Monday, August 3

अर्थ

इन्धनमा घटेको मूल्य आजदेखि लागू
अर्थ, समाचार

इन्धनमा घटेको मूल्य आजदेखि लागू

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ । मूल्य समायोजन पछि अब डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो । यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेपछि नयाँ मूल्य १७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँमै यथावत् राखिएको छ ।...
सरकारले ४ खर्बबाट १७ खर्ब ऋणको भार बोकी रहँदा के गर्नु पर्दथ्यो।
अर्थ, विचार, साहित्य \कला

सरकारले ४ खर्बबाट १७ खर्ब ऋणको भार बोकी रहँदा के गर्नु पर्दथ्यो।

सरकारले विदेशी मुद्राको संचित बढाउन विदेशी मुद्रामा ऋण लिने कुरा यदाकदा सुन्नमा आएको छ । यसरी लिएको ऋण तलब भत्ताको साथै निहित स्वार्थको विकाश र सुविधामा खर्चिदै ऋणको भार थप्नु कति सम्म जायज हुन्छ होला? केपी ओली को ३/४ वर्षे शासनकालमा करिब ४ खर्बबाट १६ खर्ब भन्दा बढी बोकाइएको ऋणको भार घटाउनुको सट्टा थपेर कहीले सम्म देश चलाउने र जनताले कति सम्म ऋणको भार बोकिदिनु पर्ने होला। यसरी देश चलाई रहँदा अहिलेका राजनीतिज्ञ र प्रशासकले कस्तो आर्थिक अवस्था भएको देश भावी पुस्तालाई हस्तान्तरण गर्ने भन्ने चिन्तनमा हुनुहुन्छ होला यो सोचनीय विषय बनेको छ । यसो भन्दै गर्दा ऋण लिनै नहुने भन्ने आशय भने पक्कै होइन तर लिएको ऋणलाई उचित खर्च र लगानी गरी दीर्घकालीन रूपमा ऋण लिएर तलब भत्ता र सुविधामा मात्र खर्चनु उचित होइन भन्ने हो । चालुखर्चको लागि मात्र ऋण लिँदा आर्थिक भार मात्र बढाउँछ र देश झन् झन् आर्थि...
कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णय
अर्थ, विश्व, समाचार

कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णय

नेपालअखबार, काठमाडौं । कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्ने उद्देश्यले ओपेक देशहरुले उत्पादन कटौती गर्ने निर्णय गरेका छन् । बीबीसीका अनुसार साउदी अरबसहित तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक)ले प्रतिदिन ११ लाख ब्यारेलभन्दा बढी तेल उत्पादन घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा स्थीरता ल्याउन उत्पादन कटौती गर्ने निर्णय गरिएको उनीहरुको भनाइ छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि तेल उत्पादक देशहरुको संगठन ओपेकले २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने अनुमान गरिएको थियो । तर ओपेक देशका मन्त्रीहरुको भर्चुअल बैठकमा प्रतिदिन ११.५० लाख ब्यारेल तेल उत्पादन घटाउने सहमति बनेको बीबीसीमा उल्लेख छ । भर्चुअल बैठकमा साउदी अरब र रुसका मन्त्रीहरु पनि सहभागी थिए । साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरबले मे २०२३ देखि यस वर्षको अन्तिमसम्ममा कच्चा तेलको उत्पादनम...
सुनको मूल्यमा सामान्य गिरावट
अर्थ, समाचार

सुनको मूल्यमा सामान्य गिरावट

नेपालअखबार, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सुनको मूल्य घटेको छ । महासंघले आजको मूल्यसूची कायम गर्दै लगातार दोस्रो दिन सुनको मूल्य घटेर कारोबारमा आएको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० रुपैयाँ कायम थियो । हिजो आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर कारोबारमा आएको थियो । यसैगरी, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो आइतबार १४ सय १० रुपैयाँ कायम थियो ।...
कागतीखेतीबाट वार्षिक २० लाख कमाइरहेका रूद्रमणी
अर्थ, कृषि, समाचार

कागतीखेतीबाट वार्षिक २० लाख कमाइरहेका रूद्रमणी

नेपालअखबार,मोरङ। सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ। ४५ वर्षीय न्यौपानेले दुई विघा क्षेत्रफलमा कागती खेती गरेका छन्। उनी चार वर्षदेखि मोरङको पथरी शनिश्चरे–२ कालापानीमा पथरी कृषि फार्म सञ्चालन गरी कागती खेती गर्दै आइरहेका छन्। उनले सुरू गरेको कागतीखेतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ। दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आउनुभएको छ । यतिबेला उहाँको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन्।  बगानमा एक हजार दुई सय कागतीका बोट छन । फार्ममा तीन जनाले रोजगारी पनि पाएका छन्। बजारको भाउअनुसार फल बेच्नुपर्ने हँुदा कागतीको यकिन मूल्य भने छैन। फार्ममा दाना प्रतिगोटा तीन रूपैयाँ र बिरुवा प्रतिगोट  ८० रूपैयाँका दरले बिक्री हुँदै आएको छ। चार वर्षअघि कागती खेती सुरू गर्न ...
बेमौसमी वर्षाले गहुँबालीमा क्षति
अर्थ, कृषि, समाचार, समाज

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

नेपालअखबार, लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए । उनले भने, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहँुका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ ।’ कोटहीमाई–३ का सफिक अन्सारीले बुधबार र बिहीबार दुई दिन काटेर थ्रेसिङका लागि थुपारेको गहुँ वर्षाले भिजेको छ । ‘खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँँलाई पानीले भिजाएपछि कुहिने डर छ’, उनले भने, ‘दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौँ ।’ कोटहीमाई गाउँपालिका रुपन्देहीका कृषि शाखा प्रमुख जितेन्द्र आर्यले अहिले कोटहीमाईका किसानले...
सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ
अर्थ, समाचार

सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ

नेपालअखबार, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ९ हजार रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
धनियाँ बेचेर वार्षिक तीन लाख
अर्थ, कृषि, समाचार

धनियाँ बेचेर वार्षिक तीन लाख

नेपालअखबार, गलेश्वर । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गर्नुभएको हो । कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् । धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायतका तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा डेढ लाखभन्दा बढी आम्दानी भएको बताए । हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गरिन्छ । सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गरेका कार्कीले खेती विस्तार गर्ने योजनामा रहेको सुनाए । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गरेका छन् । लभ्लीह...
कोशी प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा राउत निर्विरोध
अर्थ, समाचार

कोशी प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा राउत निर्विरोध

नेपालअखबार, विराटनगर । कोशी प्रदेशको उद्योग वाणिज्य वाणिज्य महासंघको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज सम्पन्न महासंघको साधारणसभाले राउतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । यस्तै महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् । सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगततर्फ राजन श्रेष्ठ र दिपक पाण्डे निर्विरोध निर्वाचित भए । यस्तै एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गुप्ताले जानकारी दिए । राउत...
सुनको मूल्य तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ पुग्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ पुग्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ ।  एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्दै बिहीबार छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो । योसँगै सुनको मूल्यले गत फागुन १२ गते गतेको ऐतिहासिक रेकर्ड भेट्न लागेको छ । २०७९ फागुन १२ गते हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले ज...