Thursday, September 3

प्रशासन

पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलमै आउँदैन खानेपानी
प्रशासन, समाचार, समाज

पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलमै आउँदैन खानेपानी

नेपालअखबार,काठमाडौं । मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्। सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट २७ दशमलव ५ किमी सुरूङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका-१ महाकालमा प्रशोधन हुन्छ। दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा मौसममा काकाकुल छन्। यहीँबाट  बागमती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ। वर्षायाममा बागमतीबाट करिब १३ करोड लिटर पानी वितरण गरिन्छ। यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिँदै आएको बागमती नदीको पानी पनि पिउन पाएका छैनन्। खानेपानीक...
मुग्लिन-पोखरा सडक विस्तार तीव्र, कति सकियो काम ?
प्रशासन, समाचार, समाज

मुग्लिन-पोखरा सडक विस्तार तीव्र, कति सकियो काम ?

नेपालअखबार,तनहुँ ।  मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ । पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ र पश्चिमतर्फ २० किमि सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फ ४१ दशमलव ७ किमि र पश्चिमतर्फ ३८ दशमलव ८८ किमी सडक विस्तार भइरहेको छ । आँबुखैरेनीदेखि जामुने सडक खण्डमा २७ किमि चार लेन र छ किमि दुई लेनको सडक कालोपत्र गरिएको पूर्व खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनले भने, “पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी, डुम्रे, व्यास, चापाघाट, म्याग्दे र जामुनेलगायतका स्थानमा कालोपत्र गरिएको छ ।” पूर्व खण्डमा ७० प्रतिशत बढी कार्य प्रगति भइसकेको उनले जानकारी दिए ।  विसं २०८१ बैशाख २ गते सम्झौता म्याद सकिएपछि पुनः एक सय ५५ दिन म्याद थप गरी निर्माणलाई निरन्तरता दिइएको हो । कोभिड-१९ का बेला काम प्रभावित भएकाले म्याद थप गरिएको इन्...
बेनी–जोमसोम–कोरला सडक: ८ वर्षमा ८० प्रतिशत भौतिक प्रगति
प्रशासन, समाचार, समाज

बेनी–जोमसोम–कोरला सडक: ८ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

नेपालअखबार,  बेनी। ८ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ। भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको २०२ किलोमिटर दूरीको सडक स्तरोन्नति र सडकमा पर्ने खोलामा पुल निर्माण गर्न विसं २०७३ देखि योजना निर्माण सुरु भएको थियो । योजनाको २०८१ जेठ अन्तिम सातासम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको आयोजना प्रमुख ध्रुवकुमार झाले आइतबार बेनीमा आयोजना भएको कार्यक्रममा जानकारी गराए। १० अर्ब लागत अनुमान गरिएको यो सडक आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। निर्धारित समयमा ...
विद्यालयले भाडामा दिएका सटर बन्द गराउँदै काठमाडौं महानगर
प्रशासन, समाचार

विद्यालयले भाडामा दिएका सटर बन्द गराउँदै काठमाडौं महानगर

नेपालअखबार,काठमाडौं । विद्यालयले भाडामा दिएका सटरहरू काठमाडौं महानगरपालिकाले बन्द गराउन थालेको छ । महानगर शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार आइतबार चार वटा विद्यालयका सटर बन्द गरिएको हो ।आइतबार पद्मोदय, शहीद शुक्र, पद्मकन्या र विजय स्मारक स्कुलले भाडामा दिएका सटर बन्द गरिएको दाहालले बताए । आदर्श आधारभूत विद्यालयको सटर यसअघि महानगरले बन्द गराइसकेको छ । उनले भने ‘अबदेखि सबै विद्यालयका सटरहरू विद्यालय प्रयोजनकै लागि प्रयोग हुन्छन् । सटर भाडामा नदिँदा विद्यालय सञ्चालनमा आर्थिक भार पर्छ भने त्यसमा महानगरले सघाउँछ ।’ दाहालका अनुसार सटर भाडामा लगाएर विद्यालय सञ्चालन गरिरहेका विद्यालयको अध्ययन गरेर आवश्यक रकम उपलब्ध गराउने तयारी भएको छ । महानगरले गत असोजदेखि नै विद्यालयले भाडामा लगाएका सटर खाली गराउन सूचित गर्दै आएको थियो । महानगरले त्यस्ता विद्यालयलाई सटर भाडामा लगाउँदा पर्ने ...
स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ
अपराध, प्रशासन, समाचार

स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

नेपालअखबार,काठमाडौँ। काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालयमा संचालकहरूले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ पर्नेमा सहकारीका अध्‍यक्ष कुलेश्वर बस्ने ६६ वर्षीय बासुदेव मान जोशी, सचिव ६७ वर्षीया सुवर्ण सेलालिक र सदस्य ५८ वर्षीय धर्म रत्न पाछैं छन्। उनीहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाएर निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए। तर त्यसबापत बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएकाले काठमाडौं महानगरपालिका सहकारी विभागले सिआइबीलाई पत्राचार गरेको थियो।  उनीहरू...
आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने
प्रशासन, समाचार, समाज

आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने

नेपालअखबार,तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो । हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताए । पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ ।...
अवैधरुपमा कटिङ ढुंगा चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा
प्रशासन, समाचार

अवैधरुपमा कटिङ ढुंगा चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा

नेपालअखबार, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैधरुपमा कटिङ ढुंगा चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ । पोखराको लामाचौरबाट बगरतर्फ आउँदै गरेको बा४ख ३०५९ नम्बरको मिनी टिप्परलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा-१६ दीपबाट नियन्त्रणमा लिएको हो । अबैधरुपमा कटिङ पिस ढुंगा लोड गरी ल्याउँदै गरेको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजात साथमा नभएकोले उक्त मिनी टिप्परलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको उक्त मिनी टिप्परलाई प्रहरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको बताइन्छ ।...
प्रहरीका २६३ जना सहायक हवल्दारलाई हवल्दारमा बढुवा र पदस्थापन गर्ने निर्णय
प्रशासन, समाचार

प्रहरीका २६३ जना सहायक हवल्दारलाई हवल्दारमा बढुवा र पदस्थापन गर्ने निर्णय

नेपालअखबार ,काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूह तर्फ २६३ जना सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागको निर्णय अनुसार उनीहरू हवल्दार पदमा बढुवा भएका हुन् । बढुवा हुनेहरूलाई पदस्थापन पनि गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्न मातहतका कार्यालयहरूलाई पत्राचार गरेको छ ।...
‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’
प्रशासन, विश्व, समाचार

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

नेपालअखबार ,काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले संगठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ। सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो। सार्कका महासचिव गोलाम सरवारको हालैको पाकिस्तान र भारत भ्रमण सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेर सचिवालयले उक्त कुरा बताएको हो। हालै महासचिव सरवारले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहेवाज सरिफसँग शिष्टाचार भेट गरी सार्ककका प्रगति एवं गतिविधिबारे जानकारी गराएका थिए। पाकिस्तानका प्रधानमन्त्रीले १९ औं  सार्क सम्मेलन यथाशक्य चाँडो गर्ने आफ्नो मुलुकको चाहना व्यक्त गरेको सचिवालयले जनाएको छ। यसैगरी महासचिव सरवारले भारतका बाह्य मामिला राज्यमन्त्री राजकुमाररञ्जन सिंह, विदेशसचिव ...
महानगरको स्वास्थ्य विभागद्वारा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन
प्रशासन, समाचार, स्वास्थ्य

महानगरको स्वास्थ्य विभागद्वारा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ। महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र अनिवार्य रूपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिइन्। ‘महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्त गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधिजन्य सामग्री बिक्री भइरहेको भन्ने गुनासो बढेपछि आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो,’ उनले भनिन्।...