Tuesday, May 26

खेलकुद

पोखरा स्पोर्ट्स अवार्ड शनिबार
खेलकुद, समाचार

पोखरा स्पोर्ट्स अवार्ड शनिबार

नेपालअखबार, पाेखरा। सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको पच्चिसौं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए ।समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख हुन् । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफ एम, एभिन्युज टेलिभिजन, सेतोपाटी डट कम, गन्थन डट लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् । यस अगाडि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियारले यो विधाको अवार्ड हात पारेका थिए । शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रम कार्यक्रममा वर्ष उत्...
एसीसी प्रिमियर कप विजेता टोलीलाई जनही ६–६ लाख दिने सरकारको निर्णय
खेलकुद, प्रशासन, समाचार

एसीसी प्रिमियर कप विजेता टोलीलाई जनही ६–६ लाख दिने सरकारको निर्णय

नेपालअखबार, काठमाडौँ । सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विजेता नेपाली टोलीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै अफिसियल टोलीलाई जनही ३–३ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले एसीसी प्रिमियर कपकाे उपाधि जितेको थियो ।...
एसीसी प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक
खेलकुद, समाचार

एसीसी प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक

नेपालअखबार, काठमाडौं । एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो । त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच सुरु हुनेछ ।
राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीको ह्याट्रिक
खेलकुद, समाचार

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीको ह्याट्रिक

नेपालअखबार, बुटवल । १३औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधिमा लुम्बिनी प्रदेशले ह्याट्रिक गरेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि हात पारेको हो । लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै विजेता बनेको थियो । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए । बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्य पदकसहित दोस्रो तथा ७ स्वर्ण, ५ रजत र ११ कांस्य पदक जित्दै कोशी प्रदेश तेस्रो भएका छन् । सुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्...
कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफीमा कास्की ‘बी’को बिजयी यात्रा जारी
खेलकुद, समाचार

कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफीमा कास्की ‘बी’को बिजयी यात्रा जारी

सन्देश श्रेष्ठ, पोखरा । कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले बिजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ बिजयी भएको हो । आईतबार भएको दोश्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव बिरेन पुनले जानकारी दिए । आईतबारको खेलमा कास्की ‘बी’ की कप्तान श्रृष्टी जैसीले नटआउट ५१ रनको योगदान गरेकी थिईन् भने बलिङतर्फपनि १ विकेट लिईन् । आईतबारको खेलमापनि अलराउण्ड प्रदर्शन गरेकी श्रृष्टी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले ब...
लाइफ टाइम अचिभमेन्ट अवार्ड विद्याप्रसाद मर्सानीलाई
खेलकुद, समाचार

लाइफ टाइम अचिभमेन्ट अवार्ड विद्याप्रसाद मर्सानीलाई

नेपालअखबार, पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो । उपसमितिको सिफारिसलाई मञ्चको तेइसौं बैठकले अनुमोदन गरेको थियो । यस अगाडि कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर भट्टराईले यो विधा अन्तरगतको पुरस्कार पाएको मञ्चका महासचिव राजाराम पौडेलले खुलाए । यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र...
राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन गण्डकीको टोली प्रस्थान
खेलकुद, समाचार

राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन गण्डकीको टोली प्रस्थान

नेपालअखबार, पोखरा  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सहभागिता जनाउन गण्डकी प्रदेशको टोली आज (बिहिबार) काठमाण्डौ प्रस्थान गरेको छ । काठमाण्डौ प्रस्थान गर्नु अघि टोलीलाई संघिय सांसद मान बहादुर गुरुङले एक कार्यक्रमका विच विदाई गरेका छन् । बैशाख १५ र १६ गते सञ्चालन हुने प्रतियोगितमा विभिन्न ६ खेलका ९४ जना खेलाडीहरुले सहभागिता जनाउँने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । बिदाई कार्यक्रममा प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङलगायतको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको टोली नेताको रुपमा सदस्य सचिव घनश्याम पौडेलले नेतृत्व गरेका छन् । कार्यालय प्रमुख तोपलाल भुसाल सहित ९ जना प्रशिक्षक र ६ जना टिम म्यानेजर स...
विश्व टेबलटेनिस डेको अवसरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न
खेलकुद, समाचार

विश्व टेबलटेनिस डेको अवसरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न

नेपालअखबार, पोखरा । विश्व टेबलटेनिस डेको अवसरमा नौलो घुम्ती नेपालको आयोजनामा कास्कीमा लागु पदार्थ न्युनिकरणको लागि काम गर्ने गैरसरकारी संस्थाविच टेवलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि, नौलो घुम्ती नेपालका पुर्व अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य खड्गबहादुर रानाभाटले उद्घाटन गर्दै व्यक्तिको चौतर्फी विकासमा खेलकुदको महत्व ठुलो हुने वताएका थिए । जिल्ला टेबलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी र रिकभरी नेपालका दिलिप गुरुङले टेवलटेनिस खेलले व्यक्तिको मानसिक तथा शारिरीक थेरापी गर्ने भएकाले नियमित रुपमा खेल्नु पर्ने वताए । प्रतियोगितामा मेन्स सिङगल तर्फ रिचमण्ड फेलोसीपका अनुश त्रिपाठी प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा दोश्रो, हेल्पिङ हेन्सका संजित केसी र सुमन क्षेत्री तृतिय भएका थिए । त्यस्तै वुमन्स सिङगल तर्फ प्रथम, दोश्रो र तृतिय सबै नौलो घुम्ती नेपालक...
पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक
खेलकुद, समाचार, समाज

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक

नेपालअखबार,  पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको महासचिव राजाराम पौडेलले जनाए । जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का रहेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । रोजिना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ...
परिचयले पोखरा स्पोर्ट्स अवार्डमा सघाउने
खेलकुद, समाचार

परिचयले पोखरा स्पोर्ट्स अवार्डमा सघाउने

नेपालअखबार,  पोखरा । परिचय एड्भर्टाइजिङ प्रालिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा सघाउने भएको छ । पोखरा न्युरोडमा रहेको परिचयले अवार्ड कार्यक्रमको लागि ३५ हजार रुपैयाँ प्रदान गर्ने सम्झौता भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मंगलबार परिचय एड्भर्टाइजिङ प्रालिकी पब्लिक रिलेसन अफिसर जेनिता थापा र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सहयोग गर्नेबारे सम्झौता भएको हो । ‘विज्ञापन लगानी हो खर्च होइन’ भन्ने सोलोगनका साथ विज्ञापनको क्षेत्रमा बेग्लै छाप छोड्न सफल परिचय प्रिन्टिङ, डिजाइनिङ र इभेन्ट मेनेजमेन्टको क्षेत्रमा स्थापित बनिसकेको छ । यसका अलावा होटल बाराही पोखरा, पोखरा महानगरपालिका वडा नं. ३, ४, ९ र १५ तथा प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाकार सुनिल गुरुङले समेत अवार्ड कार्यक्रममा सहयोग प्रदान गर्ने मंगलबार...