Tuesday, August 4

प्रशासन

पोखरा महानगरपालिकाका करार कर्मचारी नहटाउन उच्च अदालतको अन्तरिम आदेश
प्रशासन, समाचार

पोखरा महानगरपालिकाका करार कर्मचारी नहटाउन उच्च अदालतको अन्तरिम आदेश

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिकाका करार कर्मचारी नहटाउन उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । महानगरले माघ १ देखि करार कर्मचारी हटाउने गरी विशेष नगर सभाबाट पारित गरेको थियो । उक्त निर्णयविरुद्ध करार कर्मचारीहरू अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मंसिर २८ गते विशेष नगर सभाले करारका कर्मचारीको पुस मसान्तपछि नवीकरण नगर्ने निर्णय गरेको थियो । पुस २६ गते परेको रिटमा आइतबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको इजालसले विशेष नगर सभा र त्यस निर्णयअनुसार पुस २१ गते स्वास्थ्य महाशाखालाई पठाइएको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आगामी माघ ३ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको अदालतले जनाएको छ । मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिक...
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट बञ्चित
प्रशासन, समाचार, स्वास्थ्य

नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट बञ्चित

नेपालअखबार,चितवन । बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो । पुष्पाञ्जली अस्पताल भरतपुरका सञ्चालक डा‍.भोजराज अधिकारीले अस्पताल दर्ता नवीकरण नहुँदा उपकरण खरिदमा भन्सार छुट र मूल्य अभिबृद्धि कर (भ्याट) छुट सुविधाबाट बञ्चित हुनु परेको बताए । “एक वर्षदेखि भन्सारमा रोकिएको सिटी स्क्यान मेसिनमा छुट बिना नै ल्याउनुपर्यो”, उनले भने, “लिलाम हुने अवस्था आएपछि करिब रु ६० लाखभन्दा बढी खर्चेर उपकरण ल्याउन बाध्य भइयो ।” भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका डा.अधिकारीले अस्पताल नवीकरण नहुँदा एम्बुलेन्स, शववहानलगायतका सवारीसाधन र उपकरण खरिदमा समस्या भएको बताए । नवीकरण नहुँदा अस्पतालको स्तरोन्नति रोकिएक...
पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

नेपालअखबार,पोखरा । पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। बिहीबार बेलुका ६ बजे पोखरा महानगरपालिका– १ सिद्धनाथ टोलबाट सोही स्थान बस्ने वर्ष ३७ कानिसद बाबु श्रेष्ठ र पर्वत कुश्मा नगरपालिका– १० स्थायी वतन भई हाल पोखरा– ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.क.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले उनीहरुको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो देखिने पदार्थ ०.४९० ग्राम, लागू औषध डाईजापाम– ३ एम्पुल, नाम उल्लेख नभएको सादा एम्पुल २ एम्पुल गरी जम्मा ५ एम्पुल, डिजिटल तराजु १ थान र मोवाईल २ थानसमेत बरामद गरिएको जनाएको छ। यस्तै, बिहीबार राति ९ बजे पोखरा महानगरपालिका–२५ हेम्जाबाट सोही स्थान बस्ने वर्ष २८ कोलगिन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। थापाको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो दे...
पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो
प्रशासन, शिक्षा, समाचार, समाज

पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो

नेपालअखबार,पोखरा। पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो । यसले विद्यार्थीहरूलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उहाँको विश्वास छ । ‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै...
१८ जना नेपाल सरकारको सहसचिवमा बढुवा
प्रशासन, समाचार

१८ जना नेपाल सरकारको सहसचिवमा बढुवा

नेपालअखबार,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले १८ जनालाई सहसचिवमा बढुवा गरेको छ । योग्यताक्रमका आधारमा उम्मेदवारहरूलाई बढुवाको लागि सिफारिस गर्ने निर्णय भएकोले सचिवालयले जनाएको छ । सहसचिवमा बढुवा हुनेहरूमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोक बहादुर सुनार, जगदीश्वर उपाध्याय रहेका छन् । त्यसैगरी नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ, कृष्ण बहादुर शाही रहेका छन् ।...
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग
प्रशासन, शिक्षा, समाचार

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

नेपालअखबार,काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि आवेदन माग गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले ‘उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१’ अनुसार १० दिनको समय दिएर आवेदन दिन माग गरेको हो । योग्य व्यक्तिहरूले ललितपुरको बालकुमारीमा रहेको स्कुल अफ म्यानेजमेन्टमा आवेदन दिन सक्नेछन् ।  यसअघि उपकुलपति छान्न काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा प्राडा अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् । समितिका अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त गरेको व्यक्तिले उपकुलपतिका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै उम्मेदवार कुनै पनि विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई काम गरेको अनुभव र दरखास्त दिनुअघि कुनै ...
सेना, प्रहरी, सशस्त्रसँग मिल्दोजुल्दो पोशाक र दर्ज्यानी चिह्न प्रयोगमा रोक
प्रशासन, समाचार

सेना, प्रहरी, सशस्त्रसँग मिल्दोजुल्दो पोशाक र दर्ज्यानी चिह्न प्रयोगमा रोक

नेपालअखबार,काठमाडौँ । गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँग मिल्दोजुल्दो पोशाक र दर्ज्यानी चिह्नसँग प्रयोग नगर्न भनेको छ। नगर प्रहरीलगायत सरकारी र गैरसरकारी तथा निजी क्षेत्रका सुरक्षा गार्डले पनि सेना, प्रहरीले प्रयोग गर्दै आएका पोशाक र दर्ज्यानी चिह्न लगाउँदा जनमानसमा भ्रम सिर्जना भएकोले त्यसो नगर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले पटक-पटक ध्यानाकर्षण गराउँदै आएको छ। हालै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातै प्रदेश प्रहरी कार्यालयमा परिपत्र गरेर सेना र प्रहरीले प्रयोग गर्दै आएका पोशाक र दर्ज्यानी चिह्नसँग मिल्दोजुल्दो हुने गरी कोही कसैले प्रयोग नगर्न र प्रयोग गरे पाइएमा कानुनअनुसार कारबाही दायरामा ल्याउन भनेको छ।...
झन्डै ७ करोडमा बन्दैछ पिलीमा ‘युद्ध संग्रहालय’
प्रशासन, समाचार, समाज

झन्डै ७ करोडमा बन्दैछ पिलीमा ‘युद्ध संग्रहालय’

नेपालअखबार,कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध संग्रहालय’ निर्माण गर्न थालिएको छ। भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध संग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो। कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौं सास्ती भोग्नुपरेको थियो। द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको कालीकोटको पिलीमा पनि भएको थियो। सोही स्थानमा कर्णाली प्रदेश सरकारको लगानीमा तीव्र गतिमा युद्ध संग्रहालय निर्माण भइरहेको छ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् डिभिजन वन कार्यालय कालीकोटले युद्ध संग्रहालय निर्माणलाई निरन्तरता दिइरहेको खाँडाचक्र...
मेलम्चीको विकल्प मानिएको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु
प्रशासन, समाचार

मेलम्चीको विकल्प मानिएको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु

नेपालअखबार,काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा रहेको सिस्नेरी खानेपानी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन सुरु भएको छ । आयोजनाको सम्भाव्यता अध्ययन सकिएर विस्तृत आयोजनाको काम अघि बढाइएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले जानकारी दिए । उनले भने, ‘चालु आर्थिक वर्षभित्र परामर्शदाता छनोट हुन्छ र काम सुरु भएको १४ महिनामा प्रतिवेदन तयार हुन्छ ।’ बोर्डले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन भने पूरा गरिसकेको छ । खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरका धेरै ठाउँमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी खानेपानी आयोजनाअघि बढाउन लागिएको बताए । उनका अनुसार यो आयोजना मेलम्ची खानेपानी आयोजनाको विकल्पमा बनाउन लागिएको हो । वर्खापछि सञ्चालनमा आएको मेलम्ची खानेपानी अहिले फेरि बन्द भएको...
नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार
प्रशासन, समाचार, समाज

नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

नेपालअखबार,नेपालगञ्ज। माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ। नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मंगलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार काम, विवाह, घुमघाम, किनमेललगायतको बहाना बनाएर नाका पार हुन थालेका शंकास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उनीहरूलाई नेपाल फिर्ता गरिएको हो। संयोजक कोइरालाले एक वर्षमा सात सय ७७ जनाको खोजतलासको निवेदन परेको र चार सय सात जना फेला परेको बताए। भारत तथा तेस्रो मुलुकमा पुगेकाहरू सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन्। संय...