Tuesday, April 21

प्रदेश ४

कोरोना सङ्क्रमण मुक्त मनाङमा पुनः सङ्क्रमण : आइसोलेसनमा दुई सङ्क्रमित
प्रदेश ४, समाचार

कोरोना सङ्क्रमण मुक्त मनाङमा पुनः सङ्क्रमण : आइसोलेसनमा दुई सङ्क्रमित

नेपाल अखबार, मनाङ। कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ । कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन् । सङ्क्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन् । शुक्रबार तीन सङ्क्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिए । उनका अनुसार हालसम्म जिल्लामा छ सङ्क्रमितमध्ये चार जना निको भइसकेका छन् । “निको भएका सङ्क्रमितलाई सम्मानपूर्वक आइसोलेसनबाट बिदाइ समेत गरिसकिएको छ, अब आइसोलेसनमा शुक्रबार थपिएका एक जना र त्यसअघिका एक जना पुरुष गरी दुई जना रहेका छन्, उनीहरु पनि छिट्टै निको हुनेछन्”, आचार्यले भने, “शुक्रबार थपिएका सङ्क्रमितको पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।” त्रिहत्तर जनाको पिसीआर परीक्षण गरिएको मध्ये गोरखाको आ...
गण्डकी प्रदेशमा ६९ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

गण्डकी प्रदेशमा ६९ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। आज विहान गण्डकी प्रदेशमा ६९ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा २० सहित गण्डकी प्रदेशमा ६७ थपिएका हुन् । पोखरामा थपिएका मध्य दुई जना पार्क ल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी(स्टाफ नर्स)रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । लमजुङमा दुई, गोर्खामा दुई, बाग्लुङमा तीन,स्याङजामा २२, तनहुँमा सात र नवलपरासीमा १३ जना छन् । हालसम्म प्रदेशमा संक्रमित दुई हजार ५१६ पुगेको छ ।...
गण्डकी प्रदेशमा थप ८९ जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ८९ जना कोरोना संक्रमित

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेशमा आज मात्र ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेशको नवलपरासी एउटै जिल्लामा ४१ थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार दिउसो ३ः३० बजेसम्मको अद्यावधिक विवरण अनुसार कास्कीमा १७, गोर्खामा २२, नवलपरासीमा ४१, बाग्लुङमा एक, मनाङमा एक, लमजुङमा तीन, स्याङ्जामा दुई तथा तनहुँमा दई जना छन् । हालसम्म गण्डकी प्रदेशमा संक्रमित दुई हजार ४०३ पुगेको छ ।...
बाग्लुङमा १४ शव भेटिए, चार जनाको सनाखत
प्रदेश ४, समाचार, समाज

बाग्लुङमा १४ शव भेटिए, चार जनाको सनाखत

नेपाल अखबार, बागलुङ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ । १० शवको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । बुधबार राति आएको बाढी र पहिरोले वस्तीमा क्षति पुर्याएको छ । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । बेपत्ता ...
गण्डकीमा एकैपटक ४० संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा एकैपटक ४० संक्रमित थपिए

नेेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा  कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको  पोखरा महानगरका १६ जना सहित प्रदेशका तनहुँ, स्याङजा, बागलुङ, लमजुङ र नवलपुर जिल्लामा गरी  ४० जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका ७  वटा वडाका २३ देखि ५० वर्ष उमेर समुहका महिला तथा पुरुष रहेको निर्देशनालयले जनाएको छ । आज बिहान  महानगरका ५, १० , १२, १४, १५, २७ र ३० वडाहरुमा संक्रमण देखिएको हो । निर्देशनालयले  पोखरा १५ मा संक्रमण पुष्टि हुने २६ देखि ३१ वर्ष उमेर समुहका ७ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरु रहेको उल्लेख गरेको छ । अन्य सबैमा  कन्ट्याक्ट ट्रेसिंङका आधारमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको हो । त्यसै गरी तनहुँ को म्याग्दे की २६  वर्षीया महिला तथा भानुकी  ५५  वर्...
बागलुङको पहिरोमा परी १४ जनाको मृत्यु, ३९ जना बेपत्ता
प्रदेश ४, समाचार, समाज

बागलुङको पहिरोमा परी १४ जनाको मृत्यु, ३९ जना बेपत्ता

नेपाल अखबार, बागलुङ।बागलुङ  जिल्लाको ढोरपाटन नगरपालिका–९ भुसुण्डेको वाढीपहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा १४ जना मध्य २ जनाको मात्र सनाखत भएको छ । १२ जनाको नाम खुल्न सकेको छैन । पहिरोमा परी मृत्यु हुने ढोरपाटन नगरपालिका ९ भट्टेचौर निवासी २६ वर्षीया केशमाया बिक र ढोरपाटन नगरपालिका–९ लाकुरीबोट निवासी ४५ वर्षीय करबहादुर बिकको मात्र सनाखत भएको छ ।पहिरोमा परी ३९ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोमा परी ४ जना सामान्य घाइते भएका छन् । पहिरोले एउटा गाडी, २ वटा मोटरसाईकल बगाएको, साथै ढोरपाटन नगरपालिका–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन, लाकुरीबोट स्वास्थ्य चौकीको भवन लगायत स्थानीय ३१ वटा घर पूर्णरूपमा बगाएर क्षति बनाइदिएको छ । पहिरोले जनचेतना प्राथमिक विद्यालयको ४ कोठे भवन, सरस्वती प्राथमिक ...
कोरोनाको जोखिम बढेपछि कारागारमा उच्च सतर्कता
प्रदेश ४, प्रशासन, समाचार, स्वास्थ्य

कोरोनाको जोखिम बढेपछि कारागारमा उच्च सतर्कता

नेपाल अखबार, तनहुँ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो । विभिन्न मुद्दामा फरार रहेर पक्राउ परेका प्रतिवादीलाई जिल्ला कारागार तनहुँमा छुट्टै कोठाको व्यवस्था गरिएको छ । कोरोनाको जोखिम बढेपछि कारागार प्रशासनले त्यस्ता व्यक्तिलाई राख्नका लागि कारागारको नयाँ भवनमा दुई वटा कोठा तयार गरेको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले पक्राउ परेका त्यस्ता व्यक्तिलाई अदालतमा पेश गरेपछि कारागार चलान गर्ने गरिएकाले जोखिम बढेको हुँदा छुट्टै कोठामा राख्न थालिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको छ । “पछिल्लो अवधिमा मात्रै ४०–४५ जना फरार प्रतिवादी कारागारमा आएका छन्”, कारागार प्रमुख अधिकारीले भ...
पोखरामा २९ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा २९ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  आज एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरामा १० वडामा गरी १४ महिला र १५पुरुष संक्रमित थपिएका हुन् ।त्यसैगरी तनहुँको व्यासमा समेत दुई महिला थपिएका छन् । संक्रमितहरु सबै जना कन्ट्याक्ट ट्र्सिङमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।...
गण्डकीका एक सांसदलाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका एक सांसदलाई कोरोना संक्रमण

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशसभाका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा उनमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रहरीमा संक्रमण देखिएपछि संक्रमितसँगै खाना खाएको आधारमा उनको नमूना परीक्षण गरिएको बताइन्छ । संक्रमित प्रदेशसभा सदस्य अहिले घरमै आइसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ ।...
गण्डकी प्रदेशमा  थप तीन जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा तीन जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालाय गण्डकीले प्रदेशको नवलपुरका ३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निदेशानालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर गैंडाकोट १३ का ३५ पुरुष, कावासोती ३ की ३९ वर्षीया महिला  र देवचुली २ का ६६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यस सँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको छ ।        ...