२०८० सालको विजया दशमी कात्तिकमा नै
नेपालअखबार, काठमाडाैं । वि.सं. २०८० सालमा हिन्दुहरुले मनाउने प्राय: सबै चाडपर्व १५-२० दिन पछाडि सरेका छन्।
८० सालको साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन्। असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ।
साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ। फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ।
त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
ढुंगेलका अनुसार यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ। यसरी भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५-२० दिन पछाडि धकेलिएको उनले बताए।
सधैजसो भदौमा पर्ने हरितालिका तीजको व्रत ८०...










