Thursday, August 27

अर्थ

नेपाल एयरलाइन्सको मलेसिया–काठमाडौँ उडानको ट्रान्जिट भैरहवा
अर्थ, समाचार

नेपाल एयरलाइन्सको मलेसिया–काठमाडौँ उडानको ट्रान्जिट भैरहवा

नेपालअखबार, काठमाडौँ । जेठ २९ गतेदेखि काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ नयाँ रुटमा उडान भर्ने तयारी गरेको नेपाल वायुसेवा निगमले १२ हजार ७ सय रुपैयाँमा नै क्वालालम्पुर–भैरहवा सेवा दिने भएको छ । नेपाल–मलेसिया प्रारम्भिक उडान भर्न लागेको निगमले आकर्षण भाडा दर (पर्मोटर फेयर) मा उडान भर्न लागेको हो । काठमाडौँ–क्वालालम्पुर, क्वालालम्पुर–भैरहवा–काठमाडौँ सातामा दुई फ्लाइट गर्न लागेको निगमले सोमबार काठमाडौँ–क्वालालम्पुर उडान भरेर उताबाट फर्किदा क्वालालम्पुर–भैरहवा हुँदै पुनः काठमाडौँ आउने रुट (ट्रान्जिट) बनाएको छ । क्वालालम्पुर–भैरहवा १२ हजार ७ सय रुपैयाँ अर्थात् ४२९ मलेसियन रिंगेट हवाई भाडा तोकेको निगमले भैरहवाबाट काठमाडौँका लागि थप २ हजार २० रुपैयाँ भाड थप्नेछ । योसँगै क्वालालम्पुर–भैरहवा–काठमाडौँको कूल भाडा दर १४ हजार ७२० रुपैयाँ वा ४९९ रिंगेट हुनेछ । यस्तो छ हवाई उडान सेडूल र भाडा दर ...
सुनको मूल्य घट्यो
अर्थ, समाचार

सुनको मूल्य घट्यो

नेपालअखबार,काठमाडौं । बिहीबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ७८ सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँ तोलामा स्थिर छ ।बुधबार छापावाल सुन एक लाख १० हजार र तेजाबी सुन एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।...
टेलिकमको रोमिङ महसुल ४ गुणाले घट्यो
अर्थ, प्रविधि, समाचार

टेलिकमको रोमिङ महसुल ४ गुणाले घट्यो

नेपालअखबार, काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन माग गरेका थिए । सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन् । मन्त्रीको निर्देशपछि करिब दुई महिना गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्याण्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट ...
सुनको मूल्य बढ्यो
अर्थ, समाचार

सुनको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनाको तुलनामा आज मंगलबार १०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य आज तोलामा १ लाख ११ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम थियो । यस्तै, आज मंगलबार चाँदीको मूल्य भने स्थिर कायम भएको छ । हिजो सोमबारकै मूल्यमा आज चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम छ ।...
धनगढीको एक खाद्य गोदाममा आगलागी
अर्थ, समाचार, समाज

धनगढीको एक खाद्य गोदाममा आगलागी

नेपालअखबार, धनगढी । कैलालीको धनगढीस्थित एक खाद्य गोदाममा आगलागी भएको छ ।शनिबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी (दक्षिणकाली मार्ग) स्थित पिपि ट्रेडर्सको गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कृष्णदत्त पाण्डेले सञ्चालन गरेको स्टोरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको खुलेको छ । आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगायतका  खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ । आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक भट्टलाई उद्धृत गर्दै प्रहरीले बतायो । धनगढी उपमहानगरपालिकाको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।...
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा सरकारले चाहेको जस्तो छैन : अर्थमन्त्री  महत
अर्थ, राजनीति, समाचार

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा सरकारले चाहेको जस्तो छैन : अर्थमन्त्री महत

नेपालअखबार, काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताएका छन् शुक्रवार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरेता पनि सरकारले चाहेको जस्तो नभएको बताए । वर्तमान अर्थतन्त्रमा देखिएका अर्थतन्त्रका समस्या समाधानको लागि सकारात्मक सन्देश दिने उनले बताए । अर्थमन्त्री डा.महतले बजारमा पछिल्लो समय भएको तरलता सहजता बनाई कर्जा प्रवाहको लागि सहज बनाउने बताए । सरकारले आगामी बजेटमा निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई औचित्य र आवश्यकताको आधारमा कार्यान्वयन गर्ने उनले बताए ।सरकारको मुख्य लक्ष्य भनेकै वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउनु भएको उल्लेख गरे । अनाव...
सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ
अर्थ, समाचार

सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ

नेपालअखबार, काठमाडौँ । निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्य बुधबार थप ४ सय रुपैयाँले वृद्धि हुँदै १ लाख ११ हजार ६ सय रुपैयाँमा उक्लिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख २१ गते हालसम्मकै उच्च मूल्य कायम हुँदै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो । पछिल्लो दिनको मूल्यले पुनः सोही रेकर्ड भेट्ने संकेत गरेको छ । आज तेजावी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ५० रुपैयाँ पुगेको छ ।  यता चाँदीको मूल्य भने गत तीन दिनदेखि स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
बढ्यो सुनको मूल्य
अर्थ, समाचार

बढ्यो सुनको मूल्य

नेपालअखबार, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य बढेको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज छापावाल सुनको मूल्य पनि तोलामा १ लाख १० हजार ३५० रुपैयाँ कायम छ । सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर छ । र, यो लगातार तेस्रो दिनदेखि स्थिर कायम भएको महासंघले जनाएको छ । यसक्रममा आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।...
३० अर्ब १८ करोड आन्तरिक ऋण उठाउँदै सरकार
अर्थ, समाचार

३० अर्ब १८ करोड आन्तरिक ऋण उठाउँदै सरकार

नेपालअखबार, काठमाडौँ । सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमको ट्रेजरी बोलकबोल गर्न लागेको बैंकले १८ अर्ब १८ करोड रुपैयाँ पुरानो नवीकरण गरेर १२ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको बैंकले जनाएको छ । सोमबार बोलकबोल हुने ट्रेजरीको निष्कासन मंगलबार अर्थात् वैशाख २६ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । कूल निष्कासन बिल मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । यसअघि बैंकले वैशाख १७ गते २७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।...
तनहुँ जलविद्युत् आयोजनाः धमाधम टावर जडान गरिँदै
अर्थ, प्रविधि, समाचार

तनहुँ जलविद्युत् आयोजनाः धमाधम टावर जडान गरिँदै

नेपालअखबार, तनहुँ। तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन्। आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो। हालसम्म ५१  टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। प्रसारण लाइन निर्माणका लागि ९४  टावर जडान गरिनेछ। त्यसमध्ये आठ टावरको जग संरक्षण  सम्पन्न भएको छ। एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण  र छ स्थानमा जग्गा हाल्ने काम भइरहेको उनले बताए। त्यस्तै शून्य दशमवलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ। प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ। प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच...