Wednesday, September 2

प्रशासन

खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ
प्रशासन, समाचार

खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ

नेपालअखबार, वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ। कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार ५७६  खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको जानकारी दिए। ‘विशेष गरेर कोभिड महामारीको समयमा कार्गो रेलले मालवाहक कन्टेनर छाडेर खाली र्याक रित्तै फर्किँदै गए। त्यही बेलादेखि थुप्रिएको खाली कन्टेनर अहिलेसम्म पनि यथावत रुपमा नै रहेका छन्,’ उनले भने, ‘अहिले मालवाहक कन्टेनर सामान बोकेर आउने गर्छन् । जति सामान बोकेर आउँछन् । त्यत्ति नै खाली कन्टेनर बोकेर जाँदा पहिलाको खाली कन्टेनर यथास्थितिमा रहिरहने प्रवृत्ति देखिएको हो।’ कार...
स्थानीय प्रशासनः कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट
प्रशासन, समाचार

स्थानीय प्रशासनः कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

नेपालअखबार, सोलुखुम्बु। कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ। गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६.८७ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो। जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताए। आर्थिक वर्ष २०७९/८० मा ३७ औं स्थानमा रहेको तेह्रथुम आ।र्थिक वर्ष २०८०/८१ मा आठौँ स्थानमा उक्लिएको उनले बताए। कोशी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दसौं स्थानमा छ । यद्यपि कोशी प्रदेशमा भने दोस्रो स्थान हासिल गरेको छ। धनकुटा ९५.८७ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ। रासस...
मन्त्री निवास भैंसेपाटी सर्ने भएपछि पुल्चोकस्थित मन्त्री निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरू बस्ने
प्रशासन, समाचार

मन्त्री निवास भैंसेपाटी सर्ने भएपछि पुल्चोकस्थित मन्त्री निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरू बस्ने

नेपालअखबार, काठमाडौं। मन्त्री निवास भैंसेपाटी सर्ने भएपछि खाली भएको पुल्चोकस्थित मन्त्री निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरू बस्ने भएका छन्। गएको फागुनमा मन्त्रिपरिषदले पुल्चोकस्थित मन्त्री निवास भैँसेपाटी सारेर पुल्चोकमा सर्वोच्च अदालतका न्यायाधीशहरूको आवास बनाउने निर्णय गरेको थियो। पुल्चोकका सबैघर खाली भएपछि न्यायाधीशहरू र मुख्य रजिष्ट्रारलाई त्यहाँ सार्ने तयारी भइरहेको सर्वोच्चका रजिष्ट्रार विमल पौडेलले जानकारी दिए। ‘पुल्चोकका सबै भवन खाली भएपछि श्रीमानहरू सर्नुहुन्छ। हामीले तयारी गरिरहेका छौँ,’ उनले भने, ‘अझै केही समय लाग्ला।’ सर्वोच्च अदालतमा २० न्यायाधीश र एक मुख्य रजिष्ट्रारलाई २१ आवास चाहिन्छ। प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी कानुनले सरकारी आवासको व्यवस्था गर्नुपर्ने भनेको छ। प्रधानन्यायाधीशलाई सरकारी आ...
साउन २० गते काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
प्रशासन, समाचार

साउन २० गते काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा

नेपालअखबार,काठमाडौं ।  सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका लागि गृह मन्त्रालयले साउन २० गते तीन जिल्लामा बिदा दिने निर्णय गरेको हो। काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा हुनेछ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर साउन २० गते तीन जिल्लामा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।...
मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा
प्रशासन, समाचार

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

नेपालअखबार,बारा । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ। नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ। निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की ४ हजार एक किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा निर्माण भइरहेको छ। पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको रु एक अर्ब ५४ करोड तथा भारत सरकारको ६० करोड लगानी छ। रासस...
सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति
प्रशासन, समाचार

सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति

नेपालअखबार, काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनकारूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्‍याउनुपर्ने बताएका छन् । तीनवर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरूलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै उनले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सकलदर्जालाई समेत धन्यवाद ज्ञापन गरे । प्रधानसेनापति शर्माले भने, “व्यक्ति केन्द्रित आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ ।” उनले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिई सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहित अनुरूप असरदा कार्य गर्न निर्देशन दिए । त्यसअवसरमा प्रधानसेनापतिले मनसुनका कारण द...
३१ वटा युट्युब च्यानल लगायतका सामाजिक सञ्जाल काउन्सिलको कारबाहीमा
प्रशासन, समाचार

३१ वटा युट्युब च्यानल लगायतका सामाजिक सञ्जाल काउन्सिलको कारबाहीमा

नेपालअखबार, काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ। मङ्गलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो। मिडिया अन्तर्गत सूचीकृत भएका यस्ता ३ वटा माध्यमलाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ। हेल्लोटिभी टिभी नेपाल फेसबुक पेज, पिएनपि मिडिया र नागरिकपत्र युट्युब च्यानल यस्तो कारबाहीमा परेका हुन्। काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम...
समयमै काम सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने तयारी
प्रशासन, समाचार

समयमै काम सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने तयारी

नेपालअखबार, काठममाडौं । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । डिभिजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भनी प्रश्न गर्दै स्पष्टीकरण मागेको छ । पटक-पटक लिखित र मौखिकरुपमा ताकेता गर्दा पनि समयमै काम सम्पन्न नगरेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ । डिभिजन कार्यालयले ५२ वटा सडक र पुलको काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न सक्ने आधारसहित १५ दिनभित्र सम्पन्न नहुनुको कारण पेस गर्न अल्टिमेटम दिएको छ । कारण र आधार चित्तबुझ्दो नभए निर्माण कम्पनीलाई ठेक्का...
पत्रकारमाथि आक्रमण गर्ने पाँच जना पक्राउ
प्रशासन, समाचार

पत्रकारमाथि आक्रमण गर्ने पाँच जना पक्राउ

पोखरा । पोखरामा पत्रकारमाथि आक्रमण गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-९ शान्तिवन बस्ने ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा-९ पृथ्वीचोक बस्ने ३३ बर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा -१६ लामाचौरका बसका सहचालक १६ वर्षीय प्रशान गुरुङ, लम्जुङ सुन्दरबजार-१ कुन्छा घर भई हाल पोखरा-५ जिरोकिमी बस्ने ट्याक्सी चालक-२८ बर्षीय सन्तोष बस्नेत र स्याङ्जा आँधीखोला-२ पोखराचौर घर भई हाल पोखरा-१७ घारीपाटन बस्ने ३५ बर्षीय टंकबहादुर क्षत्री छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुविरुद्ध अभद्रव्यवहारसम्बन्धी मुद्दा अघि बढाइनेछ । सार्वजनिक यातायात व्यवसायीको हड्तालको समाचार संकलनका क्रममा पोखराको पृथ्वीचोकमा पत्रकारद्वय सुरज थापा मगर र बिनाकुमारी थापामाथि आज दिउँसो हातपात भएको थियो । पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघलगायत विभिन्न संघ...
आर्थिक प्रलोभनमा  सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम मसंग हुदैन :प्रहरी उपरीक्षक दिलिप घिमिरे
प्रशासन, समाचार

आर्थिक प्रलोभनमा  सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम मसंग हुदैन :प्रहरी उपरीक्षक दिलिप घिमिरे

नेपालअखबार,राैतहट ।  जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा  प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ । ---राैतहट बसाई कस्तो रहेको छ ? :- राैतहट आएको सय दिन मात्र पुगेको छ ।यश अबधिमा हामीले के के गरयाै भर्खरै सार्वजनिक गरेका छाै ।अपराध अनुसन्धान लगायतका जति पनि गतिविधि  छ  सार्वजनिक गरिएका छन । नेपालमा सब भन्दा मुस्लिम बसाेबासकाे हिसाबले , शिक्षा स्वास्थ्य राेजगारकाे हिसाबले  चुनाैति छ । जिल्लाका कुनकुन कुरामा काम गर्नु परेको छ । त्यसमा काम गरे पछि रिज्लट पनि देखिएका छन ।स्वच्छ निश्पक्ष दवाव रहित सेवा मलाई लाग्छ नागरिक स्तर सम्म पुगेको लाग्छ । आएका चुनाैतिलाई सहर्ष स्विकार्दै   चुनाैतिको सामना गरेर आगाडी बढेको छु । ----राैतहटको बारेमा जतिको बाहिर प्रचार भएको छ यथार्थमा सकारात्मक नाकारात्...