Saturday, October 3

प्रशासन

दमौली अस्पताललाई उपकरण सहयोग
प्रशासन, समाचार, समाज, स्वास्थ्य

दमौली अस्पताललाई उपकरण सहयोग

नेपालअखबार, तनहुँ । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा परिवर्तन बरालले उपकरण सहयोगका लागि आग्रह गरेका थिए । मन्त्रीकै पहलमा उपकरणको प्रबन्ध भएको हो । अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेसन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने उपकरण एक थान र मोनिटर एक थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए । हाल दुई चिकित्सकको व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका शल्यक्रिया गर्नसक्ने प्रमुख बरालले बताए । पित्तथैल...
चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी
प्रशासन, समाचार, समाज

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी

नेपालअखबार, काठमाडौं । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो पाँच छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र ति...
गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
प्रशासन, समाचार

गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

नेपालअखबार, काठमाडौँ । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको गृह मन्त्रालयमा सह सचिव छवि रिजालले बताए । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन् ।...
जनकपुरधामका वडाध्यक्षसहित तीन जना घुससहित पक्राउ
प्रशासन, समाचार

जनकपुरधामका वडाध्यक्षसहित तीन जना घुससहित पक्राउ

नेपालअखबार,जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष, वडा सचिव र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-२४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो। आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले उनीहरूलाई ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरू वडा कार्यालय परिसरबाटै पक्राउ गरिएको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए। उनका अनुसार वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरिदिन उक्त घुस रकम मागेका थिए।रंगेहात पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख कुरुम्वाङले बताए।...
स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार
प्रशासन, समाचार

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार

नेपालअखबार,कास्की । कास्कीको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनले भने, “गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।” अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्डअनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान नै थालिएको बताए ...
पोखरा महानगरका १० सामुदायिक स्कुलमा चाइनिज भाषाको पढाइ हुने
प्रशासन, शिक्षा, समाचार

पोखरा महानगरका १० सामुदायिक स्कुलमा चाइनिज भाषाको पढाइ हुने

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका भित्रका १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषाको पढाइ हुने भएको छ । चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबिच विद्यालयमा चिनियाँ भाषा पढाउने गरी सम्झौता भएको हो । यसका लागि चीनबाटै १० जना स्वयंसेवक शिक्षकहरू पोखरा आएका छन् । पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेम्जा, बिष्णुपादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा यही बिहीबारदेखि चिनियाँ भाषा पढाई सुरु हुनेछ । आइतबार पोखरा आइपुगेका भाषा शिक्षकहरूलाई मेयर धनराज आचार्यले स्वागत गरे । यसअघि अङ्ग्रेजी भाषाक...
नवनियुक्त प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न
प्रशासन, समाचार

नवनियुक्त प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ । सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका थिए ।...
उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने
प्रशासन, समाचार

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने

नेपालअखबार, काठमाडौँ । सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गरिएको हो । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह/रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा रहेका छन् । विभागले भदौ २१ गते मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा "कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई न...
आजदेखि नेपाली सेनाको कमाण्ड सिग्देलले सम्हाल्दै
प्रशासन, समाचार

आजदेखि नेपाली सेनाको कमाण्ड सिग्देलले सम्हाल्दै

नेपालअखबार, काठमाडौं । नेपाली सेनाको कमाण्ड आजदेखि औपचारिक रुपमा अशोकराज सिग्देलले सम्हाल्दै छन् । उनलाई आज बिहान १० बजे राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्ने छन् । त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्नेछन् । सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् । निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देलले सेनाको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् । राष्ट्रपति पौडेलले १२ भदौमा सिग्देललाई २४ भदौदेखि लागु हुने गरी प्रधानसेनापति नियुक्त गरेका थिए । नेपाली सेनामा चार दशक बिताएका शर्मा २४ साउनदेखि बिदामा बसेका थिए । जंगी अड्डाले आजै बेलुका उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको छ ।...
निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने
प्रशासन, समाचार

निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने

नेपालअखबार, काठमाडौं । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ । आज शनिबार सिंहदरबार परिसरमा आयोजना हुने निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिँदै छ । २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन । पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन । पछिल्लो पटकट २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता  सर्वोत्कृष्ट कर्मचारी नभे...