Saturday, May 23

प्रदेश

बिपीका सिद्धान्त नेपालका दलहरुको मुलमन्त्र ः मुख्यमन्त्री पोखरेल
प्रदेश ४, राजनीति, समाचार

बिपीका सिद्धान्त नेपालका दलहरुको मुलमन्त्र ः मुख्यमन्त्री पोखरेल

नेपालअखबार, पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्र एवं संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपी कोइरालाका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएको बताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको ४० औं स्मृति दिवस (साउन ६) का सन्दर्भमा वक्तव्य जारी गर्दै उनले राष्ट्रियताको सवालमा बिपीले लिएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा अहिले झन् बढ्दै गएको उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘राणा शासनविरुद्धको आन्दोलनका अगुवा युगनायक विपी कोइराला प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा समेत उत्तिकै छाप छाड्न सफल हुनुभएको छ । मुलुकले अहिले पनि उहाँले देखाएको मार्गलाई नै अनुशरण गर्दै आएको छ ।’ मुलुक र नागरिकको हितका लागि बिपीले थालेका दुरगामी सोचबाटै अहिले मुलुक अ...
गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालयका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो । पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए उनलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।...
लोकगायक पौडेल बागमती प्रदेश सरकारबाट ‘कलाकीर्ति’ पदकद्वारा सम्मानित
प्रदेश ३, मनोरञ्जन, समाचार

लोकगायक पौडेल बागमती प्रदेश सरकारबाट ‘कलाकीर्ति’ पदकद्वारा सम्मानित

नेपालअखबार । चर्चित लोकगायक नवीन पौडेललाई बागमती प्रदेश सरकारले सम्मान गरेको छ । संगीत कलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएवापत प्रदेश सरकारले उनलाई ‘कलाकीर्ति’ पदकद्वारा सम्मान गरेको हो । गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशको मुख्यालय हेटौंडाको मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित कार्यक्रममा गायक पौडेलसहित विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याएवापत विभिन्न व्यक्तिहरू सम्मानित भएका छन् । डा. सन्दुक रुइत, डा. महावीर पुनलगायत विभिन्न क्षेत्रका ४३ जना व्यक्तिलाई विभिन्न मानपदवी एवं पदकद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ र बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गायक पौडेललाई सम्मान गरेका थिए । गायक पौडेलले यसअघि राष्ट्रपतिबाट ‘सुप्रबल जनसेवाश्री’, संस्कृती पर्यटन मन्त्रालयबाट पचास हजार राशीक...
अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड
प्रदेश ४, राजनीति, समाचार

अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त...
गण्डकीमा बजेट माथिको छलफल जारी
अर्थ, प्रदेश ४, राजनीति, समाचार

गण्डकीमा बजेट माथिको छलफल जारी

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । देशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् । बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै  आउने जस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए । बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए। सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए । मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताइन् । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताइन् । कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास...
पोखरामा आर्थिक क्रियाकलाप बढाउन जरुरी : मुख्यमन्त्री पोखरेल
प्रदेश ४, राजनीति, समाचार

पोखरामा आर्थिक क्रियाकलाप बढाउन जरुरी : मुख्यमन्त्री पोखरेल

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भने, ‘यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।’ पोखराले बर्सेनि १२ देख १५ लाख व्यक्तिलाई कुनै न कुनै हिसावले सेवा दिनुपर्ने अवस्था रहेको औंल्याउँदै मुख्यमन्त्री पोखरेलले अबको ग्रेटर पोखराले समग्र प्रदेशलाई समेट्नुपर्ने बताए । उनले भने, ‘पोखरा भनेको यो कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मादी र आँधिको बीच भन्दा पनि पनि प...
खोँचमा फसेकाको उद्दार तथा प्राथमिक उपचारको नमुना अभ्यास
प्रदेश ४, प्रशासन, समाचार

खोँचमा फसेकाको उद्दार तथा प्राथमिक उपचारको नमुना अभ्यास

नेपालअखबार, पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा मनोरञ्जनको रुपमा, केही विशेष काम र आत्महत्याको शिलशिलामा खोँच वा भिरमा फसेका घाईते तथा मृतकको उद्दार सम्बन्धि सिमुलेशन अभ्यास सम्पन्न भएको छ । आजभोली सर्वाधिक चलेको मोबाईल टिकटक बनाउन पनि खोच वा भिरमा फस्ने घटनाहरु भएको पाईन्छ । यस्ता गलत काम नगर्न सन्देश दिदै त्यस्ता घटना भईहाले नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरिएको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारका अन्तरीक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमूख अतिथि मन्त्री विश्वकर्माले प्रहरीद्वारा विपद् उद्दारका कार्यहरुको उच्च मुल्यांकन गरिरहेको बताउदै उत्कृष्ट सिमुलेशन प्रदर्शन गरेकोमा धन्यवाद प्रकट गरेक...
गण्डकी प्रदेशसभाबाट कृषि व्यवसाय प्रवद्र्धनमा व्यवस्था गर्न बनेको विधेयक पारित
प्रदेश ४, प्रशासन, समाचार

गण्डकी प्रदेशसभाबाट कृषि व्यवसाय प्रवद्र्धनमा व्यवस्था गर्न बनेको विधेयक पारित

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशसभाको सोमबारको बैठकले गण्डकी प्रदेश कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा भूिम व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो । यसअघि विधेयक माथिको छलफलमा सहभागी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, डोबाटे विश्वकर्मा, पियारी थापा र मधु अधिकारी गुरुङले निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन गर्दै यसको आधुनिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धिसँगै त्यसको बजारीकरणका लागि विधेयक महत्वपूर्ण हुनेमा जोड दिनुभयो । स्वच्छ र स्वस्थ कृषि उत्पादनसँगै कृषि पेशाप्रतिको आकर्षण बढाउनुपर्नेमा सदस्यको जोड छ । विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थापाले विधेयकले साना ठूल...

प्रदेश सरकारले गण्डकी विश्वविद्यालयका लागि ९८ दरवन्दी स्वीकृत गर्ने
प्रदेश ४, प्रशासन, समाचार

प्रदेश सरकारले गण्डकी विश्वविद्यालयका लागि ९८ दरवन्दी स्वीकृत गर्ने

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयका लागि ९८ दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले विश्वविद्यालयको लागि आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो। गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा ४१ को उपदफा १ वमोजिम ति दरवन्दी खुला गर्न स्विकृती दिइएको प्रवक्ता वस्नेतले बताउनुभयो । मन्त्रिपरिषद बैठकले गण्डकी विश्वविद्याल अन्तर्गत शिक्षक तथा कर्मचारी नियमावली, संगठन र शैक्षिक प्रशासन नियमावली र आर्थिक प्रशासन नियमावली बनाउन स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ । बैठकले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगतको संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन आदेश स्विकृत दिएको छ । जसमा सात सद...