बोट रेसमा स्विमिङपुलघाट विजयी
नेपालअखबार, पोखरा । रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितिय तथा बाराहीघाट तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे ।
विजयी टोलीलाई रेवान पोखराका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, पोमनपा वडा नम्बर ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक बिरेन्द्र लामा लगायतले पुरस्कार वितरण गरेका थिए । त्यसअघि भएको संस्थागततर्फको प्रतियोगितामा टान गण्डकी प्रथम, रेवान पोखरा द्वितिय तथा नेपाल टुरिजम भ्यान एशोसिएसनले तृतीय स्थान हाँसिल गरेका थिए ।
सडक महोत्सवमै भएको वेटर रेसमा बेन्जन रेष्टुरेण्टका रेशमबहादुर अर्याल प्रथम, चिल्ली बारका सुनिल गुरु...










