होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश कुमार चुके चयन
नेपालअखबार, काठमाडौँ । होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा दिनेश कुमार चुके सर्वसम्मत चयन भएका छन् । बुधवार चितवनको भरतपुरमा सम्पन्न महासंघको चौथो महाधिवेशनबाट चुके अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा (शेरु), प्रशासन (संगठन) उपाध्यक्षमा वीरमञ्जन बटाला चयन भएका छन् भने महासंघको पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् ।
उप्रेती होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको वर्तमान कार्यसमिति अध्यक्ष समेत हुन् । महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएसँगै उप्रेतीले अब आफूले बागमती प्रदेशको नेतृत्वबाट बिदा लिने बताएका छन् ।
महासंघको अन्य चार उपाध्यक्षमा क्रमशः भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलक बहादुर कार्की, देवी गौतम रविन निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा धनादेवी चोखाल सर्वसम्मत निर्वाचित भएकी छिन् ।
यस्तै, मह...








