हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल
नेपालअखबार,कास्की। आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ ।
अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा दुई हजार चार सय २१ मिटर उचाइमा रहेको छ । कूल दश हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुचेलाई विश्वकै कम उचाइमा भएको हिमतालका रुपमा दाबी गरिएको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए ।
आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य नै यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा क्हफुचे भनिने बताउँदै वडा अध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भूभाग भन्ने रहेको बताए ।
क्...










