Sunday, October 4

प्रशासन

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’
प्रशासन, विश्व, समाचार

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

नेपालअखबार ,काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले संगठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ। सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो। सार्कका महासचिव गोलाम सरवारको हालैको पाकिस्तान र भारत भ्रमण सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेर सचिवालयले उक्त कुरा बताएको हो। हालै महासचिव सरवारले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहेवाज सरिफसँग शिष्टाचार भेट गरी सार्ककका प्रगति एवं गतिविधिबारे जानकारी गराएका थिए। पाकिस्तानका प्रधानमन्त्रीले १९ औं  सार्क सम्मेलन यथाशक्य चाँडो गर्ने आफ्नो मुलुकको चाहना व्यक्त गरेको सचिवालयले जनाएको छ। यसैगरी महासचिव सरवारले भारतका बाह्य मामिला राज्यमन्त्री राजकुमाररञ्जन सिंह, विदेशसचिव ...
महानगरको स्वास्थ्य विभागद्वारा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन
प्रशासन, समाचार, स्वास्थ्य

महानगरको स्वास्थ्य विभागद्वारा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ। महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र अनिवार्य रूपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिइन्। ‘महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्त गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधिजन्य सामग्री बिक्री भइरहेको भन्ने गुनासो बढेपछि आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो,’ उनले भनिन्।...
सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार
प्रशासन, समाचार, समाज

सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार

नेपालअखबार, बागलुङ । नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको  मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनःनिर्माण चलिरहेको र अहिले पुनःनिर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । कोतघरलाई पुरानै शैलीमा नयाँ काठको प्रयोग, झ्याल ढोका नयाँ राख्ने र छाना पुरानै स्वरुपमा छाउने काम चलिरहेको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुनःनिर्माण गरी ढुङ्गाले छाइएको थियो । त्यसयता गलकोट नगरपालिकाले मर्मतसम्भार गर्दै आए पनि भत्काएर पुनःनिर्माण भने गरिएको थिएन । “बाहिरबाट रङ्गरोगन गरिए पनि भित्र काठ कुँहिएको रहेछ, ढुङ्गाको छाना चुँहिएर कोतघर जीर्ण भएको थियो, नगरपालिकाले विस्तृत प...
सफा हिमाल अभियान : ५ वर्षमा १०८ मेट्रिक टन फोहोर र १२ शव झिकियो
प्रशासन, समाचार, समाज

सफा हिमाल अभियान : ५ वर्षमा १०८ मेट्रिक टन फोहोर र १२ शव झिकियो

नेपालअखबार, काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ ।  सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिक टन फोहोर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट २ हजार २२६ किलो कुहिने र ८ हजार ७७४ किलो नकुहिने गरी कुल ११ हजार किलोग्राम फोहोर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए । कुहिने फोहोरलाई स्थानीय तहसँगको सहकार्यमा नाम्चे इलाकामा सगरमाथा प्...
असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित
प्रशासन, समाचार, समाज, स्वास्थ्य

असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित गरेको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् । कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् ।  यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उनले जानकारी दिए । कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि कामपाले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याए...
जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान
प्रविधि, प्रशासन, समाचार

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

नेपालअखबार,काठमाडौँ। उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए। कम्पनीले आइतबार (जेठ २० गते) विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो। सूचनाअनुसार, निर्माण व्यवसायीले १ अगस्ट, २०२४ सम्म आवेदन दिनसक्ने छन्। कम्पनीले वित्तिय व्यवस्थापन गरेको केही दिनभित्रै विश्वव्यापी बोलपत्र आह्वान गरेर कामको गतिलाई तीव्र पारेको हो। कम्पनीले यही जेठ २ गते मात्रै आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम गरेको थियो। ऊर्जा जलस्रोत तथा सिँच...
एकैपटक २६३ जना सहायक हवलदारलाई हवलदारमा बढुवा गर्न सिफारिस (सूची)
प्रशासन, समाचार

एकैपटक २६३ जना सहायक हवलदारलाई हवलदारमा बढुवा गर्न सिफारिस (सूची)

नेपालअखबार,काठमाडौँ। नेपाल प्रहरीका २६३ जना सहायक हवलदार हवलदारमा बढुवामा सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको शुक्रबार बसेको बढुवा समितिको बैठकले २६३ जना सहायक हवलदारलाई हवलदार बढुवामा सिफारिस गरेको हो। सूचीः
निजामति कर्मचारी अस्पतालले माग्यो नवौंदेखि चौथो तहमा १२८ कर्मचारी
प्रशासन, समाचार, स्वास्थ्य

निजामति कर्मचारी अस्पतालले माग्यो नवौंदेखि चौथो तहमा १२८ कर्मचारी

नेपालअखबार,काठमाडौँ । निजामति कर्मचारी अस्पतालले नवौंदेखि चौथो तहसम्मका विभिन्न पदमा १२८ जना कर्मचारी मागेको छ। शुक्रबार विज्ञापन सार्वजनिक गर्दै अस्पतालमा रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायक लगायत पदहरूमा विभिन्न संख्यामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो। इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकले असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म अस्पतालको वेभसाइटमार्फ अनलाइन दरखास्त दिन सक्नेछन्। दरखास्त शूल्क विभिन्न पदअनुसार फरकफरक तोकिएको छ।...
विभिन्न १७ निर्माण कम्पनी सरकारको कालोसूचीमा
प्रशासन, समाचार

विभिन्न १७ निर्माण कम्पनी सरकारको कालोसूचीमा

नेपालअखबार,काठमाडाैँ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई सरकारको कालो सूचीमा राखेको छ । जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गरे, १ देखि ३ वर्षसम्मका लागि निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो । निर्माण कम्पनी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने ब्यहोरा सूचनामा उल्लेख छ । यी हुन् कारबाहीमा परेका कम्पनी...
‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’
प्रशासन, विश्व, समाचार, समाज

‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’

नेपालअखबार, काठमाडौँ । नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत विश्वसमुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा सम्मेलनका भागलिने सिलसिलामा सेन्ट जोन्समा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले त्यहाँका परराष्ट्र, कृषि तथा व्यापारमन्त्री एभर्ली पल चेट ग्रीनीसँग बुधबार भएको शिष्टाचार भेटमा उक्त कुरामा जोड दिएका हुन्। त्यस अवसरमा उनीहरूबीच नेपाल–एन्टिगुवा र बरबुडा सम्बन्धका साथै अन्तर्राष्ट्रिय रूपमा अनुमोदन गरिएका विकासका लक्ष्य, दोहा कार्ययोजना तथा विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाको प्रभावकारी कार्यान्वयबारे छलफल भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रस‌...