्रको सावाँ भुक्तानी ३० जेठ २०८५ मा भुक्तानी हुनेछ । राष्ट्र बैंकले २ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रको ब्याज ६/६ महिनामा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बचपत्रको ब्याजमा ब्याजकर नलाग्ने केन्द्रीय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ । बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिनेछ । उक्त बचतपत्र ध...
नेपालको प्रतिव्यक्ति आय १ हजार ३ सय ९९ डलर
अर्थ, समाचार

नेपालको प्रतिव्यक्ति आय १ हजार ३ सय ९९ डलर

नेपालअखबार, काठमाडौँ । नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् रू एक लाख ८२ हजार छ सय ८३ बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक हजार तीन सय ९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर एक हजार चार सय १० बराबर देखिएको हो । यसवर्ष नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८५ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव १३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा नेपालको जिडिपीको आकार आधारभूत मूल्यमा रू ४६ खर्ब ९६ अर्ब ४९ करोड र उपभोक्ता मूल्यमा रू ५३ खर्ब ८१ अर्ब ३४ करोड बराबर पुग्ने अनुमान गरिएको छ । जिडिपी अनुपातमा नेपालको कूल स्थिर पुँजी निर्मा...
पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आयो, नेपालमा कहिले घट्छ
अर्थ, समाचार

पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आयो, नेपालमा कहिले घट्छ

नेपालअखबार, काठमाडाैं ।  भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ । निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो । डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि नेपालमा बिक्री मूल्य घटाउनेबारे निगम कुनै निर्णय लिइसकेको छैन । त्यसैले नेपालमा कहिले घट्छ भनेर आम उपभोक्ता प्रतिक्षारत छन् ।...
पढ्दै, अदुवा खेतीमा रमाउँदै विद्यार्थी
अर्थ, कृषि, शिक्षा, समाचार, समाज

पढ्दै, अदुवा खेतीमा रमाउँदै विद्यार्थी

नेपालअखबार, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ। गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो। विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ’, उनले भने, ‘सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौं।’ विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत पहिलो विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको चुमानको भनाइ छ । यो परियोजनाअन्तर्गत विद्यार्थीले अदुवा खेतीक...
काठमाडौं महानगरले उठायो ६ अर्ब बढी राजस्व
अर्थ, प्रशासन, समाचार

काठमाडौं महानगरले उठायो ६ अर्ब बढी राजस्व

नेपालअखबार, काठमाडौं। काठमाडौं  महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको छ। उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो। गत आवको चैतसम्ममा ५ अर्ब आठ करोड ९७ लाख ८८ हजार रुपैयाँ असुल गरेको महानगर राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो। महानगरले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको थियो। गत आवमा भने ९ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो। चालू आवका लागि हालसम्मको अवधिमा महानगरले सबैभन्दा बढी सम्पत्ति करबाट ७९ करोड ४३ लाख ६४ हजार रुपैयाँ प्राप्त गरेको छ। विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेको भए पनि चालू आवमा लक्ष्यमा पुग्न...
आपसी सहकार्यका विषयमा राजदूतसँग छलफल
अर्थ, समाचार

आपसी सहकार्यका विषयमा राजदूतसँग छलफल

नेपालअखबार, पोखरा । होटल संघ पोखरा नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनविच आपसी सहकार्यका विषयमा हालै पोखरामा छलफल भएको छ । सो अवसरमा संघका महासचिव राजेन्द्र ढकाल र टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका बारेमा जानकारी गराएका थिए । अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरु संवेदनशील रहेको बताउँदै महासचिव ढकालले विगतमा अमेरिकी दुतावासँग संघ नजिक रहेर काम गरेको र भविश्यमा पनि त्यसस्तो सहकार्यप्रति आफूहरु आसावादी रहेको भनाई राखे । पछिल्लो समयमा नेपाल घुम्न आउने अमेरिकी पर्यटकको संख्यामा बढोत्तरी देखिएको पनि उनले अवगत गराए । सुन्दर पर्यटकीय नगरी पोखरामा राजदूत डिन र अमेरिकी दुतावासका अधिकारीहरुलाई स्वागत गर्न पाउँदा संघ खुसि भएको बताउँदै ढकालले औपचारिक रुपमै पोखरा छिटै नेपालको पर्यटकीय राजधानी बन्ने जानकारी गराए । सुन्दर ताल, हिमाल र विविध संस...
नेपाली उत्पादनलाई न्यूयाेर्कमा बजार व्यवस्थापन गर्न ब्रुक्लिन चेम्बर अफ कमर्सकाे तैयारी
अर्थ, विदेश, समाचार

नेपाली उत्पादनलाई न्यूयाेर्कमा बजार व्यवस्थापन गर्न ब्रुक्लिन चेम्बर अफ कमर्सकाे तैयारी

नेपालअखबार, न्यूयाेर्क । संयुक्त राज्य अमेरीको न्यूयोर्कमा  ब्रुक्लिन चेम्बर अफ कमर्सले नेपाल सरकारकाे दुतावास बिच नेपाली उत्पादन र बजारलाई न्यूयाेर्ककाे बजार व्यवस्थापन गर्ने बारे  बैठक सम्पन्न भएकाे छ । उत्त बैठकमा नेपाल सरकारकाे तर्फवाट  कन्सुल  विष्णु प्रसाद गाैतम र वाइस कन्सुल संगिता न्याैपानेकाे उपस्थित रहेकाे थियाे । कन्सुल  गाैतमले अमेरीकामा रहेर पनि नेपालकाे विकासका लागि सहकार्य गर्न अघि बढ्यकाेमा  ब्रुक्लिन चेम्बर अफ कमर्सलाई धन्यवाद दिए । नेपाल सरकारकाे तर्फबाट आवश्यक सहयाेग र सहकार्य गर्ने  कन्सुल  गाैतमले जानकारी दिएका थिए । ब्रोक्लिन चेम्बर अफ कमर्शकाे  चेम्बरका अध्यक्ष रेन्डी पियर्सका साथमा चेम्बरका  पदारीकारीकाे उपस्थित रहेकाे थियाे । अध्यक्ष रेन्डीले नेपालकाे विकास र उत्पादन साम्रागिलाई  अमेरीकाकाे न्यूयाेर्क ल्याउने  आफ्नाे  चाहना रहेकाे बताए । उत्त बैठक ...
अर्थतन्त्रको समस्या समाधानका लागि परिसंघ र महासङ्घको ऐक्यबद्धता
अर्थ, समाचार

अर्थतन्त्रको समस्या समाधानका लागि परिसंघ र महासङ्घको ऐक्यबद्धता

नेपालअखबार, काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित कार्य समितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमिति सदस्यहरूलाई स्वागत गरे । सो अवसरमा परिसंघ र महासङ्घले विद्यमान अर्थतन्त्रको समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले वर्तमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउनुपर्ने बताए । उनले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता सङ्गठनहरू मिलेर समाध...
तीस मुरी धान उत्पादन हुने खेत मासेर सुन्तलाखेती
अर्थ, कृषि, समाचार, समाज

तीस मुरी धान उत्पादन हुने खेत मासेर सुन्तलाखेती

नेपालअखबार, बागलुङ।  बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरूवा हुर्किरहेका छन्। राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन्। बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभाइले १८ रोपनी जग्गामा लगाएका पाँच सय सुन्तलाका बिरुवाले आगामी वर्षदेखि उत्पादन दिन थाल्नेछन्। ३५ वर्षसम्म शिक्षण पेसा गरेका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो ६ रोपनी जग्गामा दुई सय सुन्तलाका बिरुवा लगाएका  छन्, भने अन्य चार भाइले १२ रोपनी जग्गामा करिब तीन सय सुन्तलाका बिरूवा लगाएका छन्। बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभाइले १८ रोपनी जग्गामा लगाएका पाँच सय सुन्तलाका बिरुवाले आगामी वर्षदेखि उत्पादन दिन थाल्नेछन्। ३५ वर्षसम्म शिक्षण पेसा ...
घरेलु उद्यम प्रवर्द्धन गर्दै स्थानीय तह
अर्थ, समाचार, समाज

घरेलु उद्यम प्रवर्द्धन गर्दै स्थानीय तह

नेपालअखबार, प्युठान । प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन् । प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली, सोफा, कुर्सी, आस्ट्रेलगायतका सामग्री बनाउने उद्यम प्रवद्र्धन गर्न थालेको छ । झिमरुक–५ ओखरकोटमा ओखरकोट चोया चित्रो उद्योग सञ्चालनमा आएको छ । घरमै परम्परागत रूपमा गरिँदै आएको चोयाचित्राको कामलाई गुणस्तरीय र दिगो उद्यमका लागि योजना अघि सारिएको झिमरुक गाउँपालिकाकाका अध्यक्ष पितबहादुर क्षेत्रीले जानकारी दिए। “गाउँघरमा पुख्र्यौली पेसामा रहेको कामलाई जगेर्ना गर्दै सामूहिक रुपमा उद्यममा जोड्न कार्यक्रम ल्याइएको हो”, उनले भने । गाउँघरमा भएको बासबाट सामग्री उत्पादन भइ व्यवसाय तथा रोजगारी ...