Tuesday, October 6

प्रशासन

धनगढीमा कुटपिटबाट एक जना युवकको मृत्यु, पाँच जना पक्राउ
प्रशासन, समाचार

धनगढीमा कुटपिटबाट एक जना युवकको मृत्यु, पाँच जना पक्राउ

नेपालअखबार, कैलाली। कैलालीको धनगढीमा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा बस्ने अन्दाजी ३५ वर्षीय महेश रानाको मृत्यु भएको हो। सोमबार बिहान घाइते अवस्थामा फेला उनलाई स्थानीयले सेती प्रादेशिक अस्पतालमा लगेका थिए। त्यहाँ उपचारको क्रममा मृत्यु भएपछि प्रहरीलाई खबर भएको थियो। महेशको मृत्यु कुटपिटबाट भएको भन्ने खबर पाएसँगै प्रहरीले छिमेकी पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुलदिप चन्दले जानकारी दिए। ‘छिमेकी मिनबहादुर चौधरीको घरमा राति जान खोज्दा कुटपिट भएको भनेका छन्। मिनबहादुरसहित पाँच जना पक्राउ परेका छन्,’ उनले भने, ‘यकिन त्यही कारण हो/होइन भन्ने अनुसन्धानबाट पुष्टि हुन्छ।’ मृतकको शव सेती प्रदेशिक अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।...
मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन
प्रशासन, समाचार

मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

नेपालअखबार,  गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ । नयाँ शौक्षिक सत्रदेखि सबैले सामुदायिक÷सरकारी विद्यालयमा अनिवार्यरुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए । मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय रहेको बताइएको छ ।...
आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म हेटौँडा पुग्ने कान्तिराजपथ बन्द गरिने
प्रशासन, समाचार, समाज

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म हेटौँडा पुग्ने कान्तिराजपथ बन्द गरिने

नेपालअखबार, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।  ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उनले भने । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कट...
खैरो हेरोइनसहित दुई जना पक्राउ
प्रशासन, समाचार

खैरो हेरोइनसहित दुई जना पक्राउ

नेपालअखबार, पर्सा । वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-२० हरपतगंज टोल बस्ने १९ वर्षीय कार्तिक कुमार राय र सोही महानगरपालिका-१७ भुटनदेवी बस्ने २० वर्षीय युवराज राय रहेका छन् । प्रहरी चौकी इनरुवा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगन्ज बजारतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
टुँडीखेलमा मनाइँदै छ २६१औं सेना दिवस
प्रशासन, समाचार

टुँडीखेलमा मनाइँदै छ २६१औं सेना दिवस

नेपालअखबार, काठमाडाैं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औं वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन्। सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्। सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस...
कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ
प्रशासन, समाचार

कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

नेपालअखबार, कञ्चनपुर। प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ। जिल्ला अदालत कञ्चनपुरबाट २०५२ साल फागुन २७ गते भएको कुटपिट मुद्दाको फैसलाबाट दोधारा चादँनीका  गिरीसहित छजनालाई जरिवाना तोकेको थियो। सो मुद्दामा सोही समयदेखि फरार रहेका रत्ना गिरी, तुल्सी गिरी, झिरकुली वन, राधा वन र भाखा सिंहलाई दोधारा चादँनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि अदालत पेस गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अभियुक्तलाई स्थानीय घर ठेगानाबाटै पक्राउ गरिएको हो। तत्कालीन फैसलामा अदालतले रु दुई सयदेखि चार सयसम्म जरिवाना तोकेको थियो। जिल्ला प्रहरी कार्यालयको प्रमुखमा प्रहरी उपरीक्षक चक्रराज जोशीले फरार अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याउने क्र...
भन्सार छली भित्र्याइएका सामान बरामद
प्रशासन, राजनीति, समाचार

भन्सार छली भित्र्याइएका सामान बरामद

नेपालअखबार,रुपन्देही। रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ। प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। उक्त प्याज मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा बरामद गरिएको उनले जानकारी दिए। बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बरप्लेट र तीन नेपाली नम्बरप्लेटका छन्। त्यस्तै सातवटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार का...
मनाङको हिमपहिरो पन्छाउन थालियो
प्रशासन, समाचार, समाज

मनाङको हिमपहिरो पन्छाउन थालियो

नेपालअखबार, मनाङ । ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको जानकारी दिए । उनले भने, “हिमपहिरो गएको स्थानसम्म पुग्नै समय लाग्यो । सवारीसाधन जानसक्ने अवस्था छैन । सुरक्षाकर्मी पनि हिँडेर पुग्ने हो । अहिले एक्साभेटर र सुरक्षाकर्मीसहितको टोलीले हिउँ फाल्ने काम गरिरहेका छन् ।” उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो गएको हो । प्रजिअ लामिछानेले भने, “ मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । आज बेलुकीसम्म बाटो खुलाउने प्रयासमा छौँ ।” माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम हुँदा यात्रा नगर्न सुझाव दिइएको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...
बेनी–जोमसोम–कोरला सडक आयोजना: तिप्ल्याङमा घरटहरा भत्काउन थालियो
प्रशासन, समाचार

बेनी–जोमसोम–कोरला सडक आयोजना: तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

नेपालअखबार, बेनी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ। बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए। ‘स्थानीयवासीले क्षतिपूर्तिको दररेटमा असहमति जनाएर क्षतिपूर्ति बुझ्न र संरचना नहटाउँदा तिप्ल्याङ बजारभित्र सडक विस्तार, नाली निर्माण हुनसकेको थिएन,’ उनले भने, ‘प्राविधिक टोलीले संरचनाको पुनःमूल्याङ्कन गरेको क्षतिपूर्ति रकम बुझ्न तयार भई संरचना हटाउन थालेका छन्। सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भए...
गृहका १८ उपसचिवको सरूवा (सूचीसहित)
प्रशासन, समाचार

गृहका १८ उपसचिवको सरूवा (सूचीसहित)

नेपालअखबार, काठमाडाैं। गृह मन्त्रालयले १८ जना उपसचिवहरूको सरूवा गरेको छ। आइतबार मन्त्रालयले केही उपसचिवको सरूवा र केहीको पदस्थापन गरेको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। गृहमै रहेका उपसचिव टेककुमार रेग्मीको जिल्ला प्रशासन कार्यालय मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन भएको छ। त्‍यहाँ सहायक प्रमुख जिल्ला अधिकारी रहेका रवीन्‍द्रप्रसाद आचार्यको सल्यान प्रशासनमा सरूवा भएको छ। यद्यपि उनलाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्‍यवस्थापन प्राधिकरणमा सरूवा गरिएको छ। त्यस्तै गृहमा रहेका उत्तमकुमार घिमिरे जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका हुन्।उनको ठाउँमा मोहनप्रसाद न्यौपानेको सरूवा भएको छ। छविरमण बाराका सहायक प्रमुख जिल्ला अधिकारी भएका छन्।  त्यस्तै कारागार कार्यालय नख्खुकी जेलर कल्पना घिमिरे नेपाल ललितपुर...