Tuesday, April 21

प्रदेश ४

बागलुङमा बाढीले बस्ती बगायो , ८ जनाको शव फेला
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

बागलुङमा बाढीले बस्ती बगायो , ८ जनाको शव फेला

नेपाल अखबार, बागलुङ। बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएका ८ जनाको शव फेला परेको छ । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले ८ जनाको शव विभिन्न स्थानमा फेला परेको जानकारी दिएका हुन् । बाढी आउँदा कम्तिमा ३६ जना बेपत्ता भएको तथा झन्डै ५० देखि ५५ घर बगाएको स्थानीय समाजसेवीले जानकारी दिएका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा कम्तिमा ३६ जना बेपत्ता भएको स्थानीय समाजसेवी कुशल बिकले जानकारी दिए । ढोरपाटन नगरपालिकाको वडा नम्बर–९ साबिक बोबाङ्ग गाबिसको पनि वडा नम्बर–९ को दुवालदेखि घट्टेचौर , सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको बिक बताउँछन् । ‘इतिहास कै अकल्पनीय घटना घटेको छ,’ ...
गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बुधबार दिउसो कास्कीको  पोखरा १ का २८ वर्षीय पुरुषसहित ५ जिल्लाका  २४  जनामा  कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा  तनहुँ शुक्लागण्डकी की २० वर्षीया महिला , स्याङजा आधिखोलाका २८ वर्षीय पुरुष र नवलपुर देवचुलीकी २३ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ  । त्यसैगरी लमजुङको बेसिसहरका  ५  वटा वडाका १३ , २३  र ४४ वर्षीया ३ महिला तथा १८ देखि ४० वर्ष उमेर समुहका ११ पुरुषमा  कोरोना देखिएको निर्देशनालयले उल्लेख गरेको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ६४  पुगेको छ ।  ...
गण्डकी प्रदेशमा ३५ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ३५ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा बुधबार बिहान  थप २४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बुधबार बिहान  पोखरामा कार्यरत एक नर्स र २० प्रहरी  सहित  २४  जनामा  कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा तनहुँ शुक्लागण्डकी घर भई पोखराको अमरसिंह चोक स्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २६ वर्षीय स्टाफ नर्स, पोखरा १७ मा कार्यरत २१ देखि ४२ वर्ष उमेर समुहका २० जना प्रहरी, पोखरा १३ का २७ वर्षीय पुरुष र पोखरा १४ का ३० र ५७ वर्षका २ महिला रहेको निर्देशनालयले जनाएको छ  । बुधबार बिहान नै  लमजुङको सुन्दरबजारका ४ वटा वडाका २७, ४८ र ५० वर्षीय पुरुष तथा ३० ४५ ४९ र ५७ वर्षका महिलामा कोरोना देखिएको छ । लमजुङकी  ४९ वर्षीया महिला स्थानीय किराना पसल संचालक रहेको र ५० वर्षीय पुरुष ओमानबाट आएको निर्देशनालयले उल्लेख गरेको छ । त्यसैगरी बिहान नवलपुरका बिनयत्रिबेणीका ४१ र ५४ ...
गण्डकी प्रदेशमा मंगलबार  दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा मंगलबार दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा मंगलबार  दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले गण्डकीले मंगलबार दिउसो तेस्रो विज्ञप्ति मार्फत प्रदेशको पर्वत र तनहुँमा एक एक जना संक्रमित थपिएको  जनाएको हो  । तनहुँमा संक्रमण पुष्टि हुनेमा आबुखैरेनी ३ का २९ वर्षीय जिप चालक रहेको र पर्वतमा  संक्रमित हुनेमा  कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका जलजला ७ का ३७ वर्षीय पुरुष रहेको  निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय १० पुगेको छ ।  ...
गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ सय नाघ्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ सय नाघ्यो

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा १४ दिनका नाबालकसहित थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार थपिएका संक्रमितका १४ दिनका नाबालकसहित २६ जना लमजुङका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। त्यस्तै नवलपरासी (सुस्तापूर्व)का १० जना, कास्कीका २ र बागलुङका १ जनामा पनि कोरोना पुष्टि भएको शर्माले जनाकारी दिए। लमजुङका संक्रमितका जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पतालमै कार्यरत एक कर्मचारी, ग्लोबल आईएमई बैंकमा कार्यरत पाँच जना, नेपाल प्रहरीमा कार्यरत चार जना र बेसीसहर–७ का २८ वर्षीया एक महिला पत्रकार रहेको निर्देशक डा. शर्माले जनाकारी दिए। अन्य सबै संक्रमितह...
भाइरोलोजिष्ट खड्का भन्छन् तातोपानीले कोरोना जितिदैन
प्रदेश ४, समाचार

भाइरोलोजिष्ट खड्का भन्छन् तातोपानीले कोरोना जितिदैन

नेपाल अखबार, बलेवा । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराउनुभएकी उहाँलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “स्वास्थ्यकर्मीको व्यवहार, आफ्नो आत्मबल र खानपानको व्यवस्थापनले नै कोरोना जित्यौँ ।” आइतबार दिउँसोसम्म बागलुङमा सङ्क्रमितको सङ्ख्या २८६ पुगेको छ । तीमध्ये २६१ जना आइसोलेसनमा बसेर निको भएपछि घर फर्किए । कोरोनाका कारण एक जनाको ज्यान गयो । निसीखोलाका पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो । जिल्लाका आइसोलेसन र प्रि–आइसोलेसनको तथ्याङ्कअनुसार निको भएका अधिकांशमा कोरोना सङ्क्रमणको लक्षण नै ...
तनहुँमा गरिमा विकास बैङ्क र ग्लोबल आइएमईमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न निर्देशन
प्रदेश ४, समाचार, स्वास्थ्य

तनहुँमा गरिमा विकास बैङ्क र ग्लोबल आइएमईमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न निर्देशन

नेपाल अखबार, तनहुँ। तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन् । गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमान्मा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “बन्दीपुरस्थित बैङ्कमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ”, थापाले भन्नुभयो, “सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ ।” यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताउनुभयो । भानु–६ निवासी २३ वर्षीय ग्लोबल आईएमई बैङ्क र २५ वर्षीया गरिमा विकास बैङ्कमा कार्...
भोज आयोजना गर्ने नै सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन
प्रदेश ४, समाचार, स्वास्थ्य

भोज आयोजना गर्ने नै सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन

नेपाल अखबार, बागलुङ। कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का गरिएको छ । कोरोना जोखिमको समयमा छोरी जन्मँदा गरिने न्वारनमा ठूलो जमघट गरी भोज गरिएको पाइएको छ । लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उहाँले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए  । भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइयो । छोरीको न्वार...
गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु
प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–६ ६२ वर्षीय पुरुषको हिजो मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।...
पोखरामा तीन सहित गण्डकी प्रदेशमा पाँच संक्रमित थपिए
प्रदेश ४, स्वास्थ्य

पोखरामा तीन सहित गण्डकी प्रदेशमा पाँच संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  पोखरामा आज विहानै तीन जना कोरोना संक्रमित थपिएका छन् । वडा नं ७ मा ३७ वर्षीया महिला र ५३ वर्षीय पुरुष तथा वडा नं ८ मा ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती गरी जनाएको छ । त्यसैगरी नवलपरासीको कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकामा एक÷एक संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकीमा संक्रमित दुई हजार ९९ पुगेका छन् ।...