Tuesday, April 21

प्रदेश ४

गण्डकी प्रदेशमा थप ६ मा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ६ मा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । कास्कीका १ जनासहित गण्डकी प्रदेशमा सोमबार साँझ थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार प्रदेशअन्तर्गत कास्कीकी १ महिला, स्याङ्जाका २ पुरुष र १ महिला तथा लमजुङ र पर्वतका १-१ पुरुष गरी जम्मा ६ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ४८ जना निको भएर घर फर्किएका छन् ।...
गण्डकी प्रदेशले दियो प्रहरीलाई ५ बुलेट, १८ पल्सरसहित २८ मोटरसाइकल
प्रदेश, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

गण्डकी प्रदेशले दियो प्रहरीलाई ५ बुलेट, १८ पल्सरसहित २८ मोटरसाइकल

गण्डकी — गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीलाई ५ बुलेट,१८ पल्सरसहित २८ वटा मोटरसाइकल र ४ वटा भ्यान प्रदान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शान्ति सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीका लागि ५ थान बुलेट बाइक,टिभिएस ब्रान्डका ५ थान मोटरसाइकल र १८ थान पल्सरसहित २८ थान मोटरसाइकल प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । गतवर्ष पनि प्रदेश प्रहरीलाई मन्त्रालयले ४३ वटा मोटरसाइकल हस्तान्तरण गरेको थियो । आइतबार एक कार्यक्रमकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानको उपस्थितिमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई मोटरसाइकल र भ्यानका चाबी हस्तान्तरण गरेका हुन् । यस्तै, प्रदेश प्रहरीलाई टाटा कम्पनीका ४ वटा पिकअप भ्यान पनि दिइएको कानुनमन्त्री चुमानले बताए । प्रदेश सरकारले ४ वटा भ्यानका लागि १ करोड ५१ लाख १५ हजार २ सय रुपैय...
मुख्यमन्त्री गुरुङद्वारा बकर इदको शुभकामना
प्रदेश ४, समाचार

मुख्यमन्त्री गुरुङद्वारा बकर इदको शुभकामना

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्ने बताएका छन  । मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल अज्हा, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको बताएका छन । इद उल अज्हा पर्व इस्लामिक क्यालेण्डरको १२ औँ तथा अन्तिम महिना जुलहिज्जाहको १० औँ दिनमा मनाइन्छ । मुस्लिम समुदायले यस दिन इदगाह (खुल्ला चौर)मा सामूहिक नवाज पढेर एकअर्कालाई अंकमाल गर्दै खुशी साटासाट गरेर पर्व मनाउने गर्छन् । यस पर्वलाई बकर इद वा कुर्वानीसमेत भनिन्छ । यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता...
पोखराका २ जनासहित, गण्डकीका प्रदेशमा ६ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका २ जनासहित, गण्डकीका प्रदेशमा ६ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखराका २ जनासहित गण्डकी प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान प्रदेशको कास्की, तनहुँ र म्याग्दी  जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले कास्कीका ३  सहित, तनहुँका १ जना र म्याग्दीका  २ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ ।...
मुस्ताङसंँग सम्पर्क टुट्यो
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

मुस्ताङसंँग सम्पर्क टुट्यो

नेपाल अखबार, बलेवा  ।  बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिन भयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा । सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ । यहाँका सर्वसाधारणलाई यस वर्षको वर्षाले निकै दुःख दियो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसानले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ । गत असार १९ गते भीषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै एक महिना बित्न लाग्दासमेत मर्मत गर्न नस...
गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा बुधबार  थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  बिहान प्रदेशका स्याङजा , बागलुङ, तनहुँ र म्याग्दी जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा म्याग्दीका २ जना पुरुष र अन्य ३ जिल्लाका १-१ पुरुष रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशत सकियो
Uncategorized, प्रदेश, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशत सकियो

कास्की। तोकिएको मिति भन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ । बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा छ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन् । आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा रोकिएका कारणल...
गण्डकी प्रदेशसभाको बैठक  स्थगित
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेशसभाको बैठक स्थगित

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगित भएको छ । संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै काँग्रेसले सोमबार पनि बैठक बहिस्कार गरेको थियो । मंगलबार सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घोषणा गरे लगत्तै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । काँग्रेसले बैठक बहिस्कार गरेपछि सभामुख अधिकारीले पटक–पटक बस्न आग्रह गरेका थिए । सहमति जुटाउनको लागि कार्यदल गठन गरिए पनि सहमति जुट्न नसकेको भन्दै उनले संकल्प प्रस्तावलाई साझा प्रस्ताव बनाउन खोजी रहेको बताए । सभामुख अधिकारीले सहमतिमा ल्याउने कोसिस गरे पनि विपक्षी दलका नेताहरुले नमानेपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए । सभाको अर्को बैठक साउन १६ गते दिनको  १ बजे बस्ने छ ।...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ६२ प्रतिशत काम सम्पन्न,  ‘डेडलाइन मिट’ गर्न मुश्किल
अर्थ, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ६२ प्रतिशत काम सम्पन्न, ‘डेडलाइन मिट’ गर्न मुश्किल

नेपाल अखबार, पाेखरा। तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ । बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा छ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन् । आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा र...
स्याङ्जा प्रहरी प्रमुखलाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जा प्रहरी प्रमुखलाई कोरोना संक्रमण

नेपाल अखबार, स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी प्रमुखसहित सोमबार १८ जना प्रहरी कर्मचारीलाई कोरोना पुष्टि भएको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । गत शुक्रबार जिल्ला प्रहरी कार्यालयका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण पुष्टि भएसँगै ९८ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । सोही क्रममा १८ जनामा संक्रमण पुष्टि भएको हो । बाँकीको रिपोर्ट आएको छैन । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ । स्याङजा प्रहरी कार्यालय सिल गरेर प्रहरीलाई क्वारेन्टनमा राखिएको छ ।  योसँगै जिल्ला प्रहरी कार्यालयका कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ । यसअघि आइतबार मात्रै प्रदेश १ मा १९ जना प्रहरीमा को...