बुटवलमा सुरु भयो साइबर सुरक्षा प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार
नेपालअखबार,बुटवल । साइबर सुरक्षा तथा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, युवा तथा प्रविधिप्रेमीलाई लक्षित गरी बुटवलमा राष्ट्रियस्तरको नेपाल साइबरसिल्ड-२०२६ प्रतियोगिताको तयारी सुरु भएको छ ।
नेपालमा साइबर सुरक्षाप्रति युवाको रुचि र सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले ‘क्याप्चर द फ्ल्याग’ थिममा प्रतियोगिता आयोजना गरेको हो ।
साइबर सुरक्षासम्बन्धी व्यावहारिक ज्ञान, समस्या समाधान गर्ने क्षमता तथा प्राविधिक दक्षता परीक्षण गरिने प्रतियोगिताको पहिलो चरणको छनोट असोज १७ गते अनलाइन माध्यमबाट हुने कार्यक्रम संयोजक सन्देश आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा एक्लै वा चार जनासम्मको टोली बनाएर सहभागी हुन सकिने उनले बताए । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्ने १० टोली बीच आगामी कार्तिकमा फाइनल प्रतिस्पर्धा हुने आचार्यले बताए ।
प्रतियोगिता...










