Saturday, June 27

खेलकुद

बिटी कपः उपाधिका लागि एट टु नाइन र लामागाउँ भिड्ने
खेलकुद, समाचार

बिटी कपः उपाधिका लागि एट टु नाइन र लामागाउँ भिड्ने

नेपालअखबार,  पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र लामागाउँ गुम्बा एफसी भिड्ने भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा एट टु नाइन एफसीले एलसी ब्रदर्शलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एट टु नाइन एफसी र एलसी ब्रदर्शबीच भएको पहिलो सेमिफाइनल खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसी ३–२ गोलले विजयी बन्यो । पेनाल्टी सुटआउटमा एट टु नाइनका धुव्र घिमिरे, किरण मगर र जीवन गुरुङले गोल गरे । यस्तै एलसी ब्रदर्शका विशाल गुरुङ र अजित गुरुङले गोल गर्दा धिरज मगरको पेनाल्टी एट टु नाइनका गोल किपर राज गुरुङले विफल पारिदिए । दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले रामघाट रामघाट एफसीलाई पेनाल्टी...
बिटी कप: लामागाउँ, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन सेमिफाइनल प्रवेश
खेलकुद, समाचार

बिटी कप: लामागाउँ, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन सेमिफाइनल प्रवेश

नेपालअखबार, पोखरा ।   बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको अन्तिम चारमा लामागाउँ गुम्बा एफसी, रामघाट एफसी, एलसी ब्रदर्श र एट टु नाइन एफसी प्रवेश गरेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (मंगलबार) भएको पहिलो क्वाटरफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले  एलबी आरवाइसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै लामागाउँ गुम्बा एफसी सेमिफाइनलमा प्रवेश गर्याे । लामागाउँको जीतमा सरोज तितुङ तामाङले २ गोल गरे । यस्तै अनुज भण्डारी र सन्तोष गुरुङले समान १ गोल गरे भने काठमाडौंको तर्फबाट करण खड्काले सान्त्वना १ गोल फर्काए । यस्तै दोस्रो खेलमा रामघाट एफसीले दिव्यज्योती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लामागाउँसँगको भेट पक्का गर्याे । रामघाटको जीतमा राजकुमार कुँवरले निर्णायक गोल गरे । अब रामघाटले लामागाउँविरुद्ध बुध...
हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको उपाधि त्रिवेणी पब्लिक र पोखरा लिंकन इन्टरनेशनल कलेजलाई
खेलकुद, समाचार

हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको उपाधि त्रिवेणी पब्लिक र पोखरा लिंकन इन्टरनेशनल कलेजलाई

नेपालअखबार, पोखरा  । दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पव्लिक स्कुल र पोखरा लिंकन इन्टरनेशनल कलेजले जितेका छन् । प्लस टु तर्फ त्रिवेणी पब्लिक स्कुलले स्टेब बाई स्टेप सेकेन्डरी स्कुललाई ट्राइबेकरमा ४–३ गोलले हराउदै उपाधि चुमेको हो । निधारीत समयमा ३–३ गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा पुगको थियो । युनिभसिटि लेबल तर्फ पोखरा लिंकन इन्टरनेशनल कलेजले इन्फोम्याट्रिक कलेजलाई ट्राइबेकरमा ४–३ गोलले हरायो । निधारीत समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधि सहित पोखरा लिंकन इन्टरनेशनल कलेजले नगद २० हजार मेडल र ट्रफि हात पार्दा इन्फोम्याट्रिक कलेजले नगद १० हजार मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको प्रतियोगितामा ...
बिटी कपमा क्वाटरफाइनल समिकरण पूरा, डिफेण्डिङ च्याम्पियन बाहिरियो
खेलकुद, समाचार

बिटी कपमा क्वाटरफाइनल समिकरण पूरा, डिफेण्डिङ च्याम्पियन बाहिरियो

नेपालअखबार, पोखरा। बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामाक्वाटरफाइनलको समिकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (सोमबार) भएको प्रिक्वाटरफाइनल खेलबाट लामागाउँ गुम्बा एफसी, एलबी आरवाइसी काठमाडौं, दिव्यज्योती क्लब, एलसी ब्रदर्श, एट टु नाइन, तारा एफसी टिम ‘ए’ रामघाट एफसी र एनटु क्याफे टुंडिखेल विजयी बन्दै अन्तिम आठमा प्रवेश गर्याे । आज भएको पहिलो खेलमा लामागाउँ गुम्बा एफसीले नदीपुरलाई २–१ गोल अन्तरले पराजित गर्याे । यस्तै एलबी आरवाइसी काठमाडौं र केआइइसी बुनबीच भएको दोस्रो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ४–३ गोल अन्तरले पराजित गर्दै काठमाडौं क्वाटरमा प्रवेश गर्याे । दिव्यज्योती र तारा एफसी ‘बि’ बीच भएको तेस्रोखेल गोलरहित बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्...
दोस्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिताका शुरु
खेलकुद, समाचार

दोस्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिताका शुरु

नेपालअखबार, पोखरा।  उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गरे । प्रतियोगितामा ग्लोबल कलेजियट स्कुलले पोखरा आर्दश सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हराएको छ । त्यसै गरी अर्को खेलमा प्रतिभा सेडेन्डरी स्कुलले माउण्ट अन्नपुर्ण सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ३–२ गोल अन्तरले हरायो । निधारी समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो । त्यसै गरी सगरमाथा सेकेन्डरी स्कुलले न्यु ग्यालेक्सी इङलिस सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले हरायो । निधारीत समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो । अर्को खेलमा स्नोभ्यु इङलिस बोडिङ स्कुलले न्यु मोडल...
पोखरा म्याराथनमा सडक सुरक्षालाई प्राथमिकता दिने कास्की प्रजिअ घिमिरेको प्रतिवद्धता
खेलकुद, प्रशासन, समाचार

पोखरा म्याराथनमा सडक सुरक्षालाई प्राथमिकता दिने कास्की प्रजिअ घिमिरेको प्रतिवद्धता

नेपालअखबार,पोखरा । १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सडक सुरक्षाका लागि सुरक्षा निकायसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते हुने म्याराथनको समयमा हुन सक्ने ट्राफिक व्यवस्थापन सँगै धावकका लागि सडक सुरक्षाको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा धावक तथा खेलाडीहरुको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै पहिलो पटक यस्तो छलफल सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुरक्षा निकायले सडक सुरक्षा नभई धावकको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । प्रशासनको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सफल म्याराथनलाई सफल बनाउनेमा प्रमुख जिल्ला अधिकारी घिमिरेले विश्वास दिलाए । आयोजक मञ्चलाई एपि...
पहिलो दिन राष्ट्रिय कायाक च्याम्पियनसिप सम्पन्न
खेलकुद, समाचार

पहिलो दिन राष्ट्रिय कायाक च्याम्पियनसिप सम्पन्न

नेपालअखबार,पोखरा  । गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल ¥याफटिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका हुन् । आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६ं.६१ मिनेटको समय लिदैं पहिलो हुन सफल भएका छन् । प्रतियोगितामा उदयपुरका डम्बर बहादुर पूर्वाछानेले ८७.०२ मिनेटको समय लिंदै दोश्रो स्थान हासिल गर्दा चितवनका शक्ति कुमार गुरुङ तेश्रो भए । उनले कुल ९०.१ मिनेटको समय लिए । यसै गरी ९१.८९ मिनेट समय लिएका चितवनका नविन श्रेष्ठ चौथो हुँदा ९१.८९ मिनेटमा दुरी पार गरेका ख...
दोस्रो पटक जित्यो कतारले लगातार  एसियन कपको उपाधि
खेलकुद, समाचार

दोस्रो पटक जित्यो कतारले लगातार एसियन कपको उपाधि

नेपालअखबार, काठमाडौं ।कतारले लगातार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार भएको फाइनलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै कतारले उपाधि रक्षा गरको हो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले सबै गोल पेनाल्टीमा गरेका थिए । खेलको २२औं मिनेटमा अफिफे पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । तर, ६७औं मिनेटमा याजन अल नाइमतले जोर्डनका लागि बराबरी गोल फर्काए । त्यसपछि कतारले थप दुई पेनाल्टी पायो । जसमा अफिफले नै गोल गरे । उनले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई २-१ को अग्रता दिलाए । यस्तै इन्जुरी टाइमा पनि पेनाल्टीमा गोल गरी ह्याट्रिक पूरा गरे भने कतारको जित पक्का गरे । कतारले यसअघि २०१९ मा पनि उपाधि जितेको थियो र लगातार दोस्रो पटक एसियन कप जित्ने पाँचौं टोली बन्यो । कतारका अक्रम अफिफ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । साथै ८...
पोखरा अन्तर्राष्ट्रिय म्याराथन : अपाङ्गता तर्फको दौड सम्पन्न
खेलकुद, समाचार

पोखरा अन्तर्राष्ट्रिय म्याराथन : अपाङ्गता तर्फको दौड सम्पन्न

नेपालअखबार, पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपाङ्गता तर्फका दौडहरु सम्पन्न भएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत सम्पन्न ह्विल चेयर पुरुषतर्फको १८०० मिटर दौडमा सुरेश कुमार गौली पहिलो भएका छन् । उनले उक्त दौड पुरा गर्न ७ मिनेट ४१.३ सेकेण्डमा दुरी पार गरे । यस्तै दोश्रो भएका भरत अधिकारीले ७ मिनट ५७.३ सेकेण्डमा दौड पुरा गर्दा तेश्रो स्थान प्राप्त गरेका ध्रुव परियारले ८ मिनेट २४.५ सेकेण्डमा पार गरे । यस्तै महिलातर्फको ह्विल चेयर दौड काठमाण्डौकी ऐश्वर्य कुमारी कुमालले जितेकी छन् । उनले १००० मिटरको दौड ४ मिनेट ९.८ सकेण्डमा पार गरिन् । यसै गरी महिलातर्फ काठमाण्डौकी पेमा छोक्पा गुरुङ ४ मिनेट ५२.१ मिनेटमा दौड पुरा गरी दोश्रो भइन् भने पोखराकी अञ्जु बराल तेश्र...
पोखरा म्याराथन : अपाङ्गतातर्फको पुरस्कार रकम हस्तान्तरण
खेलकुद, समाचार

पोखरा म्याराथन : अपाङ्गतातर्फको पुरस्कार रकम हस्तान्तरण

नेपालअखबार, पाेखरा।  पोखरा म्याराथन अन्तर्गत अपाङ्गतातर्फको दृष्टिविहिन र ह्विलचियर दौडको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । ह्विलचियर तर्फको महिला/पुरुषतर्फको पहिलो पुरस्कार १०/१० हजार र दृष्टिविहिनतर्फको १०/१० हजार गरी कुल रु ४० हजार रुपैयाँ बिहीबार पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय गंगाबहादुर गुरुङको स्मृतिमा उनका छोरा देवान गुरुङ र मनोज गुरुङले मञ्चका अध्यक्ष हरी प्रसाद पराजुली, निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ र संस्थापक अध्यक्ष खड्ग रानाभाटलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै मनोज गुरुङले आफ्ना बुबाको सम्झनामा गरिएको पुरस्कार प्रायोजनले अरुलाईपनि प्रेरणा मिल्ने बताए । पुरस्कार प्रायोजनलाई आगामी ५ बर्षसम्म निरन्तरता दिने उनले बताए । पूर्व राष्ट्रिय खेलाडी स्व. गंगा बहादुर गुरुङ नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक सल्लाहकार एवं आजिबन सदस्य समेत थिए । मञ्चका अध्यक्ष पर...