Wednesday, August 5

प्रशासन

एक हजार दरका १३ थान नक्कली नोटसहित दुई जना पक्राउ
अपराध, प्रशासन, समाचार

एक हजार दरका १३ थान नक्कली नोटसहित दुई जना पक्राउ

नेपालअखबार, काठमाडौँ । प्रहरीले रौतहट जिल्लाको बालचनपुरबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले एक हजार दरका १३ थान नक्कली नोटसहित दुई जनालाई बिहीबार राति पक्राउ परेको हो । प्रहरीका अनुसार बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई स्थानीय एक पेट्रोलपम्पबाट नियन्त्रणमा लिइएको हो । मोटरसाइकलमा पेट्रोल हालिरहेको अवस्थामा फेला परेका उनीहरूको मोटरसाइकल चेकजाँच गर्दा सिटकभर मुनि लुकाइराखेको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीको भनाइ छ । मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।...
१५ कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु
प्रशासन, समाचार

१५ कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

नेपालअखबार, काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलले प्रक्रिया सुरु गरेको हो । पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ कम्पनीलाई अब ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यो अवधिमा लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।...
आज ६ वटा संसदीय समितिको बैठक बस्दै
प्रशासन, समाचार

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । सङ्घीय सांसदका ६ संसदीय समितिका बैठक आज बस्दै छन् । आज कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा युरोपियन युनियनको सुरक्षा सूची तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक प...
तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ
प्रशासन, समाचार, समाज

तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ

नेपालअखबार, दमौली (तनहुँ) । स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो । काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो । रासस...
विमान दुर्घटनाका कारण विमानस्थल बन्द
दुर्घटना, प्रशासन, समाचार

विमान दुर्घटनाका कारण विमानस्थल बन्द

नेपालअखबार, काठमाडौँ । सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएपछि उडान र अवतरण प्रभावित भएको छ । सोही अनुसार ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ । यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो । सो विमान बैंककबाट काठमाडौँ आउँदै गरेको अवस्थामा बिचमै होल्ड हुन पुगेको हो । यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।...
प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने सुजित क्षेत्री पक्राउ
अन्तरवार्ता, प्रशासन, समाचार

प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने सुजित क्षेत्री पक्राउ

नेपालअखबार, पोखरा ।  पोखरा १६ बाटुलेचौरका प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने सुजित क्षेत्री पक्राउ ।  काम ठगी  ह्वाट्सएप र टेलिग्राम मार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्दै जिल्ला प्रहरीमा काम भए गरिदिन्छु भन्छन् । केही समयपछि फेरि सम्पर्क गरेर केही रकम माग गर्छन् । घटना दोहोरिएपछि पीडितहरूले प्रहरीलाई जानकारी गराउँछन् । प्रहरी कार्यालयबाट खटिएका प्रहरीले २१ वर्षका सुजित क्षेत्रीलाई लामाचौरबाट पक्राउ गर्छ । उनले धेरै व्यक्तिहरूसँग प्रहरी कार्यालयमा आइपर्ने काम आफूले मिलाइदिने र त्यसका लागि अहिले नै केही रकम सहयोग गर्न म्यासेज पठाएका प्रमाणका आधारमा पक्राउ गरेको हो । कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार क्षेत्रीलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको छ ।...
सर्वोच्चमा प्रहरीमाथि हातपात गरेको आरोपमा एक वकिल पक्राउ
प्रशासन, समाचार, समाज

सर्वोच्चमा प्रहरीमाथि हातपात गरेको आरोपमा एक वकिल पक्राउ

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतमा एक जना महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ। सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरेको हो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो। आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेको एसपी अधिकारीले बताए।  यसरी अभद्र व्यवहार गरेको भन्दै प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।...
प्रहरीका ८ सय २ युनिट शौचालयविहीन
प्रशासन, समाचार

प्रहरीका ८ सय २ युनिट शौचालयविहीन

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीका ८ सय २ युनिट शौचालयविहीन अवस्थामा छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले देशभरका ८ सय २ युनिटमा शौचालय नभएको जानकारी दिए । २०८० साउनपछि २०८१ असार मसान्तसम्मका गरेका कार्य प्रगतिबारे जानकारी दिँदै डीआईजी कार्कीले शौचालय नभएका ठाउँमा ‘दुःख जिलो गरेर प्रहरी कर्मचारीहरू शान्ति सुरक्षामा खटिने गरेको’ बताए । देशभरका १ हजार ८५८ युनिटमा मात्र शौचालय रहेको उनले बताए । नेपाल प्रहरीमा ८३३ प्रहरी युनिटको मेस छैन । सरकारबाट स्वीकृत २ हजार ६६० स्थानमा अहिले प्रहरी युनिटहरूले शान्ति सुरक्षा र अपराध अनुसन्धानको काम गरिरहेका छन् । सुरक्षा कायम राख्न ९ सय २१ ठाउँमा अस्थायी प्रहरी पोस्ट माग भएको डीआईजी कार्कीले बताए । उनले भने– ‘माग अनुसार अस्थायी प्रहरी पोस्ट स्थापना गर्न २७ हजार जनशक्ति चाहिन्छ ।’...
५ एसपीको काज सरुवा
प्रशासन, समाचार

५ एसपीको काज सरुवा

नेपालअखबार, काठमाडौं । पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काजमा सरुवा भएको छ । उनीहरूलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ । जिप्रका तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत, प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका वीरेन्द्रबहादुर शाही तनहुँ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका रामप्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार खटिएका छन् । यस्तै, उदयपुरका एसपी अन्वेषण, योजना तथा विकास निर्देशनालय नक्साल र बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका हरिहरनाथ योगीलाई उदयपुर खटाइएको छ ।...
महान्यायाधिवक्‍ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिए
प्रशासन, समाचार

महान्यायाधिवक्‍ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिए

नेपालअखबार, काठमाडौं । नेपाल सरकारको महान्यायाधिवक्‍ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए।काठमाडौं महानगरपालिका वडा नम्बर ६ चाबहिल बस्ने वरिष्ठ अधिवक्ता बडाल नेकपा एमालेका कानुन विभाग प्रमुख समेत हुन्।...