Monday, October 5

प्रशासन

६८ लाख खर्चेर वडा कार्यालयको भवन निर्माण
प्रशासन, समाचार

६८ लाख खर्चेर वडा कार्यालयको भवन निर्माण

नेपालअखबार, टीकापुर । टीकापुर नगरपालिका वडा नं ७ को प्रशासनिक भवन ६८ लाख लागतमा निर्माण सम्पन्न भएको छ। शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त ‍भवनमा पाँच कोठा छन् । नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताए। उनले नगरवासीको सुविधाका निम्ति बाटो, भवन, पुललगायत संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत दमनसिंह अब सेवा प्रवाहमा सहजता हुने बताउँदै जनभावनाअनुसार जनप्रतिनिधि र कर्मचारीले नगरवासीको सेवा गर्ने विश्वास व्यक्त गरे। तत्कालीन नारायणपुर गाविका पूर्वअध्यक्ष फकिरसिंहले सेवा प्रवाहमा सुधार गरी नागरिकको मन जित्न सुझाव दिए। कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले जिल्ला समन्वय समिति, नगरपालिका लगायत निकायले भवन निर्माणमा सघाएकामा कृतज्ञता व्यक्त गर...
आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान
प्रशासन, समाचार, स्वास्थ्य

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

नेपालअखबार,आँबुखैरेनी। आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ। नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो। अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिबी क्षेत्रीले जानकारी दिए। स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाबाट सूचीकृत हुन बाँकी रहेकाले आंशिकरुपमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उनले  बताए। उक्त कार्यक्रममा अस्पताल सूचीकृत भएपछि डायलाइसिसका बिरामीले प्रति उपचार ‘सेसन’मा दुई हजार पाँच सय तिर्नुपर्दैन,’ उनले भने, ‘नेपाल सरकारबाट रकम उपलब्ध गराइने हुँदा बिरामीले सहज रुपमा सेवा पाउने छन्।’ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त अस्पताललाई डायला...
कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी
प्रशासन, समाचार

कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी

नेपालअखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्यका निकायहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा फेला नपरेको पाइएकाले कानुन अनुसार कारबाही गर्ने मन्त्रालयले जनाएको छ । शुक्रबार मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई  संयमित रही आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्न निर्देशन दिएका छन् । निर्देशन पत्रमा भनिएको छ,‘यसरी कार्यालय समयमा आफ्नो कार्यकक्षमा गैर उपस्थिति रहनु प्रचलित कानुन, नैतिकता, वैयक्तिक  आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी...
काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने
प्रशासन, शिक्षा, समाचार

काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका  विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको हो । महानगरको सूचनामा भनिएको छ,‘संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४.१ (२) मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने मापदण्ड रहेतापनि काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन नियम, मापदण्ड र निर्देशिका बमोजिमब...
दमौली अस्पतालमा अबदेखि १२ घण्टा ओपिडी सेवा
प्रशासन, शिक्षा, समाचार

दमौली अस्पतालमा अबदेखि १२ घण्टा ओपिडी सेवा

नेपालअखबार, तनहुँ। सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरंग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो । शनिबार र सार्वजनिक बिदाबाहेक अन्य दिनमा सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ । सेवा विस्तारका समयमा सेवा लिन आउँदा थप शुल्क तिर्न नपर्ने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमितलाई स्वास्थ्य बीमामार्फत नै सेवा उपलब्ध गराइनेछ । अस्पतालले सेवा विस्तार गरेसँगै सबै वर्गका व्यक्तिले सहज रूपमा उपचार सेवा पाउन सक्ने अस्पतालले विश्वास लिएको छ । कर्मचारीले आफ्नो दैनिक कार्यालय समयबाहेक सेवा लिन सक्ने, विद्यार्थीले आफ्नो अध्ययन छाड्न नपर्ने गरी सेवा लिन सक्ने, ज्याला मजदुरले आफ्नो दैनिक ज्याला मजदुर छाड्न नपर्ने र व्यापार व्यवसायीले आफ्नो व्यापारमा असर ...
तालढुङ्गालाई प्रदेशको नमुना सहर बनाइँदै
प्रशासन, समाचार, समाज

तालढुङ्गालाई प्रदेशको नमुना सहर बनाइँदै

नेपालअखबार, काठमाडाैं।  विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ। पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको छ। हाल गाउँपालिकाको केन्द्रका रुपमा रहेको तालढुङ्गा बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान सहरका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत चालु आवमा दुई करोड विनियोजन गरेको थियो। उक्त बजेटबाट कार्यालयमार्फत नै बोलपत्र आह्वान गरी बजारको बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकताअनुसार ‘ड्रेनवाल’निर्माण भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए। तालढुङ्गालाई नमूना सहर बनाउने उद्देश्यस्वरुप काम सुरु भइसकेको उल्लेख गर्दै उनले हाल एक प्रविधिक समूहले ‘ल्याण्ड पुलिङ’को काम गरिरहेक...
गोरखाका पाँच पालिकाको निर्णय- सार्वजनिक पदमा रहेकाले  सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने
प्रशासन, शिक्षा, समाचार

गोरखाका पाँच पालिकाको निर्णय- सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

नेपालअखबार, गोरखा। गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ। जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेका हुन्। गोरखाको भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सूचना जारी गरेर सार्वजनिक पदमा रहेका सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिइसकेका छन्। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै अभिभावक र बालबालिकाको आर्कषण बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यलगायत सबै सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय भएको गोर...
दुग्ध विकास संस्थान (डिडिसी)ले महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान
प्रशासन, समाचार

दुग्ध विकास संस्थान (डिडिसी)ले महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान

नेपालअखबार, काठमाडाैं। दुग्ध विकास संस्थान (डिडिसी)ले महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। बुधबार सूचना जारी गरी डिडिसीले २१ दिनको समय दिएर महाप्रबन्धक पदका लागि दरखास्त मागेक हो। महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनय सम्बन्धी निर्देशिका २०७६ (संसोधन सहित)को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर/व्यवस्थापनको हैसियतले कम्तिमा दस वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ। त्यस्तै दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ। आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शै...
निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडाइ
प्रशासन, राजनीति, समाचार

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडाइ

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा आचारसंहिता कार्यान्वयनका लागि सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडाइ गरेको छ । प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन गरे तत्काल कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् । अवाञ्छित कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगमा सामाजिक सञ्जाल अनुगमन एकाइसमेत गठन गर्ने जनाएको छ । निर्वाचनलाई प्रतिकूल प्रभाव पार...
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान
प्रशासन, समाचार

निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान

नेपालअखबार, काठमाडौँ । निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो । २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । २०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।...