तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश
नेपालअखबार,काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा मुछिएका पाँचजना आरोपितहरुलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार राती पाँचजनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।
पूर्वसचिवहरु मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय र नेपाल नागरिक तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो । कुनै धरौटी रकम राख्न नपरेकाले उनीहरु तारिखका दिन अदालतमा नियमित उपस्थित भए पुग्छ ।
विशेष अदालतले पुर्पक्ष थुनामा राख्ने अवस्था नभएको र धरौटी पनि माग्नु नपर्ने प्रावधानको कानूनी दफा उद्धृत गर्दै उनीहरुलाई साधारण तारिखमा रिहा गरेको हो । यही प्रकरणमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदी...









