सरकारले बढायो भाडाका सवारी साधनमा आयकर
नेपालअखबार,काठमाडौं । सरकारले भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत भाडाका सवारी साधन दर्ता वा नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएका हुन् ।
अर्थमन्त्री महतले साना ठूला सबै भाडाका सवारी साधनको आयकर बढाएका छन् । कार, जिप, भ्यान, माइक्रोबसमा १३०० सीसीसम्म ४ हजार आयकर लाग्नेमा अब ५ हजार ५०० लाग्ने भएको छ ।
यस्तै १३०१ देखि २०० सीसीसम्म ४ हजार ५०० रहेको आयकर अब ६ हजार पुगेको छ । २ हजार १ सीसीदेखि २९०० सीसीसम्मसवारी दर्ता नवीकरण गर्दा ५ हजार लाग्ने आयकर बढेर ६ हजार ५०० रुपैयाँ पुगेको छ ।
२९०१ सीसीदेखि ४ हजार सीसीसम्मको सवारी दर्ता वा नवीकरण गर्दा लाग्ने आयकर ६ हजारबाट बढेर ८ हजार पुगेको छ । यस्तै ४ हजार सीसी भन्दा माथिकोमा दर्ता नवीकरण गर्दा लाग्ने आयकर ७ हजारबाट बढेर ९ हजार पुगेक...







