Tuesday, May 26

खेलकुद

पोखरामा बिहीबार अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस
खेलकुद, समाचार

पोखरामा बिहीबार अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस

नेपालअखबार, पोखरा । पोखरामा यही बिहीबार अन्तर्राष्ट्रिय स्तरको माउन्टेन बाइक रेस प्रतियोगिता हुँदै छ । पोखरा १३ आर्वा विजय डाँडामा हुने एन्ड्युरो बाइक रेसमा ११ देशका ५५ खेलाडी सहभागी हुने पक्का भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।३ दिनसम्म हुने प्रतियोगितामा ८८ जनाले दर्ता गरेका थिए । तर प्रतियोगिताको मिति जुधेपछि केही खेलाडी अन्यत्र मोडिएका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए । प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दाबी छ । प्रतियोगिताका लागि सन् २०२० देखि तयारी गरिएको थियो । हालसम्म ५० लाख भन्दा बढी खर्च भैसकेको बताइएको छ । प्रतियोगिता अन्तर...
पोखरामा हुने केपी ओली राष्ट्रिय  कप टि–२० क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक
खेलकुद, समाचार

पोखरामा हुने केपी ओली राष्ट्रिय कप टि–२० क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक

नेपालअखबार, पोखरा । पोखरामा हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय  टि–२०  क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । यहि मंसिर ७ गते सुरु हुने प्रतियोगिताको उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिएका छन् । प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । त्यसै गरि यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक गौचनले जानकारी दिएका छन् । एकेडेमीले हालै देश भरिका २ सय भ...
‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार’ को तयारी तिव्र
खेलकुद, समाचार, समाज

‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार’ को तयारी तिव्र

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा मंसिर दोश्रो ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ । खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञान को बृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको बिकास संगै दक्षिण एसियाको एक मात्र सिकार आरक्ष ढोरपाटनको पर्यटन प्रर्वद्धन गर्ने, तेक्वान्दो आईटीएफÞ खेलको महत्व जनमानजमा पुर्याउने लक्ष्यका साथ यही मंसिर ८ देखि ९ गतेसम्म बाग्लुङको ढोरपाटनमा सेमिनारमाको आयोजना गर्न लागिएको सेमिनारका मूल आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाले जानकारी दिए । उनका अनुसार नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय, गण्डकी प्रदेश तेक्वान्दो संघ ९आईटीएफÞ० को आयोजना तथा ढोरपाटन नगरपालिकाको सहयोगमा उक्त सेमिनार आयोजना गरिएको हो। प्रशिक्षण कार्यक्रममा देशका विभिन्न जिल्ला र प्रदेश बा...
टी- २० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई बधाइ : अध्यक्ष नेपाल
खेलकुद, समाचार

टी- २० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई बधाइ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आईसीसी टी- २० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले  विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई बधाइ दिनुभएको हो । अध्यक्ष नेपालले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामना समेत व्यक्त गर्नुभएको छ ।...
२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
खेलकुद, विश्व, समाचार

२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने

नेपालअखबार, काठमाडौं । २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने पक्का जस्तै भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । एसिया वा ओसिआनामा २०३४ को विश्वकप आयोजना गर्ने निर्णय गरेको फिफाले आयोजनाका लागि प्रस्ताव गर्न दिएको समय सीमा भोलि बुधबारसम्म छ । त्यस समय सकिनु केही घन्टाअघि फुटबल अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनाका लागि प्रतिस्पर्धा नगर्ने निर्णय गरेको छ । सन् २०२६ को महिला एसियन कप र २०२९ को क्लब वर्ल्ड कप आयोजनामा केन्द्रित हुन यो निर्णय लिएको अष्ट्रलियाले बताएको छ । अष्ट्रेलियाले यसैपालि महिला विश्वकप फुटबल पनि आयोजना गरिसकेको छ । अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनामा दाबी नगर्ने निर्णय गरेसँगै विश्वकप आयोजनाको दौडमा साउदी अरेबिया एक्लै देखिएको छ । यो अधिकार साउदीले पाएमा १२ वर्षमै दोस्रो पटक एसियामा विश्वकप आयोजना हुने छ । कत...
खुला फुटसल प्रतियोगितामा च्याम्पियन बन्दै मेन्टेन एफसीले जित्यो ५ लाख
खेलकुद, समाचार

खुला फुटसल प्रतियोगितामा च्याम्पियन बन्दै मेन्टेन एफसीले जित्यो ५ लाख

नेपालअखबार, पोखरा । पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा आज (मंगलबार) भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो । मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान १÷१  गोल गरे । च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद रु ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । यस्तै प्रतियोगितामा उपविजेता बनेको काठमाडौंको ढुकु फुटसल हबले नगद रु ३ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र हात पार्याे । देशभरबाट कुल १४ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित भए । उनले नगद रु ५० हजारसहित ट...
विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी नोलान
खेलकुद, समाचार

विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी नोलान

नेपालअखबार, काठमाडौँ । सन् १९९६ को एकदिवसीय विश्वकप पाकिस्तान, भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको थियो । त्यो विश्वकपमा १२ वटा राष्ट्रले सहभागिता जनाएका थिए । नेदरल्यान्ड्सले पनि त्यो विश्वकप खेल्ने अवसर पाएको थियो । यद्दपि, नेदरल्यान्ड्स प्रतियोगिताको नकआउट चरणमा पुग्न असफल भएको थियो । समूहगत चरणको आफूले खेलेको पाँचवटै खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो । तर, त्यो विश्वकपमा नेदरल्यान्ड्सका एक खेलाडीले बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको छैन । त्यो विश्वकपमा न्युजिल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दा नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान नोलान क्लार्कको उमेर ४७ वर्ष दुई सय ५७ दिन पुगेको थियो । त्यतिबेला उनी सबैभन्दा बढी उमेरमा एकदिवसीय विश्वकप खेल्ने खेलाडी बनेका थिए । उनको नाममा रहेको त्यो कीर्तिमान अहिलेसम्म पनि कायमै छ । त्यसअघि सबैभन्दा बढी उमेरमा विश्व...
पोखरामा कार्तिक तेस्रो साता पञ्चासे अल्ट्रा रेस हुने
खेलकुद, समाचार, समाज

पोखरामा कार्तिक तेस्रो साता पञ्चासे अल्ट्रा रेस हुने

नेपालअखबार, पोखरा । कास्कीमा कार्तिक तेस्रो साता पञ्चासे अल्ट्रा रेस हुने भएको छ । ८० किलोमिटरको दौडमा ३ वटा इभेण्ट हुनेछ । ८० किलोमिटर, ५५ किलोमिटर र २५ किलोमिटरको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजक पोखरा ट्रेल रेस सिरिजले जनाएको छ । ५५ किलोमिटर दौडका विजेता महिला र पुरुष धावक थाइल्याण्डमा हुने अल्ट्रा रेसमा सहभागी हुन पाउने संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले जानकारी दिए । उनका अनुसार यो नवौं संस्करण हो । पोखराको सेरोफेरो पहाडको टुप्पोबाट हेर्दै दौडिने गरि रुट तय गरिएको उनले सुनाए । दौडमा अमेरिका, बेलायत, भियतनाम लगायत देशहरुका धावकले नाम दर्ता गरिसकेका गुरुङले जानकार दिए । माछापुच्छ्रेको ल्वाङ गाँउबाट सुरु हुने दौडमा धावकहरु लुम्रे, सिदिङ, लोक्याम्प र बादल डाँडा पुगेर फर्किने छन् । त्यसपछि अष्ट्रेलियन क्याम्प, काँडे भदौरे, पन्चासे, पुम्दीभुम्दी हुँदै पोखरा...
खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए
खेलकुद, समाचार

खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए

नेपालअखबार, पाेखरा। पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल सकिएसंगै दोस्रो चरणका खेलहरु समेत सुरु भएका छन् । शनिबार भएको पहिलो खेलमा गन्नी फुटबल क्लबले आयोजक एट टु नाइनलाई २–० गोलअन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा नदीपुर एफसीले पसगाउँ समाजलाई ३–२ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा रामघाट गुम्बाले म्याग्दी फुटबल क्लबलाई २–० ले पाखा लगायो । चौथो खेलमा भुजुङले नेभरमिटलाई २–० ले हरायो । पाँचौ खेलमा विवाईसी ३३ ले लोटसलाई ३–० ले हराउन सफल भयो । छैटौं खेलमा भ्रदकालीले जेम्स फुटबल क्लबमाथि ४–० को फराकिलो जित हासिल ग¥यो । सातौं खेलमा कमलपोखरीले रामघाट गुम्बा बी लाई टाइब्रेकरमा २–१...
पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात
खेलकुद, समाचार

पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात

नेपालअखबार, पोखरा।  पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो । सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११ बलमा ३० तथा रिकेश गुप्ताले २३ रन जोडे । लेकसाइडका बलरहरु नविन विश्वकर्मा, आविद आलम र रवि गुरुङ्गले १÷१ विकेट लिए । जितका लागि २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको लेकसाइडले १६ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । लेकसाइडका सन्देश ठकुरीले १८ तथा सन्दिप तिमिल्सीना र आविद आलमले ८÷८ रन जोडे । स...